Friday, February 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

अध्यादेश फिर्ता एउटा माग थियो, स्थायी समितिको बैठक बोलाइयोस्- पम्फा भूसाल

by पत्रपत्रिकाबाट
April 24, 2020
- समाचार
अध्यादेश फिर्ता एउटा माग थियो,  स्थायी समितिको बैठक बोलाइयोस्- पम्फा भूसाल
Share on FacebookShare on TwitterEmail

सत्तारुढ नेकपाका नेताहरुले दुई विवादास्पद अध्यादेश फिर्ता भएपनि स्थायी समिति बैठक बोलाउनुपर्ने माग राखेका छन्।सरकारले अध्यादेश ल्याएपछि नेकपाका स्थायी समितिका सदस्यहरुले तत्काल स्थायी समितिको बैठक बोलाएर छलफल गर्न माग गर्दै हस्ताक्षर अभियान समेत चलाएका थिए।

उनीहरुले मन्त्रीबाहेकको हस्ताक्षर संकलन गरिसकेका छन्। स्थायी समिति सदस्य पम्फा भुसालले सरकारले ल्याएको दुईवटा अध्यादेश फिर्ता लिएर आधा मात्र माग पूरा गरेको बताएकी छन्।उनले बाँकी आधा माग पूरा गर्न स्थायी समितिको बैठक राख्नुपर्ने बताइन्।

‘सरकारले ल्याएको अध्यादेशले पार्टीलाई ठूलो क्षति पुर्‍याएको छ,’ भुसालले भनिन्, ‘अध्यादेश फिर्ता लिए पनि हामीले स्थायी समितिको बैठक माग गरेका छौं। बाँकी कुरा त्यहीँ छलफल गर्छौँ।’

अध्यादेश फिर्ता भएपनि त्यसबारे समीक्षा गर्न स्थायी समिति बैठक आवश्यक रहेको उनको भनाइ छ।हामीले अघि सारेका दुईवटा मागमध्ये एउटा आज पूरा भयो,’ उनले भनिन्, ‘आधा माग स्थायी समिति बैठक हो, बेला पनि भयो, पुसपछि अहिलेसम्म बसेको छैन।’

शुक्रबार मध्यान्ह बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले दुईवटै अध्यादेश फिर्ता लिने बताए।‘विधेयक आवश्यक हुँदाहुँदै सत्तापक्षभित्रैबाट फिर्ता लिन दबाब आएपछि फिर्ता लिन्छौँ,’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक मन्त्रीले भने।

‘गृहमन्त्री थापा पनि अध्यादेशको विपक्षमै’
सोमबारको मन्त्रिपरिषद् बैठक र सचिवालयको बैठकमा गृहमन्त्री थापाले अध्यादेशको पक्षमा मत राखेका थिए।तथापि उनी अध्यादेशको विपक्षमै रहेको उनी निकट एक स्थायी समिति सदस्यले बताए।‘ओलीकै क्याबिनेटमा बसेपछि सचिवालयमा त्यसको विरोध गरेको राम्रो हुँदैनथ्यो,’ ती स्थायी समिति सदस्यले भने, ‘कि मन्त्रीबाट राजीनामा दिनुपर्‍यो। होइन भने कार्यकारी प्रधानमन्त्री भएको ठाउँमा बोल्नुको अर्थ रहँदैन। तर, उहाँ अध्यादेशको विपक्षमै हुनुहुन्थ्यो।’

सचिवालयका बहुमत सदस्य उपस्थित भएको भैँसेपाटी भेलामा थापा सहभागी थिएनन्। यद्यपि ती नेताहरुलाई उनको समर्थन रहेको ती नेताको दाबी छ। ‘स्थायी समितिको बैठकमा उहाँ पनि बोल्नुहुन्छ,’ उनले भने। नेपाल खबर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

भारतमा वामपन्थी आन्दोलनको असफलता-रजनी कोठारी

भारतमा वामपन्थी आन्दोलनको असफलता-रजनी कोठारी

10 months ago
नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.