Tuesday, April 20, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

यसरी आयो मुख्यमन्‍त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव

by पत्रपत्रिकाबाट
October 11, 2020
- समाचार
यसरी आयो मुख्यमन्‍त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव
Share on FacebookShare on TwitterEmail

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलमा रडाको चुलिएको छ । प्रदेश संसदीय दलमा विश्वास नभएको भन्दै १८ सांसदहरूले नेता महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । मुख्यमन्त्री फेर्ने अभियान स्वरूप दलमा अविश्वासको प्रस्ताव दर्ता गरेको हस्ताक्षरकर्तामध्येका एक नेताले जानकारी दिए ।

प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र केपी ओलीनिकट मानिएका सुर्खेती नेता यमलाल कँडेल (सुर्खेत २ (ख) बाट निर्वाचित) बीच तीव्र असझदारी थियो । त्यही असमझदारी-अन्तरविरोध झाँगिँदै गएर अविश्वासको प्रस्ताव दर्ता गर्ने तहमा पुगेको स्रोतको जिकिर छ ।

स्रोतका अनुसार कँडेल सुरुदेखि नै मुख्यमन्त्री हटाउने अभियानमा लागेको थिए । त्यसो त कँडेल आफैं मुख्यमन्त्रीको प्रतिस्पर्धामा थिए । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले वचन दिएका पनि हुन् । तर, भागबन्डा गर्दा पूर्वमाओवादी केन्द्रको भागमा पर्‍यो । शाही मुख्यमन्त्री चुनिए। त्यसपछि स्थायी कमिटी सदस्य जनार्दन शर्मानिकट मानिएका शाही र कँडेलबीचको कटुता झनै झाँगियो ।

सात प्रदेशमध्ये सांसद् संख्यामा सानो कर्णाली प्रदेशमा ४० सांसद छन् । स्रोतका अनुसार त्यसमध्ये ११ जना सांसद कँडेलनिकट छन्। मुख्यमन्त्रीसँग १२ सांसद छन्। माधव नेपालनिकट नेता प्रकाश ज्वाला, जो प्रदेशको आन्तरिक मामिला तथा योजनामन्त्री पनि हुन्, उनीसँग आठ सांसद् छन् ।

अहिले कँडेलका ११ मध्ये ८ जना, पूर्वमाओवादी केन्द्रनिकट ३ जना र ज्वाला पक्षधर ७ जना सांसदहरू मुख्यमन्त्री हटाउने ध्येयले दलमा अविश्वास प्रस्ताव दर्ता गरेको एक सांसदले जानकारी दिए । हस्ताक्षर गर्ने पूर्वमाओवादी केन्द्रका सांसदहरूमा उपसभामुख पुष्पा घर्ती, सुर्खेतका अमरबहादुर विष्ट, दैलेका धर्मराज रेग्मी छन् ।

ती सांसदका अनुसार सुरुदेखि नै कर्णाली प्रदेशमा केन्द्रको भन्दा चर्को रडाको थियो । एक वर्षदेखि झन् बढ्न थाल्यो ।
मुख्यमन्त्री हटाउने अभियानको थालनी प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री नियुक्त नगरेको कारणबाट सुरु भएको थियो । प्रदेशमा भौतिकमन्त्री खड्गबहादुर खत्रीविरुद्ध बैंकिङ कसुरको अपराधमा पक्राउ पुर्जी जारी भएपछि २०७६ साउन ३० गते मुख्यमन्त्री शाहीले बर्खास्त गरे । उनी पूर्वएमालेका थिए । खत्री बर्खास्त भएपछि मुख्यमन्त्री शाहीले अर्को भौतिकमन्त्री नियुक्त नगरी आफैं मातहत राखेको पूर्वएमाले समूहको आरोप छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता
“पूर्वएमालेका सांसदलाई सोधखोजै नगर्ने, बजेट पनि माओवादी केन्द्रले जितेका ठाउँमा परिचालन गर्ने गर्न थाले । भौतिक मन्त्रालय आफैंसँग राखेर जथाभावी परिचालन गर्ने, भष्मासुर पो निस्किए, अब राख्नुहुँदैन भनेर हटाउन लागेका हौं,” एक सांसद भन्छन् ।

पूर्वएमालेका दुवै गुट, ओली(नेपालका सांसदहरूले निरन्तर असहयोग गरेपछि महेन्द्र शाहीले बजेटसम्म पारित गराउनै हम्मेहम्मे परेको थियो। यसपालिको बजेट अधिवेशनमा त्यस्तै समस्या भएपछि माधव नेपालले जाजरकोटबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य नीरज आचार्यलाई पठाएर सहजीकरणसमेत गरिदिएको स्रोतको जिकिर छ ।

तर, शाही नसुध्रिएको, बजेट, योजना अपचलन गरेको, पूर्वएमालेलाई बेवास्ता गरेको, एकताको भावना आत्मसात् नगरेकोलगायत दर्जन आरोप लगाएर बर्खास्त गर्न लागिएको ती सांसद बताउँछन् । बाह्रखरी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

4 years ago
नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

5 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.