Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

प्रदेश नम्बर २ मा यसरी सम्झना गरियो मैथिली महाकवि विद्यापतिलाई

by पत्रपत्रिकाबाट
November 11, 2019
- समाचार
प्रदेश नम्बर २ मा यसरी सम्झना गरियो मैथिली महाकवि विद्यापतिलाई
Share on FacebookShare on TwitterEmail

जनकपुरधाम मैथिली भाषाका प्रसिद्ध साहित्यकार विद्यापतिको स्मरणमा जनकपुरमा ‘विद्यापति स्मृति पर्व’ मनाइएको छ। आइतबार विद्यापति स्मारक संरक्षण समितिले आयोजनामा स्मृति पर्व मनाइएको हो । स्मृति पर्वको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मैथिली भाषा साहित्यलाई समृद्ध गर्न विद्यापतिको तुलना अरुसँग गर्न नमिल्ने बताए । निधिले जीवन, व्यवहार र सामाजिक प्रणाली सञ्चालनमा विद्यापतिको ठूलो भूमिका रहेको उल्लेख गरे । ‘विद्यापतिद्वारा लिखित मैथिली साहित्यको मैथिली भाषीमात्र नभएर नेपाली साहित्यकार समेत प्रशंसक छन्,’ निधिले भने– ‘विद्यापतिले मैथिली भाषा सम्बद्र्धन र प्रवद्र्धनका लागि दिएको योगदानको तुलना गर्न सकिन्न्।’

मैथिली भाषाको प्राचिन इतिहास रहेको भन्दै उपसभापति निधिले प्रदेश नम्बर २ को नामाकरण मिथिला र राजधानी जनकपुर हुनुपर्नेमा जोड दिएका छन्। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण यादवले मैथिली भाषाका कवि कोकिलका रुपमा चिनिएका विद्यापतिको स्मृति पर्व प्रदेश र स्थानीय सरकारले नमाउनु आपत्तिजनक रहेको बताए। विद्यापति मैथिली भाषाको प्रतिष्ठित साहित्यकार रहेपनि प्रदेश र स्थानीय सरकारले महत्व नदिएको उनको गुनासो थियो।

त्यस्तै, नेपाली काँग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादवले पहिचानको आन्दोलन गरेर सत्तामा पुगेका मधेश केन्द्रित दलहरु मैथिली र मिथिलाको पहिचान अन्त्य गर्ने प्रपञ्चमा लागेको आरोप समेत लगाए । विद्यापति स्मारक संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विजयदत्त मणि, काशिकान्त झा लगायत आधा दर्जन कविहरुले मैथिली कविता वाचन गरेका थिए।

वीरगञ्जमा यसरी सम्झना गरियो विद्यापतिलाई

मैथिली भाषाका महाकवि विद्यापतिको वीरगंजमा पनि सम्झना गरिएको छ । महाकवि विद्यापतिको प्रतिमामा माल्यार्पण गरि उनको सम्झना गरिएको हो । मैथिली साहित्य परिषद वीरगंज र पण्डित अमृतनाथ चिन्तन प्रतिष्ठानको आयोजनामा भएको माल्यार्पण कार्यक्रममा परिषदका अध्यक्ष महेश दासले महाकवि विद्यापतिका काव्य कृतिहरु अहिले पनि समय सान्दर्भिक रहेकोले लोक जीवनमा उनी जीवित र अमर रहेको बताए कार्यक्रममा प्रा.डा‍. वासुदेवलाल दासले विद्यापतिको जीवनी र कृतिबारे चर्चा गर्दै विद्यापतिद्वारा रचित गीत समेत गाइएको थियो । राताेपाटीबाट

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)

चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)

1 year ago
सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.