Friday, February 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

क्वारेन्टाइनमा मृत्यु भएका युवक पाँच महिनाअघि मात्र रोजगारीका लागि मुम्बई गएका थिए

by पत्रपत्रिकाबाट
May 17, 2020
- कोभिड–१९, समाचार
क्वारेन्टाइनमा मृत्यु भएका युवक पाँच महिनाअघि मात्र रोजगारीका लागि मुम्बई गएका थिए
Share on FacebookShare on TwitterEmail

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवक नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को नयाँबस्तीका स्थानीय बासिन्दा ती युवक पछिल्लो पटक पाँच महिनाअघि मात्र रोजगारीका लागि मुम्बई गएको उनका काकाले बताएका छन् ।

मृतकका काकाका अनुसार १५ वर्षको उमेरदेखि नै मुम्बईको होटलमा काम गरिरहेका ती युवक यसपटक धेरै दिन मुम्बई बस्न सकेनन् । लकडाउनले गर्दा उनको होटल बन्द भएपछि उनलाई त्यहाँबाट निकालियो ।ती युवकलगायत गाउँका अन्य थुप्रै युवा मुम्बईबाट कतै पैदल त कतै ट्रक ट्याक्टर गरेर एक साताअघि सिमानामा पुगेका थिए । वैशाख ३० गते उनलाई गाउँपालिकाको पहलमा भित्र्याएर दीपेन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो ।

सात वर्षअघि भारतको नासिरगन्जमा विवाह गरेका मृतकका एक छोरा र एक छोरी छन् । छोरा ५ वर्षका छन् भने छोरी ११ महिनाकी रहेको उनका आफन्तले बताएका छन् ।मृतकका २ जना भाइहरू पनि भारतको दिल्लीमा होटलमा काम गर्दै आएकोमा एकजना केही दिनपहिले नेपाल आएका थिए भने अर्का भाइ अहिले सीमापारि आएर अड्किएको मृतकका काकाले बताउनुभयो ।

नयाँबस्तीका अधिकांश बासिन्दा निकै गरिब र विपन्न रहेकोले त्यहाँका सबै युवा रोजगारीका लागि भारतमा जाने गरेका थिए ।ती युवकको मृत्यु बिहानै भएपनि कोरोना परीक्षण रिपोर्ट आउन ढिलाई भएकोले उनको शवलाई विद्यालयको चौरमै छोडिएको थियो ।

विद्यालयलाई मृतकका आफन्त र स्थानीय बासिन्दाले घेरेर बसेको वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले बताउनुभयो । विद्यालयको चारैतिर नेपाली सेनासहितको सुरक्षाकर्मीहरू ठूलो सङ्ख्यामा तैनाथ गरिएको छ ।मृत्युको कारण कोरोना पुष्टि भैसकेपछि सरकारले बनाएको शव व्यवस्थापन नीतिअनुसार नेपाली सेनाले शवको अन्तिम संस्कार गर्न लगाउने तयारी शुरु गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो । मृतकका दुईजना आफन्त र सुरक्षाकर्मीले मिलेर शवको अन्तिम संस्कार गर्ने तयारी भैरहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।

यसअघि ती युवकको मृत्युपछि नरैनापुर क्षेत्रमा तनाव र आक्रोश बढ्दै गएकोले जिल्ला सदरमुकामबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा कडा पारिएको थियो ।ती युवकको मृत्यु कोरोनाबाट भएको पुष्टि भएपछि वडा नम्बर ५ स्थित दीपेन्द्र माविको क्वारेन्टाइनमा रहेका ४० जना निकै त्रसित र आतङ्कित देखिएको वडा कार्यालयले जनाएको छ ।

नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ स्थित दीपेन्द्र माविको क्वारेन्टाइनमा चारदिन अघिदेखि बसेका ती २५ वर्षीय युवकको बान्ता लागेर बेहोस भएपछि आइतबार बिहान मृत्यु भएको थियो ।उनको मृत्यु हुनुअगाडि नै शनिबार सङ्कलन गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आइतबार अपरान्ह पुष्टि गरेको छ ।नरैनापुरमा दुई दिनअघि भेटिएका ८ जना सङ्क्रमितको सम्पर्कमा आएका ती युवकको शनिबार दिउँसो स्वाब सङ्कलन गरिएको थियो ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

8 months ago
कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

4 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.