Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

२०२० को विश्व रजहाँस

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन ११, २०७६
- समाचार, सामयिक
A A
0
BRASILIA, BRAZIL - NOVEMBER,13, (RUSSIA OUT) Russian President Vladimir Putin (L) greets Chinese President Xi Jinping (R) during their bilateral meeting in Brasilia, Brazil, November,13,2019. Leaders of Russia, China, Brazil, India and South Africa have gateheres in Brasila for the BRICS Leaders Summit. (Photo by Mikhail Svetlov/Getty Images)

BRASILIA, BRAZIL - NOVEMBER,13, (RUSSIA OUT) Russian President Vladimir Putin (L) greets Chinese President Xi Jinping (R) during their bilateral meeting in Brasilia, Brazil, November,13,2019. Leaders of Russia, China, Brazil, India and South Africa have gateheres in Brasila for the BRICS Leaders Summit. (Photo by Mikhail Svetlov/Getty Images)

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नौरिएल रुबिनीः यस वर्षको वित्तीय बजार, विशेष गरी अमेरिकी राष्ट्रपति चुनावी महिनाहरु भन्दा अगाडि नै विश्व संकटहरूको पूर्वानुमान गर्न त्यति उत्साहित देखिदैँन। मौसम परिवर्तनले गर्दा बढ्दो जोखिमहरूको कारण, कम्तिमा चार देशहरु अमेरिकालाइ अस्थिर बनाउन चाहन्छन्।

    २०१० को मेरो पुस्तक, “क्राइसिस इकोनोमिक्स”मा मैले वित्तीय संकटहरूलाइ मैले “कालो हाँस”को रुपमा परिभाषित गरेको थिइनँ। हुन त त्यस्तो घटनालाइ नसीम निकोलस तलेबले आफ्नो बेनामी बेस्टसेलर किताबमा “सेतो हाँस” भनेर वर्णन गरे। तलेबका अनुसार कालो हाँस भनेको त्यस्तो घटनाहरू हुन् जुन अनुमान गर्न सकिदैँन जस्तै– टोर्नेडो हुरी। तर मैले तर्क गरेँ कि वित्तीय संकटहरू भनेको कम्तिमा पनि आँधीबेहरी जस्ता नै हुन्। ती आर्थिक तथा वित्तीय जोखिम र नीतिगत गल्तीहरूको पूर्वानुमानजनक नतिजा हो।

    हामी त्यस्तो परिस्थितीको अपेक्षा गर्दछौं कि जब प्रणाली उच्च बिन्दुमा पुग्दछ र उच्च वृद्धि हुन्छ अनि क्र्यास(दुर्घटना) हुन्छ। यस्तो परिस्थिती भनेको “नजानिएको अज्ञानता” नभएर “जानिएको अज्ञानता” हो।

    सामान्य आर्थिक र जोखिमपूर्ण नीतिहरू बाहेक प्रायः वित्तीय विश्लेषकहरू चिन्ता गर्छन् कि, यस वर्ष सम्भाव्य रूपमा भूकम्पीय सेता हाँसहरू देख्न सकिन्छ। ती मध्ये कुनैले पनि २००८ को संकट पछि गम्भीर आर्थिक, वित्तीय, राजनीतिक र भौगोलिक राजनैतिक गडबडी उत्पन्न गर्न सक्दछ।

    शुरुवातमा, संयुक्त राज्य अमेरिका कम्तिमा चार शक्तिदेशहरू: चीन, रुस, ईरान र उत्तर कोरियाको साथ बढेको रणनीतिक प्रतिस्पर्धाबाट बञ्चित छ। यी सबै देशको उद्धेश्य भनेको अमेरिकी नेतृत्वको विश्वव्यापी व्यवस्थालाई चुनौती दिनु हो, र अमेरिकी राष्ट्रपति चुनाव र यसपछिका अमेरिकी वैश्विक नीतिहरूमा सम्भावित परिवर्तनले गर्दा २०२० उनीहरूका लागि महत्वपूर्ण वर्ष हुनसक्दछ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले यी चार देशहरूमा आर्थिक प्रतिबन्ध र अन्य माध्यमहरू मार्फत प्रणाली परिवर्तनलाई नियन्त्रण गर्न वा ट्रिगर गर्न खोजिरहेको छ। यसै गरी चार शक्तिहरू अमेरिकाको वैदशिक “हार्ड र सफ्ट पावर”लाइ रोकी अमेरिकालाई अस्थिर बनाउन चाहान्छन्। यदि अमेरिकी चुनावमा विभाजित रंगहरू, अराजकता, विवादित मतहरु धमाधम चुनावी आरोपमा उत्रिन्छन् भने, अमेरिकाको प्रतिश्पर्धीहरूको लागि यो उत्तम हुनेछ। अमेरिकी राजनीतिक प्रणालीको विघटनले विदेशमा अमेरिकी शक्ति कमजोर पार्नेछ।

