Monday, March 8, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

ओली समूहको युवासंघमा झगडा, थापा समूहले गर्‍यो बहिष्कार

by nepal_readers
February 9, 2021
- समाचार
ओली समूहको युवासंघमा झगडा, थापा समूहले गर्‍यो बहिष्कार
Share on FacebookShare on TwitterEmail

काठमाडौँ : नेकपा ओली समूहमा विवाद सुरु भएको छ । एकता प्रक्रिया नै नटुंगी ओली समूहले युवा संघको भेला राखेको भन्दै चर्को विवाद सुरु भएको छ । आइतबार र सोमबार भएको युवा संघको भेला गृहमन्त्री रामबहादुर थापा समूहले बहिष्कार गरेको छ ।

गृहमन्त्री थापा निकट युवा वीरु तामाङका अनुसार ओली समूहले गरेको भेलामा थापा समूहको कोही पनि सहभागी भएनन् । ओली समूहले मिटिङ बोलाएर प्रशिक्षण कार्यक्रम गर्ने भनेर केन्द्रीय कमिटीलाई बोलाएर कमिटी नै घोषणा गरेको तामाङको आरोप छ ।

‘अगाडि एउटा सल्लाह गरेर ओली समूहले अर्कै गर्न खोज्यो’ तामाङले इकागजसँग भने ‘त्यसपछि हामी कार्यक्रमको भित्र पनि नछिरेर फर्कियौँ ।’ तामाङका अनुसार सो भेलामा तनाव भएको बताए । ‘उपगुटका नेता जुनियर (बचनबहादुर सिंह)लाई अध्यक्षको रुपमा प्यानल प्रस्ताव गर्नु भएछ’ तामाङले इकागजसँग भने ‘त्यसपछि त्यहाँ झडप भयो, हानाहान भयो र विरोध भएपछि एकलौटी घोषणा गरेर उहाँहरू हलबाट निस्किएर हिड्‍नु भएछ ।’

यो कमिटीलाई पार्टीले वैधानिकता दियो भने हामी बाध्य भएर नयाँ कमिटी घोषणा गर्छौँ- तामाङ

‘खासमा भेला भनेर डाकिएको थिएन् । पछिल्‍लो पटक पार्टी ध्रुवीकरण भएपछि केपी शर्मा ओली समूह, थापा समूह एकातिर र प्रचण्ड-माधव नेपाल एकातिर भइसकेपछि दुवै समूहमा रहेका जनवर्गीय संगठनको ध्रवीकरण तयारी अगाडि बढेको थियो । पार्टी एकता प्रक्रिया नटुंगिएकाले साविक वाइसियल र युवा संघको पनि एकता प्रक्रिया टुंगिएको थिएन् ।

त्यसकारण केन्द्रीय कमिटीमा भएका साथीहरूको एउटा मिटिङ बोलाएर प्रशिक्षण मुलक कार्यक्रम गरौँ भनेर कुरा भएकाले त्यही अनुसारको मिटिङको तयारी हामीले गरेका थियौँ । साथीहरूले हामीलाई थाहै नदिइ राजनीतिक प्रतिवेदन बनाउनेदेखि विधान संशोधनदेखि लिएर भित्रभित्रै उहाँहरूले एकलौटी तरिकाले तयारी गर्नुभएछ । कमिटी घोषणा गरेर जाने पनि तयारी गर्नु भएछ । त्यो कुरा हामीले थाहा पाएपछि पार्टीका नेताहरूसँग २/३ चरण कुरा गर्‍यौँ ।’

ध्रुवीकरणभन्दा अगाडिको इन्चार्ज महेश बस्‍नेत जी हुनुहुन्थ्यो । उहाँसँग पनि हामीले बसेर छलफल गर्‍यौँ । पूर्व युवा संघका नेतृत्वसँग बसेर पनि हामीले छलफल गर्‍यौँ । बोलाइ हालियो बोलाएपछि व्यवस्थित गरेर टुंग्याएर जाउँ भन्‍दा उहाँहरू एकलौटी ढंगले टुंग्याएर जाने कुरा गर्नुभयो । टोपबहादुर रायमाझी जनवर्गीय संगठनको इन्चार्ज हुनुहुन्छ ।’

रायमाझीले उहाँसँग सल्लाह गरेर कमिटी घोषणा गरेर जाँदा ठिक हुन्छ भनेपछि हामीले पनि तयारी गरेका थियौँ । तर महेश बस्‍नेतले उहाँको कमिटीमा मिलाउनु सक्‍नु भएन् । त्यहाँ तीन/चार वटा गुट मिसिए । ति गुटको इन्ट्रेस्ट उहाँले पूरा गर्न नसकेकाले उहाँले डिसिजन लिन सक्‍नु भएन । त्यसपछि हामीले भन्यौँ अब यो प्रस्ताव पार्टीमा लिएर जानुस् लिडरसिपले मिलाउनु हुन्छ त्यसलाई हामीले मानेर अगाडि बढौँ भनेर भन्यौँ । उहाँ पार्टीमा छलफलमा लानु भएन ।’

उहाँहरुले यति गरेपछि हामी हलभित्र पनि प्रवेश गरेनौँ । असहमति रह्यो फर्कियौँ हामी । उहाँहरूले एकलौटी कमिटी घोषणा गर्नु भएछ । त्यसमा पनि उपगुटका नेता जुनियर (बचनबहादुर सिंह)लाई अध्यक्षको रुपमा प्यानल प्रस्ताव गर्नु भएछ । त्यसपछि त्यहाँ झडप भयो, हानाहान भयो र विरोध भएपछि एकलौटी घोषणा गरेर उहाँहरू हलबाट निस्किएर हिड्‍नु भएछ । उहाँहरूले ५०/६० जनालाई कागजमा पदाधिकारी बनाएर बाहिर रिलिज गर्नु भएको छ । एउटा गुटले घोषणा गरेको कमिटीलाई पार्टीले वैधानिकता दिनु भएन । यदि दियो भने हामी पनि बाध्य भएर नयाँ कमिटी घोषणा गर्छौँ ।’
-इकाजबाट

भिडियो हेर्न क्लिक गर्नुहोस् : https://www.facebook.com/100001505508829/videos/3904778912915587/

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

4 years ago
योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

योगमायाः बिर्सिनै नहुने एक वीराङ्गना

4 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.