प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बीच ४ अप्रिल २०२०मा मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्वीनबारेमा भएको थियो।
नया दिल्ली: लद्दाखका कारण चिन–भारत बीच जारी विवादबारे भारतले अमेरिकासँग कुनै कुराकानी भएको अस्वीकार गरेको छ। भारतीय सरकारको एक स्रोतले दी प्रीन्टलाई बताएको छ।
दी प्रीन्टले सो सूत्र अनुसार लेखेको छ– प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच ४ अप्रिल २०२०मा मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्वीनबारेमा भएको थियो। सूत्र भन्छ, हिजो मात्रै भारतीय विदेश मन्त्रालय यो पनि स्पष्ट गरेको छ कि हामी प्रत्यक्ष र विद्यमान संयन्त्र र कूटनीतिक सम्पर्कबाट चीनको सम्पर्कमा छौं। यो भनाई अमेरिकी राष्ट्रपतिले दावा गरेको भन्दा बिलकुल विपरीत हो। जव कि ट्रम्पले मोदी लद्दाख मामलामा ‘मोदी सन्तुष्ट छैनन्’ भनेका थिए।
यसैबीच कांग्रेस नेता राहुल गान्धीले भनेका छन्– चीनसँगको सीमाको अवस्थाबारे सरकारको मौनताले विभिन्न अडकल र अनिश्चिततालाई बल दिइरहेको छ। भारत सरकारले अघि बढेर देशलाई वास्तवमा त्यहाँ के भएको छ बताओस्।
केही दिन अघि पनि कांग्रेस नेताले भनेका थिए कि भारत-चीन सीमाको हालको गतिरोधबारे पारदर्शिता हुन आवश्यक छ।
ट्रम्प भन्छन्, सीमा विवादका कारण मोदी चीनसँग सन्तुष्ट छैनन्।
भारत र चीन बीच एक ‘ठूलो टकरावट’ हुँदैछ– ट्रम्पले यही विहिवार व्हाइट हाउसका ओवल कार्यालयमा पत्रकारहरुमाझ बताएका थिए। उन्ले भने, ‘भारतमा मलाई मन पराइन्छ। मलाई लाग्छ कि जसरी यस देशमा मलाई मीडियाले मन पराउँछ यो भन्दा धेरै बढी भारतका मिडियाले मलाई मन पराउँछ। र म मोदीलाई मन पराउँछु उनी अति नै सज्जन व्यक्ति हुन्।’
उनलाई के तपाईं भारत र चीनबीचको सीमा अवस्थाको कारण हुनु हुन्छ भनी प्रश्न गरिंदा उनले भने, ‘भारत र चीन ठूलो टकराव छ। दुई देश र ती प्रत्येकका जनसंख्या १.४ अरब। भएका दुवै देशसँग धेरै शक्तिशाली सेनाहरु छन्। भारत खुशी छैन र संभवतस् चीन पनि खुशी छैन।’
ट्रम्पले भने, ‘मैलै प्रधानमन्त्रि मोदीसँग कुरा गरें। चीनसँग हाल भइरहेको कुराले उनी चीनसँग खुशी छैनन्।’ यो भन्नु भन्दा एक दिन पहिला उनले भारत र चीनबीच मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए। ट्रम्पले बुधवार ट्वीटमा लेखे उनी दुई देशहरु बीच ‘मध्यस्थता गर्न तयार, इच्छुक र सक्षम’ छु।
यस ट्वीटमाथि गरिएको एक प्रश्नको जवाफमा ट्रम्पले आफ्नो प्रस्थाव दोहर्याउँदै भने कि यदि सहयोगका लागि भनिए म मध्यस्थता गर्नेछु। यदि आफूलाई सहयोग पुग्छ भन्ने लागेका म गर्नेछु। तर भारतले बिहवार नै भन्यो कि सीमाको तनाव कम गर्न चीनीया पक्षसँग कुराकानी भइरहेको छ। यस कुराले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थता गर्ने प्रस्ताव एक प्रकारले अस्वीकार गरेको संकेत हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले एक अनलाइनले सोधेको एक प्रश्नको जवाफ भने, ‘हामी यसलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्न चीनिया पक्षसँग कुराकानीमा छौं।’ उनले बताए, ‘दुवै पक्षले सीमावर्ती क्षेत्रहरुमा उत्पन्न हुनसक्ने स्थितिहरुलाई वार्ता मार्फत् शान्तिपूर्ण समाधान गर्नका लागि सैन्य र राजनयिक स्तरमा संयन्त्र स्थापित गरिएको छ र यी माध्यमहरुकाट छलफल जारी छ।’
हालसम्म चीनको विदेश मन्त्रालयले ट्रम्पको ट्वीटमाथि कुनै प्रतिक्रिया दिएको छैन। चीनको सरकारी ग्लोबल टाइम्स अखबारले एक संपादकीयमा दुवै देशहरुलाई अमेरिकी राष्ट्रपतिबाट यस्तो सहयोग आवश्यकता नभएको लेखिएको छ।
ट्रम्पले यस अघि कश्मीर मामलामा पनि भारत र पाकिस्तान बीच मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए जसलाई भारत सरकारले अस्वीकार गरेको थियो।
– विभिन्न एजेन्सीको सहयोगमा