    यसबाहेक, केहि देशहरूको ट्रम्प हटाउन विशेष चासो छ। ट्रम्पले इरानी शासनलाई निरन्तर चुनौती दिने नीतिका कारण अमेरिकाको द्वन्द्वलाइ बढाउने छ चाहे पूर्ण युद्धको जोखिम नै किन नहोस् जसकारण तेलको मूल्य उच्च बनाउनेछ अनि यसले अमेरिकी शेयर बजारमा गिरावट, आर्थिक मन्दी ल्याउनेछ र यसले ट्रम्प पुननिर्वाचित हुने कुरामा असर गर्नेछ। कासिम सुलेमानीको लक्षित हत्याले इरानलाई पराजित त गरेको छ, तर यसले शासनका विकृत पक्षलाइ प्रोत्साहन गर्ने गलत अर्थ लगाउनेछ। अहिलेको शान्ति भनेको अमेरिका र इरान बीचको सम्भावित युद्ध पहिलेको “आँधी अघिको सन्नाटा” जस्तै हो।

    अमेरिका-चीन सम्बन्धको कुरा गर्ने हो भने भर्खरको “चरण एक” सम्झौता अस्थायी प्रकृतिको हो। टेक्नोलोजी, डाटा, लगानी, मुद्रा, र वित्तीय क्षेत्रमा द्विपक्षीय शीतयुद्ध पहिले नै तेज गतिमा बढिरहेको छ। कोभिड १९ प्रकोपले अमेरिकामा चीन विरोधीहरुको स्थितिलाई थप सुदृढ बनाएको छ, र चीन-अमेरिकी गठजोड विरुद्धको प्रवृत्तिलाई थप उर्जा प्रदान गरिरहेको छ। यदि यो महामारी सोचेभन्दा बढी गम्भीर हुने सम्भावना रहेको खण्डमा चिनियाँ अर्थव्यवस्था डामाडोल हुनेछ र यसले विश्वव्यापी आपूर्तिमा असन्तुलन ल्याउनेछ। जसकारण विश्व वित्तीय बजारको वर्तमान अवस्थामा गम्भीर संकट सिर्जना हुन सक्छ।

    यद्यपि चीन-अमेरिकी शीतयुद्ध अहिलेसम्म एक मधुरो द्वन्द्व मात्रै हो, जसको तीव्र वृद्धिको सम्भावना यो वर्ष देखिन्छ। केही चिनियाँ नेताहरूका लागि, चीनले भोग्नुपरेको स्वाइन फ्लूको प्रकोप, गम्भीर बर्ड फ्लू, कोरोनाभाइरस महामारी, हङकङमा राजनीतिक अशान्ति, ताइवानको स्वतन्त्रता समर्थक राष्ट्रपतिको पुननिर्वाचन, र पूर्व र दक्षिण चीन समुद्री क्षेत्रमा अमेरिकी नौसेना अपरेशन जस्ता घटनाहरु केवल संयोग मात्रै हैन। यी केही संकटहरूको लागि चीन मात्र जिम्मेवार छ कि छैन भन्ने कुरालाई बेवास्ता गर्दै बेइजिङको शंका बाह्य षडयन्त्रकारीतिर तेर्सिएको छ।

