काठमाडौं, नेकपाको बहुमत पक्षले काठमाडौंमा फेरि विरोध सभा गर्ने भएको छ। केन्द्रीय संघर्ष समितिले सोमबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसअन्र्तगत माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्ने उल्लेख छ। माघ ९ गते यो समूहले काठमाडौंमा प्रदर्शन र सभा गरेको थियो।
यता, कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओली पक्षले माघ २३ गते काठमाडौंमा सभा गर्ने निर्णय गरिसकेको छ।
आन्दोलनको कार्यक्रमअनुसार भोलि, मंगलबार काठमाडौंमा सिठ्ठी जुलुस, माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम गरिनेछ। यस्तै, माघ १६ गते शान्तिबाटिकाबाट लैनचौरमा शहीदप्रति श्रद्धाञ्जी कार्यक्रम गरिनेछ। यस्तै, माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गरिने प्रचण्ड–माधव पक्षको कार्यक्रम छ।
त्यस्तै, माघ २२ गते काठमाडौंमा युवा -याली, २६ गते देशव्यापी मसाल जुलश तथा विभिन्न तह र तप्कासँग अन्र्तक्रिया र प्रदेशका राजधानीहरूमा विशिष्ट प्रकारका ठोस कार्यक्रम गर्ने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताएका छन्।