हाल कोरोना भाइरसबारेका आशंका झन् झन् बढी अमेरिकामाथि लक्षित हुँदै गएको छ। महामारीसम्बन्धी तीन शंकाबारे अमेरिकाले विश्वलाई व्याख्या गरी जवाफ दिनुपर्छ।
पहिलो, अमेरिकी रोगको नियन्त्रण र रोकथाम केन्द्र अर्थात् सीडीसीको पछिल्लो तथ्यांक अनुसार, सन् २०१९ सेप्टेम्बरदेखि सुरू भएको अमेरिकी फ्लूबाट करिब तीन करोड अमेरिकी सर्वसाधारण संक्रमित हुनुका साथै २० हजार भन्दा बढीको मृत्यु भयो। फ्लूबाट मृतकहरूमध्ये केहीलाई कोभिड-१९ संक्रमण भएको सीडीसीका प्रमुख रोबर्ट रेडफिल्डले सार्वजनिक रूपमा पुष्टि गरेकाछन्। त्यसैगरी फ्लूबाट २० हजार जना मृतकहरूमध्ये कति जना कोरोनाबाट संक्रमित थिए? अमेरिकाले फ्लूद्वारा कोभिड-१९ को ढाकछोप गरेको छ कि छैन?
दोस्रो शंका, सन् २०१९ जुलाईमा अमेरिकाले किन अकस्मात रूपमा मेरील्याण्ड राज्यस्थित डेट्रिक रासायनिक तथा जैविक हतियार केन्द्र बन्द गरेको हो? उक्त केन्द्र अमेरिकी सेनाको सबैभन्दा ठूलो रासायनिक र जैविक हतियारको अनुसन्धान केन्द्र हो। यो केन्द्र बन्द भएपछि अमेरिकामा धेरै निमोनिया वा निमोनियाजस्तै बिरामी भेटिएका छन्। हाल केही मान्छेले ह्वाइट हाउसको बेवसाइटमा अमेरिका सरकारसँग उक्त केन्द्र बन्द गर्ने वास्तविक कारण सार्वजनिक गर्न आग्रह गरेका छन्। अमेरिकाले स्वदेशका सर्वसाधारणको जीवन तथा स्वास्थ्यको विचार गरेमा उक्त प्रश्नको जवाफ दिनुपर्छ।
तेस्रो, फेब्रुअरी अमेरिकी सरकारले कोभिड-१९ महामारीलाई महत्व नदिनु तर किन केही सांसदले आफ्नो हातमा रहेका लाखौं डलर शेयर बेचेका थिए? यी राजनीतिज्ञहरूले एकातिर भित्री ट्रेडिंग गर्दै स्टक बिक्री गर्नुका साथै अर्कातिर महामारी पनि ढाकछोप गरेका हुनसक्छन्। यसबारे विश्वलाई जवाफ दिनु पर्छ।
यL विषयबारे अमेरिकाले स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ।
साभार: सीआरआई नेपाली सेवाबाट.