Saturday, March 6, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

विश्वमा धनी झन् धेरै धनी र गरिब झन् गरिब हुँदै

by पत्रपत्रिकाबाट
January 21, 2020
- समाचार
विश्वमा धनी झन् धेरै धनी र गरिब झन् गरिब हुँदै

TOPSHOT - People living in a settlement walk about, as the skyline of Manila's financial district is seen in the background, on August 17, 2017. The Philippine economy grew by 6.5 percent in the three months to June, likely one of the fastest in Asia, the government said on August 17, defying concerns over President Rodrigo Duterte's unconventional leadership. / AFP PHOTO / Noel CELIS (Photo credit should read NOEL CELIS/AFP/Getty Images)

Share on FacebookShare on TwitterEmail

विश्वमा धनी झन् धेरै धनी र गरिब झन् गरिब हुँदै गएका छन्।त्यस्तै, विश्वका अगुवा २२ धनाढ्य पुरुषसँग अफ्रिकाका सम्पूर्ण ३२ करोड ६० लाख महिलाको भन्दा बढी सम्पत्ति छ।

विश्वव्यापी गरिबी निवारणमा क्रियाशील संस्था अक्सफाम इन्टरनेसनलको प्रतिवेदनअनुसार विश्वका दुई हजार एक सय ५३ जना अर्बपतिसँग संसारभरिका चार अर्ब ६० करोड मानिससँग भएकोभन्दा बढी सम्पत्ति छ।स्विट्जरल्यान्डको डाभोसमा हुन लागेको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनअघि अक्सफामले सार्वजनिक गरेको असमानतासम्बन्धी वार्षिक प्रतिवेदनले यस वर्ष आर्थिक असमानता अझ फराकिलो भएको देखाएको छ।

अक्सफामको प्रतिवेदनमा विश्वका शीर्ष एक प्रतिशत धनाढ्यसँग अन्य ६ अर्ब ९० करोड मानिससँग भएकोभन्दा दोब्बर सम्पत्ति रहेको पनि उल्लेख छ । प्रतिवेदनले यस्तो विकराल आर्थिक असमानताका लागि लैँगिक विभेद जिम्मेवार रहेको उल्लेख गरेको छ । प्रतिवेदनले भनेको छ, ‘आर्थिक असमानता लैंगिक विभेदको जगमा ठडिएको छ।’

विश्वका १५ वर्ष र त्यसभन्दा माथिका महिलाले गर्ने बेतलबी हेरचाहको कामलाई मौद्रिक मूल्यमा रूपान्तरण गर्दा १०८ खर्ब अमेरिकी डलरभन्दा बढी हुने पनि प्रतिवेदनले उल्लेख गरेको छ।‘महिलाले सस्तो र निःशुल्क श्रमद्वारा बजार अर्थतन्त्रलाई सहयोग गर्नुका साथै उनीहरूले सार्वजनिक क्षेत्रले उपलब्ध गराउनुपर्ने हेरचाह उपलब्ध गराएर राज्यलाई पनि सहयोग गरिरहेका छन्,’ प्रतिवेदनमा उल्लेख छ।

विश्वका २ हजार १ सय ५३ जना अर्बपतिसँग संसारभरिका ४ अर्ब ६० करोड मानिससँग भएकोभन्दा बढी सम्पत्ति

‘यो बेतलबी कामले पनि लिंगवादी आर्थिक प्रणालीलाई नै मलजल गरिरहेको छ । यस प्रणालीले धेरैजनाबाट खोसेर थोरैको खल्तीमा सम्पत्ति राखिदिने गरेको छ।’त्यसैगरी, गएको एक दशकमा अर्बपतिहरूको संख्या दोब्बर भएको प्रतिवेदनले जनाएको छ । धनी र गरिबबीचको असमानताको बढ्दो खाडल पुर्न विश्वका नेताहरूले पर्याप्त काम नगरेको जिकिर प्रतिवेदनमा छ।

अक्सफामले बढ्दो वृद्ध जनसंख्या एवं सार्वजनिक सेवाको कटौतीले हेरचाहको काममा थप भार थप्दै जाने र असमानता थप बढाउने चेतावनी पनि दिएको छ।‘यस असमानताको दुश्चक्रलाई कम गर्न विश्वभरका सरकारले निःशुल्क वा न्यूनतम पैसामा बालबच्चा एवं वृद्धवृद्धाको हेरचाह गर्ने महिलाको बोझ कम गर्ने नीतिहरू लागू गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ।

त्यसैगरी, अक्सफामले धनीलाई बढी कर लगाउन, बालबालिका एवं स्वास्थ्य हेरचाहमा सरकारी खर्च बढाउन पनि सुझाएको छ।विश्वका सात अर्ब जनतासँग भन्दा दोब्बर सम्पत्ति जम्मा एक प्रतिशत धनाढ्यले बटुलेका छन्। नयाँ पत्रिका दैनिक

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

4 years ago
प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.