    तर पारम्परिक शक्तिको अभ्यास अनुरुप यो अवस्थामा खुल्ला आक्रोश वास्तवमै विकल्प होईन। अमेरिकी नियन्त्रण प्रयासहरूमा चीनको तत्काल जवाफ साइबरयुद्धको रूपमा भइरहेको छ। चिनियाँ ह्याकरहरू (र उनका रूसी, उत्तर कोरियाली, र ईरानी समकक्षी) अमेरिकीहरूलाई गलत र नक्कली सूचना मार्फत अमेरिकी चुनावमा हस्तक्षेप गर्न सक्थे। अमेरिकी मतदाताहरू यति ध्रुवीकरण भएकाले सशस्त्र पक्षधरहरू सडकमा उत्रन, नतिजालाई चुनौती दिन गाह्रो छैन किनभने यसले गम्भीर हिंसा र अराजकता निम्त्याउनेछ।

    ती शक्तिहरूले अमेरिका र पश्चिमी वित्तीय प्रणालीहरूमा पनि आक्रमण गर्न सक्दछ – जसमा सोसाइटी फर वर्ल्डवाइड इन्टरब्यान्क फाइनान्शियल टेलिकम्युनिकेसन (SWIFT) प्लेटफर्म पनि हो। युरोपेली केन्द्रीय बैंकका अध्यक्ष क्रिस्टीन लगार्डेले पहिल्यै चेतावनी दिएका छन कि युरोपियन वित्तीय बजारमा साइबरअट्याकको लागत ६४५ अरब डलर हुन सक्छ। र सुरक्षा अधिकारीहरूले अमेरिकाको दूरसञ्चार पूर्वाधारको ठूलो क्षेत्र समेत सम्भावित जोखिममा रहेको चिन्ता व्यक्त गरेका छन्।

    अर्को वर्ष सम्म, अमेरिका-चीन द्वन्द्व शीतयुद्धबाट करीव तातो हुन सक्छ। चिनियाँ शासन र अर्थव्यवस्थालाई कोभिड १९ को संकटले गम्भीर क्षति पुर्यााएको छ र यसले बेचैन जनतालाइ शान्त पार्न बाहिरी बलिदानीको नारा चाहिन्छ र यसले ताइवान, हङकङ, भियतनाम र पूर्वी र दक्षिण चीन समुद्री तटमा अमेरिकी नौसेना अवस्थाहरूमा अवलोकन गर्ने अवस्थामा पुर्याउनेछ। र द्वन्द्व बढ्दै जाँदा सैन्य दुर्घटनाहरु निम्तिन सक्छ। यसले अमेरिकी कोष र आणविक क्षेत्रमा समेत क्षति पुर्याउने छ। अमेरिकी अर्थतन्त्रमा चीनको ठूलो हिस्सा (र थोरै हदसम्म रूसको) रहेकोले चिनियाँहरू त्यस्तो सम्पत्ति (जस्तै इरान र उत्तर कोरियाको बिरूद्धमा प्रयोग गरिएकाहरू) रोक्का हुन सक्दछ भन्नेमा चिन्तित छन्।

    अवश्य पनि, यदि अमेरिकी डलर बेच्ने र फिर्ता भयो भने अमेरिकी मुद्राकोषहरूको डम्पिंगले चीनको आर्थिक विकासमा बाधा पुर्यादउँछ। तर चीनले अर्को तरल सम्पत्तिमा रूपान्तरण गरेर आफ्नो भण्डारको विविधीकरण गर्न सक्दछ जुन अमेरिकी प्राथमिक वा माध्यमिक प्रतिबन्धहरू अर्थात् सुनको भन्दा कम जोखिमपूर्ण छ। वास्तवमा, चीन र रूस दुबैले सुन भण्डार भण्डार गर्दै छन् (स्पष्ट रूपमा र गुप्तमा), जसले २०१९ को शुरुदेखि सुनको मूल्यमा ३० प्रतिशतले बढेको छ।

