Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026
Monday, August 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीले आरक्षण र समानुपातिक प्रणाली हटाइदिन सक्छन् : तुलानारायण साह

तुलानारायण साह तुलानारायण साह
माघ १९, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हामी सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको ठाउँबाट उहाँलाई सम्झिँदै छौँ, सम्पूर्ण सहिदहरूको योगदान सम्झिँदै छौँ । र, नेपालमा लोकतन्त्रको भविष्य के हुँदै छ, लोकतन्त्रको भविष्य छ वा छैन भनेर हामीले सहिदलाई सम्झिरहेका छौँ । लामो समय हाम्रा पुस्ताका साथी उहाँकै उपस्थितिमा आज पनि हामी लोकतन्त्रकै चिन्ता गरिरहेका छौँ ।

    खगेन्द्र संग्रौलालगायत अग्रजको छत्रछाँयामा फेरि पनि हामी आन्दोलनमा छौँ । खगेन्द्र दाइ पनि आन्दोलनमा आउनुहुन्छ, हामी पनि आन्दोलनमा छौँ र मेरा छोराको पुस्ता पनि आन्दोलनमा आइसकेको छ । नेपालमा लोकतन्त्रको लागि कतिन्जेल आन्दोलन गर्ने ? कुन-कुन पुस्ताले आन्दोलन गर्ने ? आज सबभन्दा ठूलो चुनौती र चिन्ताको विषय यो, हो ।

    आन्दोलनका क्रममा सहिदहरूलाई सम्झिने क्रममा सहिद दुर्गानन्द झालाई सम्झिन चाहन्छु । सहिद दुर्गानन्द झा धनुषा निवासी हुनुहुन्थ्यो । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि २०१८ माघमा महेन्द्रको जनकपुरमा भ्रमण भएको थियो । र त्यतिबेला नेपाली कांग्रेसको युवादस्तामा रहेका दुर्गानन्द झा नेपाली कांग्रेसको निर्णयअनुसार बमले आक्रमण गर्ने दस्तामा उहाँ खटिनुभएको थियो ।

    एयरपोर्ट, जानकी मन्दिरनिर । दुर्गानन्द झा जानकी मन्दिरको नजिकको टोलीमा हुनुहुन्थ्यो । त्यतिबेला बम आक्रमण गर्नुभएको थियो । ठूलो क्षति हुन सकेन । झ्याल मात्रै फुटेको थियो । दुर्गानन्द झा भाग्‍न सफल हुनुभयो । भारतको जयनगर गएर बस्‍नुभएको थियो । त्यहाँबाट उहाँलाई फसाइएर भ्रममा पारेर केही दिनपछि जनकपुर बोलाइएको हो ।

    नेपालमा आन्दोलनहरूबाट स्थापित भएको व्यवस्थाले एउटा यस्तो समाजको निर्माण हुन गयो, एउटा यस्तो राज्यको निर्माण हुन गयो । त्यहाँनिर एक समुदाय धेरै अगाडि बढे र एक समुदाय (मधेसी, आदिवासी, जनजाति, दलित) लगायत समुदाय धेरै पछाडि परे । र त्यो समुदायबारे जब काठमाडौंमा डिबेट हुन्छ, सबै मधेसीलाई, सबै जनजातिलाई, सबै दलितलाई एकै ठाउँमा राखेर हेर्ने गर्दछौँ ।

    २०२० माघ १५ गते उहाँलाई फाँसीमा झुन्ड्याएको थियो । उहाँलाई फाँसी दिने निर्णय विशेष अदालतले गर्‍यो र त्यो विशेष अदालतको न्यायाधीश भगवतीप्रसाद सिंह हुनुहुन्थ्यो । उहाँ सप्तरीको मधेसी नै हुनुहुन्थ्यो । नेपालमा आन्दोलनहरूबाट स्थापित भएको व्यवस्थाले एउटा यस्तो समाजको निर्माण हुन गयो, एउटा यस्तो राज्यको निर्माण हुन गयो । त्यहाँनिर एक समुदाय धेरै अगाडि बढे र एक समुदाय (मधेसी, आदिवासी, जनजाति, दलित) लगायत समुदाय धेरै पछाडि परे । र त्यो समुदायबारे जब काठमाडौंमा डिबेट हुन्छ, सबै मधेसीलाई, सबै जनजातिलाई, सबै दलितलाई एकै ठाउँमा राखेर हेर्ने गर्दछौँ ।

