आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइदैँ

0
13

जनताका प्रतिनिधिहरुले संविधान बनाई जारी गरेको चार वर्ष पूरा भएको छ।२०७२ असोज ३ गते संविधानसभाले बनाएको संविधान तत्कालीन राष्ट्रपति रामवरण यादवले जारी भएको घोषणा गरेका थिए। पहिलो पटक २०६४ चैत २८ गते निर्वाचन भई गठन भएको संविधानसभा चार वर्षपछि बिना उपलब्धि विघटन भएको थियो। संविधानसभाका लागि दोस्रो पटक २०७० मंसिर ४ गते निर्वाचन भएको थियो।

संविधान जारी हुने बेला दलहरु विभाजित भएका र कतिपयले संविधानसभा नै बहिष्कार गरेका कारण यसको पूर्ण स्वीकार्यताका विषयमा अहिले पनि छलफल हुने गरेको छ। कतिपयले अझै पनि यो दिनलाई विरोध दिवसका रुपमा मनाइरहेका छन्। यद्यपि संविधान घोषणा भएको चार वर्षमा संविधान अनुरुपमा संरचनाहरु बनेर कार्यान्वयनमा भइरहेका छन्। संघीय प्रणाली अनुरुप सातै वटै प्रदेशले संवैधानिक अधिकार प्रयोग गर्दै आफ्नो काम कारबाही सञ्चालन गरिरहेका छन्। ७ सय ७३ वटा स्थानीय तह पनि सञ्चालनमा छन्।

कुनै पनि देशको मूल कानुन नै संविधान हो । संविधान निर्माण प्रक्रिया हरेक देशका आफ्नै मान्यतामा हुने गर्दछ । नेपालमा ७० वर्षको अन्तरालमा ७ वटा संविधान जारी भए । राणाकाल, पञ्चायतीकाल, बहुदलीय व्यवस्था र गणतन्त्रात्मक शासन व्यवस्थासमेत गरी ४ वटा शासन व्यवस्थामा ५ वटा संविधान जारी भए भने बाँकी २ संविधान संक्रमणकालको व्यवस्थापन गर्न जारी गरिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया