Friday, February 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

बागलुङबाट आएका थिए पर्सामा भेटिएका १४ संक्रमित

by पत्रपत्रिकाबाट
May 12, 2020
- कोभिड–१९, समाचार
नेपालमा कोरोना भाइरस संक्रमण – दोस्रो र पाँचौ संक्रमित एउटै विमानमा आएका थिए
Share on FacebookShare on TwitterEmail

पर्सामा भेटिएका कोराना भाइरस (कोभिड–१९) का ३९ संक्रमित मध्ये १४ बागलुङबाट आएको खुलेको छ ।रोजगारीका लागि बागलुङ पुगेका उनीहरु लकडाउनका कारण समस्यामा परेपछि फर्किएका थिए ।

बा ४ ख ५७९० नम्बरको बसामा आएका उनीहरुलाई कास्की प्रशासलले पोखरामा रोक्यो । ‘दुई दिनदेखि अलपत्र परेका छौं बाटोमा भनेर खबर आयो’ छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताले भने, ‘जिल्ला प्रशासनसँग समन्वय गर्दा सबै तपाईको गाउँपालिकाको हुनुहुन्छ । क्वारेन्टाइनाको व्यवस्था गर्ने भए पठाउँछौं भन्ने भयो ।’

१३ गते पर्सा पुगेका बसमा ४२ जना थिए । उनीहरुमध्ये ६ जना भारतीय नागरिक थिए भने ५ जना जगन्नाथ र २ जना धोविनी गाउँपालिकाका थिए । तर जगन्नाथ र धोविनीले आफ्ना नागरिकलाई लगेन ।त्यसैले सबैलाई मंगल माविको क्वारेन्टाइनमा राखिएको प्रमुख गुप्ताले भने ।

क्वारेन्टाइनमा भएका ६२ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यसमध्ये १४ जनाको पाजेटिभ आयो । ‘क्वारेन्टाइनमा बस्दा कुनै लक्षण देखिएको थिए’ गाउँपालिका प्रमुख गुप्ताले भने, ‘हाम्रो गाउँपालिकााक ११, धोविनीका दुई जना र एक भारतीय नागरिकको पोजेटिभ रिपोर्ट आएको छ ।’

अब उनीहरुलाई नारायणी अस्पतालको आइसोलसनमा पठाउने तयारी भइरहेको छ ।गाउँपालिका प्रमुख गुप्ताका अनुसार बाग्लुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बेलामा नै १ जनामा उच्च ज्वरो देखिएको थियो ।

‘४२ जनामध्ये १ जनामा १०२ डिग्री ज्वरो थियो, मलाई त त्यतिबेलै शंका लागेको थियो,’ प्रमुख गुप्ताले भने, ‘त्यसपछि मैले सीडीओ सा’पलाई फोन गरेर सदरमुकामको आइसोलेसनमा राखेर उपचार गराउनुपर्छ भनेर पनि भनेको थिएँ । तर सीडीओ सा’पले पर्दैन, त्यहीँ क्वारेन्टाइनमै राख्नुस् भनेर भन्नुभएको थियो । मैले के गर्ने? त्यतिबेला नै स्वाब संकलन गरेर परीक्षण गरेको भए आज १४ जनामा संक्रमण नहुन पनि सक्थ्यो ।’ अनलाइनखबर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

3 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.