Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कर्णालीमा भारतबाट भित्रिए हजारौं नेपाली, कस्तो छ प्रादेशिक अस्पतालको तयारी ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र २५, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    शेरबहादुर थापा। कोरोना भाइरसको त्राससँगै हजारौं नेपाली भारतबाट कर्णाली प्रदेशमा भित्रिएका छन् । कति व्यक्ति भित्रिए भन्ने आधिकारिक तथ्यांक समेत प्रदेश सरकारसँग छैन।

    भारतबाट आएका व्यक्ति विश्वसनीय स्वास्थ्य परीक्षण विना नै गाउँगाउँसम्म पुगेपछि कोरोना संक्रमणको त्रास समेत देखिएको छ । प्रदेशका १० जिल्लाका व्यक्तिको उपचारका लागि सुर्खेतमा प्रादेशिक अस्पताल छ। अस्पतालको नेतृत्व सम्हालेका छन्, सुर्खेतकै पाम्पामा जन्मिएर वीरेन्द्रनगर बस्दै आइरहेका मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्का।

    ५५ वर्षे उमेर काटेका डा. खड्का २०७५ जेठ ८ गतेदेखि प्रादेशिक अस्पतालको प्रमुख पदमा कार्यरत छन् । कर्णाली प्रदेशमा समेत कोरोनाको त्रास रहेका बेला अस्पतालको तयारी कस्तो छ रु तर कर्णालीमा हालसम्म कोरोनाको संक्रमण देखिएको छैन।

    डा. खड्का कोरोना विरुद्धको लडाइँमा सबैभन्दा ठूलो कुरा आत्मविश्वास भएको बताउँछन् । प्रदेश अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला पनि सञ्चालनमा आएको छ । चैत २० गते ४ जना कोरोनाका शंकास्पद बिरामीको स्वाब जाँच गर्दा नतिजा ‘नेगेटिभ’ आएको छ।

    अस्पतालमा स्वास्थ्यकर्मीले व्यक्ति सुरक्षा उपकरण (पीपीई) पाएका छैनन्, जसले गर्दा चिकित्सक समेत त्रासमा रहनुपरेको छ । ‘अहिलेसम्मको अवस्थाका लागि जनशक्तिका हिसाबले ठीक छ । बिरामीको संख्या बढेको खण्डमा भने समस्या हुने देखेको छु । अहिलेको अवस्थामा ८० जना नर्स स्टाफहरू छन् । ५० जना डाक्टर नै छन् । अन्य कर्मचारी ठीकै छन्,’ उनले भने, ‘तर अन्य देशको जस्तो महामारी नै फैलिएको खण्डमा यही जनशक्तिले हामी कोरोनाविरुद्ध लड्न सक्ने अवस्थामा छैनौं । यसका लागि थप जनशक्ति, स्रोतसाधनको आवश्यकता पर्नेछ।’

    अस्पताल प्रशासनले प्रदेश सरकार, स्वास्थ्य सेवा निर्देशनालयसँग निरन्तर सहकार्य र संवाद गर्दै कोरोना विरुद्धको तयारीमा तीव्रता दिएको छ । अस्पतालमा हाल २०० आइसोलेसन वार्ड तयार छन् । ‘२०० जना व्यक्ति अट्ने शय्या हामीसँग उपलब्ध छन्,’ उनले भने।

    कोरोनाका बिरामी राख्न अन्य प्रदेशको जस्तो कर्णालीमा भौतिक संरचनाको अभाव नभएको उनले बताए । ‘शंकास्पद कोरोनाका बिरामीलाई नयाँ भवनमा राखेका छौं । ३०० शय्याको अस्पताल छ । अन्य सामग्री खरिद गर्नका लागि टेन्डर आह्वान गर्ने तयारी अवस्थामा छौं । लकडाउन खुल्ने वित्तिकै हामी टेन्डर आह्वान गर्नेछौं,’ उनले भने, ‘कोरोनाका लागि अलग्गै जनशक्ति खटाउने योजना बनाएका छौं, जति जनशक्ति थियो त्यही जनशक्तिलाई पठाइरहेका छौं।’

