Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओली समूहको युवासंघमा झगडा, थापा समूहले गर्‍यो बहिष्कार

nepal_readers nepal_readers
माघ २७, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    काठमाडौँ : नेकपा ओली समूहमा विवाद सुरु भएको छ । एकता प्रक्रिया नै नटुंगी ओली समूहले युवा संघको भेला राखेको भन्दै चर्को विवाद सुरु भएको छ । आइतबार र सोमबार भएको युवा संघको भेला गृहमन्त्री रामबहादुर थापा समूहले बहिष्कार गरेको छ ।

    गृहमन्त्री थापा निकट युवा वीरु तामाङका अनुसार ओली समूहले गरेको भेलामा थापा समूहको कोही पनि सहभागी भएनन् । ओली समूहले मिटिङ बोलाएर प्रशिक्षण कार्यक्रम गर्ने भनेर केन्द्रीय कमिटीलाई बोलाएर कमिटी नै घोषणा गरेको तामाङको आरोप छ ।

    ‘अगाडि एउटा सल्लाह गरेर ओली समूहले अर्कै गर्न खोज्यो’ तामाङले इकागजसँग भने ‘त्यसपछि हामी कार्यक्रमको भित्र पनि नछिरेर फर्कियौँ ।’ तामाङका अनुसार सो भेलामा तनाव भएको बताए । ‘उपगुटका नेता जुनियर (बचनबहादुर सिंह)लाई अध्यक्षको रुपमा प्यानल प्रस्ताव गर्नु भएछ’ तामाङले इकागजसँग भने ‘त्यसपछि त्यहाँ झडप भयो, हानाहान भयो र विरोध भएपछि एकलौटी घोषणा गरेर उहाँहरू हलबाट निस्किएर हिड्‍नु भएछ ।’

    यो कमिटीलाई पार्टीले वैधानिकता दियो भने हामी बाध्य भएर नयाँ कमिटी घोषणा गर्छौँ- तामाङ

    ‘खासमा भेला भनेर डाकिएको थिएन् । पछिल्‍लो पटक पार्टी ध्रुवीकरण भएपछि केपी शर्मा ओली समूह, थापा समूह एकातिर र प्रचण्ड-माधव नेपाल एकातिर भइसकेपछि दुवै समूहमा रहेका जनवर्गीय संगठनको ध्रवीकरण तयारी अगाडि बढेको थियो । पार्टी एकता प्रक्रिया नटुंगिएकाले साविक वाइसियल र युवा संघको पनि एकता प्रक्रिया टुंगिएको थिएन् ।

    त्यसकारण केन्द्रीय कमिटीमा भएका साथीहरूको एउटा मिटिङ बोलाएर प्रशिक्षण मुलक कार्यक्रम गरौँ भनेर कुरा भएकाले त्यही अनुसारको मिटिङको तयारी हामीले गरेका थियौँ । साथीहरूले हामीलाई थाहै नदिइ राजनीतिक प्रतिवेदन बनाउनेदेखि विधान संशोधनदेखि लिएर भित्रभित्रै उहाँहरूले एकलौटी तरिकाले तयारी गर्नुभएछ । कमिटी घोषणा गरेर जाने पनि तयारी गर्नु भएछ । त्यो कुरा हामीले थाहा पाएपछि पार्टीका नेताहरूसँग २/३ चरण कुरा गर्‍यौँ ।’

    ध्रुवीकरणभन्दा अगाडिको इन्चार्ज महेश बस्‍नेत जी हुनुहुन्थ्यो । उहाँसँग पनि हामीले बसेर छलफल गर्‍यौँ । पूर्व युवा संघका नेतृत्वसँग बसेर पनि हामीले छलफल गर्‍यौँ । बोलाइ हालियो बोलाएपछि व्यवस्थित गरेर टुंग्याएर जाउँ भन्‍दा उहाँहरू एकलौटी ढंगले टुंग्याएर जाने कुरा गर्नुभयो । टोपबहादुर रायमाझी जनवर्गीय संगठनको इन्चार्ज हुनुहुन्छ ।’

    रायमाझीले उहाँसँग सल्लाह गरेर कमिटी घोषणा गरेर जाँदा ठिक हुन्छ भनेपछि हामीले पनि तयारी गरेका थियौँ । तर महेश बस्‍नेतले उहाँको कमिटीमा मिलाउनु सक्‍नु भएन् । त्यहाँ तीन/चार वटा गुट मिसिए । ति गुटको इन्ट्रेस्ट उहाँले पूरा गर्न नसकेकाले उहाँले डिसिजन लिन सक्‍नु भएन । त्यसपछि हामीले भन्यौँ अब यो प्रस्ताव पार्टीमा लिएर जानुस् लिडरसिपले मिलाउनु हुन्छ त्यसलाई हामीले मानेर अगाडि बढौँ भनेर भन्यौँ । उहाँ पार्टीमा छलफलमा लानु भएन ।’

    उहाँहरुले यति गरेपछि हामी हलभित्र पनि प्रवेश गरेनौँ । असहमति रह्यो फर्कियौँ हामी । उहाँहरूले एकलौटी कमिटी घोषणा गर्नु भएछ । त्यसमा पनि उपगुटका नेता जुनियर (बचनबहादुर सिंह)लाई अध्यक्षको रुपमा प्यानल प्रस्ताव गर्नु भएछ । त्यसपछि त्यहाँ झडप भयो, हानाहान भयो र विरोध भएपछि एकलौटी घोषणा गरेर उहाँहरू हलबाट निस्किएर हिड्‍नु भएछ । उहाँहरूले ५०/६० जनालाई कागजमा पदाधिकारी बनाएर बाहिर रिलिज गर्नु भएको छ । एउटा गुटले घोषणा गरेको कमिटीलाई पार्टीले वैधानिकता दिनु भएन । यदि दियो भने हामी पनि बाध्य भएर नयाँ कमिटी घोषणा गर्छौँ ।’
    -इकाजबाट

    भिडियो हेर्न क्लिक गर्नुहोस् : https://www.facebook.com/100001505508829/videos/3904778912915587/

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.