    सुनमा पूंजीगत लाभले अमेरिकी कोषहरूको डम्पिंगबाट हुने कुनै नोक्सानीको क्षतिपूर्ति गर्ने छ, जसको उपज उनीहरूको बजार मूल्य र महत्व घट्ने बित्तिकै बढ्नेछ। अहिले सम्म, चीन र रसियाको सुनमा बिस्तारै बदली भएको छ, यसले कोषको क्षेत्रलाइ प्रभाव पार्न छोड्दैछ। तर यदि यो विविधीकरण रणनीतिमा गति आउँछ भने, यसले अमेरिकी मुद्रा बजारमा एक आघात ल्याउन सक्छ, जसले सम्भवतः अमेरिकामा तीव्र आर्थिक मन्दी निम्त्याउँछ।

    पक्कै पनि यस्तो असमान आक्रमण हुँदा अमेरिका चुप लागेर बस्ने छैन। यसले यी देशहरूमा प्रतिबन्ध र अन्य प्रकारका व्यापार र वित्तीय युद्धको दबाब बढाउँदै आएको छ। चार प्रतिद्वन्द्वीहरुका बिरूद्ध अमेरिकी साइबरअट्याक यस बर्षमा तीव्र रुपमा जारी रहनेछ, जसले साइबर विश्व युद्धको पहिलो जोखिम र ठूलो आर्थिक, वित्तीय र राजनैतिक अराजकता बढाउने छ।

    २०२० मा गम्भीर भौगोलिक राजनीतिक वृद्धिको जोखिमलाई हेर्दा, जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमहरूले महँगो वातावरणीय विपत्तिहरू निम्त्याउन सक्छ। मौसम परिवर्तन एक मुद्धा मात्र होईन, यो अब उप्रान्त आर्थिक र वित्तीय विनाशको कारण हुनेछ।

    मौसम परिवर्तनको साथसाथै पृथ्वीमा गहिरो भूकम्पीय घटनाहरू चलिरहेको प्रमाण छ, जसले चुम्बकीय ध्रुवीकरण र समुद्री आँधीको निम्त्याउन सक्नेछ, यसले विश्वव्यापी संकटहरु पैदा हुनसक्नेछ। यी कुनै पनि घटनाले सेतो हाँस जन्मिने वातावरणलाइ बढावा दिन सक्छ, जस्तै जलवायु परिवर्तनले केहि बर्षहरूमा अन्टार्कटिका वा ग्रीनल्याण्डको बरफहरु पग्लिन सक्नेछ। हामीलाई थाहा छ कि पानीमुनि ज्वालामुखीको गतिविधि बढ्दो छ। यदि यसले समुद्रमा एसिडको मात्रालाइ बढायो भने अरबौं मानिसहरू भर पर्ने विश्वव्यापी माछा स्टकमा असर गर्यो भने के हुन्छ।

    २०२० को प्रारम्भसम्म, हामी जुन ठाउँमा उभिएका छौं: अमेरिका र इरानले पहिले नै सैन्य खतरा बढाएका छन र छिट्टै युद्ध हुन सक्ने सम्भावना छ, चीन एक भाइरल प्रकोपको शिकारमा छ जुन एक विश्वव्यापी महामारी बन्न सक्छ, साइबर युद्ध चलिरहेको छ, अमेरिकी मुद्राकोषका मुख्य निर्धारकहरू विविधिकरण रणनीतिहरू पछ्याउँदैछन्, डेमोक्रटिकका उम्मेद्वार प्राइमरी चुनावमा ट्रम्पको शसक्त प्रतिश्पर्धी बन्दैछन् र भोट गणनाको प्रक्रियामा पहिले नै शंका व्यक्त गर्दैछ, अमेरिका र चार शक्तिहरु बीचको प्रतिस्पर्धा बढ्दै छ र मौसम परिवर्तन र अन्य वातावरणीय संकटका सूचकहरु बढिरहेका छन्।

    यो सूची पक्कै गाह्रो छ, तर यसले २०२० को लागि यथोचित अपेक्षा पूरा गर्न सक्ने कुरा औंल्याउँछ। यसै बीच, वित्तीय बजारहरू जोखिमलाई स्वीकार्न सकिरहेका छैनन्, जसले ठूलो अर्थतन्त्र र विश्व बजारहरू पर्खिरहेका छन्।

    स्रोतः (प्रोजेक्ट सिन्डिकेटबाट) फेब्रुअरी १७ २०२०

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.