    उपचार गर्न जनशक्ति भएपनि स्वास्थ्यकर्मीलाई पीपीई नहुँदा चिन्ता रहेको उनले बताए । सबैभन्दा ठूलो हरेक व्यक्तिका लागि ज्यान नै हो भन्ने कुरा कसैले पनि भुल्न नहुने बताउँदै स्वास्थ्यकर्मी पनि आफू बाँचेको खण्डमा मात्रै अरुलाई सेवा प्रवाह गर्न सक्ने भएकाले सबैभन्दा महत्त्वपूर्ण कुरा सुरक्षा नै हुने उनले बताए । ‘कोरोनाविरुद्ध आवश्यक पर्ने सामग्री एकदम न्यून छ । अब १–२ दिनलाई मात्रै पुग्ने सामान छ । पीपीई अभाव भएको छ,’ उनले भने, ‘संघीय सरकारले पठाएका पीपीईमा मास्क छैन, हाउजिङ छैन, पञ्जा, मोजा छैन, मात्रै गाउन छ । गाउनले मात्रै कसरी उपचारमा खटिने होला । कम्तिमा सुरक्षा सामग्री पर्याप्त भएको खण्डमा अरुको उपचार गर्न सहज हुन्छ । यहाँ सबैभन्दा ठूलो समस्या यही हो।’

    चिकित्सकलाई सुरक्षा सामग्री नभएकै कारण कोही कसैले उपचार नपाएको भन्ने गुनासो आउन नदिन समेत उनी सचेत छन्। एकातिर अस्पतालमा पर्याप्त बजेट माग गरिरहेका छन् भने अर्कोतिर उनले अत्यावश्यक सामग्री खरिद गर्न टेन्डर आह्वान पनि गरिसकेका छन् । निरन्तर विभागीय मन्त्री दल रावलसँग सम्पर्कमा छन्।

    ‘७०० पीपीई सेट, २ हजार एन९५ मास्क, थर्मामिटर मगाएको छौं। १ हप्ता भइसकेको छ । तयारी राम्रो छ । खरिद गरिएको सामान आउन समय लाग्ने भयो,’ उनले भने, ‘प्रदेश सरकारले १ करोड ६२ लाख रुपैयाँ दिने भनेको छ । ६२ लाखको सामग्री आइसकेको छ।’

    संघीय सरकारले १ करोड रुपैयाँ दिएको बताउँदै उनले भने, ‘बचेको रकमबाट हामीले अर्को टेन्डर आह्वान गरेका छौं । भेन्टिलेटर ६ वटा, १० वटा आईसीयू बेड, १५ वटा मोनिटर लगायत अत्यावश्यक सामग्रीका लागि शुक्रवार मात्रै टेन्डर आह्वान गरेका छौं ।’ ती सबै सामान आइपुगेको खण्डमा कोरोनाविरुद्ध लड्न सहज हुने उनले बताए।

    अस्पतालमा सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीको संख्या घटेको छ । विगतको जस्तो अस्पतालमा बिरामीको चाप छैन । हातखुट्टा भाँचिएका र गर्भवती महिलाबाहेक अन्य बिरामी आइरहेका छैनन्।

    भारतबाट आएका युवालाई एकैपटक गाउँ पठाउनु ठूलो गल्ती भएको उनले बताए । ‘सयौं युवालाई एकैपल्ट घरमा पठाएको छ । बसमा १ व्यक्ति मात्रै संक्रमित भएको अवस्थामा सबै संक्रमित हुन सक्छन् । उनीहरू सोझै आफ्नो घरमा पुग्दैनन् । विचमा झर्लान् । खाना–नास्ता खालान् । त्यहाँ संक्रमण सार्लान् अर्थात यसरी कोरोनाको सञ्जाल विस्तार हुने खतरा मैले देखेको छु । त्यसले सबैलाई समस्या पार्ने देखिन्छ । क्वारेन्टाइन सीमामै बनाए हुन्थ्यो । खाली जमिन थियो, यहाँको जनशक्तिलाई त्यहाँ लगेको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर अब समय घर्किसकेको छ । जो जहाँ छ त्यहीँ सुरक्षित बसाल्नु र बस्नुको विकल्प छैन । हरेक जनतालाई कोरोनाबारे थाहा भइसकेको छ । भनिरहन पनि आवश्यक छैन । थाहा पाएको कुरालाई पालना गरेको खण्डमा कोरोना विरुद्धको लडाइँमा सहजता आउने छ ।’

    क्वारेन्टाइनमा बसेको खण्डमा समाज नै सुरक्षित हुने बताउँदै उनले त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए । ‘मानसिक त्रास हुने, घरका व्यक्तिलाई तनाव दिनेभन्दा २ हप्ता संयमित भएर आनन्दले क्वारेन्टाइनमा बसेको खण्डमा यसले सबैलाई सुरक्षित हुने वातावरण बनाउने छ,’ उनले भने, ‘कोरोनाबाट बच्ने उपाय अवलम्बन गरे हुन्छ, कोरोनामा पीएचडी गर्नु आवश्यक छैन ।’ लोकान्तर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.