Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

क्वारेन्टाइनमा मृत्यु भएका युवक पाँच महिनाअघि मात्र रोजगारीका लागि मुम्बई गएका थिए

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ ४, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवक नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को नयाँबस्तीका स्थानीय बासिन्दा ती युवक पछिल्लो पटक पाँच महिनाअघि मात्र रोजगारीका लागि मुम्बई गएको उनका काकाले बताएका छन् ।

    मृतकका काकाका अनुसार १५ वर्षको उमेरदेखि नै मुम्बईको होटलमा काम गरिरहेका ती युवक यसपटक धेरै दिन मुम्बई बस्न सकेनन् । लकडाउनले गर्दा उनको होटल बन्द भएपछि उनलाई त्यहाँबाट निकालियो ।ती युवकलगायत गाउँका अन्य थुप्रै युवा मुम्बईबाट कतै पैदल त कतै ट्रक ट्याक्टर गरेर एक साताअघि सिमानामा पुगेका थिए । वैशाख ३० गते उनलाई गाउँपालिकाको पहलमा भित्र्याएर दीपेन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो ।

    सात वर्षअघि भारतको नासिरगन्जमा विवाह गरेका मृतकका एक छोरा र एक छोरी छन् । छोरा ५ वर्षका छन् भने छोरी ११ महिनाकी रहेको उनका आफन्तले बताएका छन् ।मृतकका २ जना भाइहरू पनि भारतको दिल्लीमा होटलमा काम गर्दै आएकोमा एकजना केही दिनपहिले नेपाल आएका थिए भने अर्का भाइ अहिले सीमापारि आएर अड्किएको मृतकका काकाले बताउनुभयो ।

    नयाँबस्तीका अधिकांश बासिन्दा निकै गरिब र विपन्न रहेकोले त्यहाँका सबै युवा रोजगारीका लागि भारतमा जाने गरेका थिए ।ती युवकको मृत्यु बिहानै भएपनि कोरोना परीक्षण रिपोर्ट आउन ढिलाई भएकोले उनको शवलाई विद्यालयको चौरमै छोडिएको थियो ।

    विद्यालयलाई मृतकका आफन्त र स्थानीय बासिन्दाले घेरेर बसेको वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले बताउनुभयो । विद्यालयको चारैतिर नेपाली सेनासहितको सुरक्षाकर्मीहरू ठूलो सङ्ख्यामा तैनाथ गरिएको छ ।मृत्युको कारण कोरोना पुष्टि भैसकेपछि सरकारले बनाएको शव व्यवस्थापन नीतिअनुसार नेपाली सेनाले शवको अन्तिम संस्कार गर्न लगाउने तयारी शुरु गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो । मृतकका दुईजना आफन्त र सुरक्षाकर्मीले मिलेर शवको अन्तिम संस्कार गर्ने तयारी भैरहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।

    यसअघि ती युवकको मृत्युपछि नरैनापुर क्षेत्रमा तनाव र आक्रोश बढ्दै गएकोले जिल्ला सदरमुकामबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा कडा पारिएको थियो ।ती युवकको मृत्यु कोरोनाबाट भएको पुष्टि भएपछि वडा नम्बर ५ स्थित दीपेन्द्र माविको क्वारेन्टाइनमा रहेका ४० जना निकै त्रसित र आतङ्कित देखिएको वडा कार्यालयले जनाएको छ ।

    नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ स्थित दीपेन्द्र माविको क्वारेन्टाइनमा चारदिन अघिदेखि बसेका ती २५ वर्षीय युवकको बान्ता लागेर बेहोस भएपछि आइतबार बिहान मृत्यु भएको थियो ।उनको मृत्यु हुनुअगाडि नै शनिबार सङ्कलन गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आइतबार अपरान्ह पुष्टि गरेको छ ।नरैनापुरमा दुई दिनअघि भेटिएका ८ जना सङ्क्रमितको सम्पर्कमा आएका ती युवकको शनिबार दिउँसो स्वाब सङ्कलन गरिएको थियो ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.