नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज क्यानडाको मन्ट्रियलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (इकाओ) काउन्सिलका सभापति डा. ओलुमुइवा बेनार्ड अलिउ र इकाओका महासचि डा. फाङ लिउसँग शिष्टाचार भेट गरेका छन् ।
इकाओको ४०औं महासभामा नेपाली प्रमण्डलको नेतृत्व गर्दै सहभागी भैरहेका मन्त्री भट्टराईले महासभाकै क्रममा उनीहरूलाई संयुक्त रूपमा भेटेका हुन् । भेटका अवसरमा मन्त्री भट्टराईले नेपालले पछिल्लो समय हवाइ सुरक्षाका लागि चालेका कदमका बारेमा बताउँदै हवाइ दुर्घटनाको संख्यामा आएको उल्लेख्य कमीका बारेमा पनि जानकारी दिएका थिए ।