Tuesday, March 2, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

ट्रम्पको भनाई अमेरिकी गुप्तचरहरूद्वारा खारेज -कोरोना भाइरस प्राकृतिक

by पत्रपत्रिकाबाट
May 1, 2020
- समाचार
डोनल्ड ट्रम्प: फोनवार्ताले निम्त्यायो विवाद, महाभियोगको ‘आधार बन्न सक्ने’
Share on FacebookShare on TwitterEmail

अमेरिकी गुप्तचर समूहहरूले कोभिड-१९ रोग निम्त्याउने कोरोनाभाइरस ‘मानव निर्मित’ वा ‘आनुवंशिक रूपमा परिवर्तन गरिएको’ नभएको निर्क्योल गरेको छ। जबकि राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको एउटा प्रयोगशालाबाट भाइरस निस्किएको भनेका थिए।

चीनले कोभिड-१९ मानव निर्मित हो भन्ने सिद्धान्तको खारेज गरेको छ र अमेरिकी भनाइको आलोचना गरेको छ।

गुप्तचर प्रमुखको भनाइ

‘डाइरेक्टर अफ न्याश्नल इन्टलिजेन्स’को कार्यालयले कोभिड-१९ को उत्पत्ति प्राकृतिक हो भन्नेबारे ‘वैज्ञानिकहरूको व्यापक सहमति रहेको’ बिहीवार बताएको छ। उक्त कार्यालयले अमेरिकी गुप्तचर निकायहरूलाई हेर्छ।

‘सङ्क्रमित जनावरको सम्पर्कमा आएर वा वुहानको एउटा प्रयोगशालाबाट दुर्घटना भएर यो भाइरसको उत्पत्ति भयो भन्ने सुनिश्चित गर्ने गुप्तचर निकायहरूले प्राप्त जानकारी र गुप्तचरी सूचनाका आधारमा परीक्षण गरिरहेका छन्,’ उसले भनेको छ।

चीनको वुहान शहरमा सबैभन्दा पहिला यो भाइरस देखिएको थियो। संसारभरि अहिले ३२ लाखभन्दा बढीमा यो सङ्क्रमण फैलिइसकेको छ भने २ लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

कोरोनाभाइरस बारेको ‘षड्यन्त्र सिद्धान्त’लाई लिएर अमेरिकी निकायहरूबाट बिहीवार पहिलो पटक यस्तो भनाइ आएको हो। त्यसले यो भाइरस मानवनिर्मित हो भन्ने सिद्धान्तलाई पुरा खारेज गरिदिएको छ।

प्रयोगशाला परीक्षणका क्रमणमा असावधानीवश कोरोनाभाइरस मानिसको सम्पर्कमा पुगेको थियो भन्ने सिद्धान्त अहिलेसम्म प्रमाणित भने हुन सकेको छैन।

ट्रम्पले के भने?
बिहीवार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो सिद्धान्तमा बढावा दिए।

पत्रकार सम्मेलनमा एक पत्रकारले सोधे, ‘अहिले आएर तपाईंले केही देख्नुभयो जसले गर्दा वुहान इन्स्टिच्युट अफ भाइरोलोजी नै यो भाइरसको उद्गमस्थल थियो भन्नेमा तपाईंको विश्वासलाई उच्च तहमा पुर्‍यायोस्’।

ट्रम्पले जवाफ दिँदै भने, ‘हो मसँग छ र मलाई लाग्छ – विश्व स्वास्थ्य सङ्‍गठनलाई लाज लाग्नुपर्ने हो किनकि उनीहरू चीनको जनसम्पर्क निकायजस्ता छन्।’

चीनले गल्तीले उक्त भाइरस बनाएको वा कसैले उद्देश्यका साथ यो बनाएको हुनसक्ने उनले बताए।

‘मलाई थाहा छैन चीनमा कति मानिसहरूलाई हिँडडुल गर्न दिइएन, तर उनीहरू अन्यत्र सबैतिर हिँडिरहेका थिए। त्यो एकदमै खराब हो। त्यो उनीहरूका लागि जवाफ दिन निकै गाह्रो प्रश्न हो,’ ट्रम्पले भने।

बिहीवार न्यूयोर्क टाइम्सले ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले गुप्तचर निकायलाई उक्त भाइरस वुहानको प्रयोगशालाबाट निस्केको हो वा होइन भन्नेबारे जाँच गर्न निर्देशन दिएको खबर प्रकाशित गरेको थियो। बीबीसी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.