Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालमा कोभिड-१९ मा मोवाइलको प्रयोगः विरगञ्जको छपकैया संक्रमितहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख १, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्वास्थ्य मन्त्रालयले आइतबार का दिन मस्जिदमा रहेका शंकास्पद २४ जनाको स्वास्थ्य परीक्षणमा ३ जना भारतीयमा कोरोनाभाइरस पोजेटिभ पाएको जानकारी गराएकोछ। ती ३७, ४४ र ५५ वर्ष उमेरका तीनैजनालाई अहिले नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएको छ।

    प्रहरीले २७ चैतमा मस्जिदमा बसिरहेका उनीहरुको स्वाब संकलन गरेको थियो। स्वाबलाई किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडा र पछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँचपछि उनीहरुमा संक्रमणको टुंगो लागेको थियो।

    संक्रमितको सम्पर्कमा आएका शंकास्पद २१ र थप तीनजना गरी २४ जनालाई अहिले क्वारेन्टिनमा राखिएको छ।

    पर्सामै संक्रमण भएको अनुमान
    प्रहरी स्रोतका अनुसार संक्रमित तीनसहित १४ जनाको समुह  १ पुसमा भारतको नयाँ दिल्ली बाट नेपाल लागेका थिए। मोरङको रानी भन्सार नाका हुँदै २ पुसमा नेपाल प्रवेश गरेका उनीहरु दुई दिन रानी क्षेत्रकै मस्जिदमा बसे। त्यसपछि एकसाता सुनसरीस्थित दुहबी मस्जिद र सदरमुकाम इनरुवा हुँदै सप्तरी आएका थिए।

    तबलिगी जमातले ३ देखि ५ फागुनसम्म सप्तरीमा आयोजना गरेको नेपाल इज्मिामा सहभागी हुन आएका उनीहरु कार्यक्रम सकिएपछि पनि सप्तरीकै विभिन्न मस्जिदहरुमा बसिरहेका थिए। त्यसपछि पर्सा पुगेका उनीहरु त्यहाँका विभिन्न मस्जिद र मदरसामा धार्मिक प्रवचन दिने दिंदै भारत फर्कने क्रममा १३ चैतमा वीरगञ्जस्थित छपकैया मस्जिद आइपुगेका थिए। तर दुवै देशमा लकडाउनका कारण त्यही रोकिए। प्रहरीले अहिले यात्रामा उनीहरुले प्रयोग गरेका सवारी साधन, त्यसमा सवार यात्रुहरुका बारे पनि सोधखोज शुरु गरिसकेको छ।

    प्रहरीले यतिबेला गत महीनामात्र नयाँ दिल्लीमा भएको तबलिगी जमातको इज्तिमामा उनीहरुमध्ये कोही सहभागी भएको वा सहभागी कसैसँग भेटघाट गरेको बारे सोधपुछ गरिरहेको छ। “उनीहरुले ठ्याक्कै मिति र स्थान बताउन सकिरहेका छैनन्, मोबाइलबाट हामी थप यकिन गर्दैछौं”, सोधपुछमा संलग्न एक प्रहरी अधिकारीले भने।

    प्रहरीको कोभिड–१९ केन्द्रीय स्वास्थ्य कमाण्ड सेन्टरका अधिकारी भने उनीहरु नेपालमै रहेको भए संक्रमित कसैको सम्पर्कमा आएको हुनसक्ने बताउँछन्।

    “नेपालभित्रै संक्रमित नभएको अवस्थामा उनीहरु कसरी संक्रमित भए भन्ने बारे अनुसन्धान केन्द्रीत छ”, उनी भन्छन्। उनका अनुसार, सप्तरीका शंकास्पद एक युवाको स्वाब पनि परीक्षणकै क्रममा छ।

    दिल्ली इज्तिमामा सहभागी नेपालीमार्फत नै उनीहरु संक्रमित भएको आशंकामा मोरङ, सुनसरी, सप्तरी र पर्सामा रहेका मस्जिद र मदरशामा पनि सोधपुछ भइरहेको छ।

    प्रहरी अधिकारीहरुका अनुसार संक्रमित तीनैजना मुस्लिम धर्मगुरु हुन्।

    प्रदेश २ प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्की पनि संक्रमितको सहयोगमार्फत तीव्र गतिमा ‘कन्टयाक्ट ट्रेसिङ’ कार्य भइरहेको बताउँछन्।

    केन्द्रबाटै ‘कन्टयाक्ट ट्रेसिङ’
    हालै मात्र गठीत कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)  अन्तर्गतका ४ वटा क्लष्टरहरुलाई फरक–फरक जिम्मेवारी तोकिएको छ। जसअन्तर्गत स्वास्थ्य सेवा तथा उपचार, औषधि उपकरण तथा स्वास्थ्य सामग्री आपूर्ति सेवा, शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य र सूचना तथा प्रविधि कार्य छन् । चारैवटा क्लष्टरलाई ‘कन्टयाक्ट ट्रेसिङ’ को जिम्मेवारी पनि तोकिएको छ ।

    सीसीएमसीले २६ चैतमै २५ जनाको समूह बनाई ‘कन्टयाक्ट ट्रेसिङ’ का लागि खटाएको छ । यसले १ चैत देखि हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गरेका व्यक्तिहरुको ट्रेसिङ गरी विवरण संकलन र विश्लेषण गर्दैछ।

    सीसीएमसीका एक सदस्यका अनुसार १ चैतमा नेपालमा एक्टिभ गरिएका मोबाइल नम्बर र ती नम्बरबाट पटक–पटक सम्पर्क भएका नम्बरहरुको पहिचान काम भइरहेको हो।

    यसका लागि मुलुकमा रहेका सबै दुरसञ्चार प्रदायक कम्पनीले तथ्यांक उपलब्ध गराएका छन्। उनीहरुको पहिचानपछि स्वास्थ्य अवस्था, घरपरिवारको विवरण र अन्य तथ्य पत्ता लगाएर सम्पर्क कायम गर्ने प्रयास पनि भइरहेको छ। यसका लागि सीसीएमसीले स्थानीय तहका वडा सदस्यमार्फत समेत सूचना संकलन गरिरहेको छ।

    साभारः दिपक खरेल/हिमाल खबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.