Friday, February 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

पत्रपत्रिकामा आज – बालुवाटार जग्गा हिनामिना प्रकरणबारे भइरहेको छानबिनमा मन्त्रालयकै असहयोग

by पत्रपत्रिकाबाट
January 10, 2020
- समाचार
पत्रपत्रिकामा आज – बालुवाटार जग्गा हिनामिना प्रकरणबारे भइरहेको छानबिनमा मन्त्रालयकै असहयोग
Share on FacebookShare on TwitterEmail

आज प्रकाशित दैनिक पत्रिकाको प्राथमिकतामा बालुवाटार जग्गा हिनामिना प्रकरणबारे भइरहेको छानबिनमा मन्त्रालयकै असहयोग भएको लगायत विविध विषय परेका छन् ।नागरिक दैनिकले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणबारे भइरहेको छानबिनमा मन्त्रालयले नै असहयोग गरेको लेखेको छ । यसबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णयको फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग मागेको थियो । तर, यो फाइल नदिएर मन्त्रालयका उच्च अधिकारीले असहयोग गरेको नागरिकले लेखेको छ ।

सीआईबीले सो निर्णयको प्रतिलिपि र उक्त कार्यमा संलग्न कर्मचारीको विवरणसहितको फाइल उपलब्ध गराउन पटक पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ताकेता गरेको छ । तर मन्त्राललयका उच्च पदाधिकारीले अटेर गर्दै आएका छन् ।’भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवार अधिकारीहरू फाइल आफूहरूसँग नभएको भन्दै पन्छिने गरेको समाचारमा उल्लेख छ ।नागरिकका अनुसार, यही कारण सीआईबीले अनुसन्धानको अन्तिम प्रतिवेदन तयार गर्न सकेको छैन ।

छाता ओढेर कक्षामा
छाता ओढेर कक्षा लिन बाध्य विद्यार्थीको कथा पनि आजका नागरिकले छापेको छ ।रोल्पा नगरपालिकासँग सिमाना जोडिएको रुटीगढी गाउँपालिका–१, जेदवाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रिट्ठाबोटका विद्यार्थी छाता ओढेर कक्षा लिन बाध्य भएका हुन् । विद्यालय कक्षाकोठा चुहिने भएपछि विद्यार्थीले छाता ओढेर कक्षा लिने गरेको नागरिक समाचारमा उल्लेख छ ।

तनहुँ हाइड्रोमा एडीबीको हस्तक्षेप
तनहुँ हाइड्रोको ठेक्काबारे अन्नपूर्णले आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार निर्माण सुरु भइसकेको जलाशययुक्त यो आयोजनाको पुनः ठेक्का प्रक्रियामा एसिलायी विकास बैंकले हस्तक्षेप गरी रद्द गरेको छ ।

अघिल्लो वर्ष निर्माण सुरु भएको आयोजनाको पहिलो प्याकेजको ठेक्का रद्द भएपछि लागत र निर्माण सम्पन्न हुने तालिका प्रभावित भएको समाचारमा उल्लेख छ ।नेकपामा संविधान संशोधन बहस सुरु भएको, खाडी द्वन्द्वबारे नेपालले धारणा सार्वजनिक गरेको लगायत विषय पनि अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

कस्तूरी पाल्नुस्, बिना बेच्नुस्
बिना बेच्नका लागि अब कस्तूरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेका बेला अब जंगली जनावर कस्तूरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिने भएको छ ।कारोबारका अनुसार कस्तूरी पाल्नका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आह्वान गरेको छ । आफ्नो संरक्षण क्षेत्रभित्र कस्तूरी पाल्न चाहनेलाई उसले कस्तूरी नै उपलब्ध गराउने भएको छ ।कस्तूरीको मूल्य लाखौं रुपैयाँ पर्ने भएकाले यसको चोरी तथा सिकारी हुने गरेको छ । एउटा कस्तूरीले वर्षमा २० तोलासम्म बिना उत्पादन गर्छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

1 year ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला २ (ब्राजिल)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.