चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा २०७६ भाद्र २३ सोमबार नेपाल र चीनबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।काठमाडौँ स्थित होटल याक एण्ड यतीमा परराष्ट्रमन्त्रीस्तरीय वार्ता पश्चात नेपाल र चीनबीच तीन वटा सम्झौतामा हस्ताक्षर गरिएको हो । चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थिति र आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएको थियो ।

पहिलो सम्झौता मनाङमा अस्पताल बनाउने छ । करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने भएको छ । अर्को सम्झौता आपतकालीन राहतका लागि गृह मन्त्रालयलाई पाँच हजार ५ हजार टेन्ट उपलब्ध गराउने र बाढीपहिरोबाट प्रभावितलाई १ करोड ६० रुपैयाँ सहयोग उपलब्ध गराउने सहमति भएको छ । दुबै सम्झौतामा अर्थसचिव राजन खनाल र चिनियाँ अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिआइसिडीए) का उपाध्यक्ष डेङ बोकिङले हस्ताक्षर गर्नु भएको हो । अर्को सम्झौता अनुसार नेपालका विभिन्न विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुमा चिनियाँ भाषा पढाउने चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेछन् । समझदारीपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश्वर दाहाल र नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गर्नु भएको छ ।

तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ (आज) २०७६ भाद्र २४ मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेरि डेस्क
नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।