    मेरो आग्रह के छ भने त्यो समुदायभित्र पनि विभिन्‍न पात्र जन्मिएका छन् । दुर्गानन्द झा पनि त्यही समुदायकै थिए, भगवती सिंह पनि त्यही समुदायका थिए । राज्यले मात्रै समाजमा विभेद गरेको थिएन । सहिदहरूमा पनि विभेद भयो । दुर्गानन्द झालाई फाँसी दिनुअघि ब्राह्मणलाई फाँसी दिनुहुन्‍न भन्‍ने धारणा थियो, नेपालमा । तर दुर्गानन्द झालाई फाँसी दिन मुलुकी ऐन संशोधन गरियो । पहिलो मधेसी ब्राह्मणलाई फाँसी दिइएको थियो । त्यो भन्दा ठूलो अपराधको आरोप लगाए पनि त्यसअगाडि ब्राह्मण समुदायका मानिसलाई फाँसी दिइएको थिएन ।

    म जनकपुरको कलेजमा २०४६ सालको विद्यार्थी भएको हिसाबले हामी त्यतिबेला पनि आन्दोलनमा थियौँ । त्यहाँ यदुबहालमा पाँचजना मान्छे एकै दिन मरेका थिए । तर नेपालको आन्दोलनहरूमा सहादतहरूको जब चर्चा हुन्छ, मधेसकै नाम छुट्ने गर्छ । आज पनि लोकतन्त्रका लागि आन्दोलन गर्नुपरेको छ । यो लोकतन्त्रको यात्रामा मधेसको प्रयासलाई पनि बिर्सिने प्रयास नहोस् ।

    केपी ओलीले आज मात्रै प्रतिगमन गरेको कसैलाई लागेको हुन सक्छ । तर मधेसीको नजरमा यो प्रतिगमन आज मात्रै भएको होइन । केपी ओली एक दिनमा उदाएको होइन । आज काठमाडौंको मिडियाले यो आन्दोलनलाई समर्थन गर्नुभएको छ । मिडियाका साथीहरू नागरिक आन्दोलनको पक्षमा हुनुहुन्छ । प्रतिगमन नागरिक आन्दोलनको पनि व्याख्या हो, मिडियाको पनि बुझाइ हो । यहाँसम्म हामी साथसाथ छौँ ।

    लोकतन्त्र अभ्यास हुँदै गर्दा आज यो देशमा मधेसका लाखौँ दलितहरू किन भूमिहीन भएका छन् ? किन यहाँको न्याय सेवामा १० प्रतिशत पनि जनजाति छैनन्, १० प्रतिशत पनि मधेसी छैनन्, १० प्रतिशत पनि दलित छैनन् । यो प्रश्नको जवाफ कसले दिने ?

    तर म एउटा प्रश्‍न राख्‍न चाहन्छु- आज भन्दा दुई वर्ष अगाडि जति बेला लोकसेवा आयोगले १० हजारसिटको विज्ञापन खुलाएको थियो । मधेसी, आदिवासी, जनजाति, दलितका लागि चार हजार दुई सय सिट हुनुपर्ने ठाउँमा बेइमानी गरेर दुई हजार मात्रै सीट विज्ञापन गरिएको थियो । दुई हजार सिटमा बेइमानी भएको थियो ।

    मधेसी, आदिवासी, जनजाति, दलित लगायत सीमान्तीकृतको साथमा । त्यतिबेला केपी ओलीकै सरकार थियो । त्यतिबेलाको नागरिक समाज किन बोलेन ? हाम्रो मनमा त्यो प्रश्‍न छ । त्यतिबेलाको मिडियाको के व्याख्या थियो ? त्यतिबेला हामी मुद्दा हाल्न सर्वोच्चमा गयौँ, त्यहाँका सम्मानीय न्यायाधीशलाई श्रीमान् हामी कुनै प्रकारको अनादर गर्न चाहदैनौँ । तर श्रीमान् हामीमाथि भएको अन्यायमा न्याय पाउन कहाँ जाने ? हामी सर्वोच्च अदालत गएको थियौँ । सर्वोच्‍च अदालतले निर्णय गरेको थियो– प्रक्रिया धेरै अगाडि बढिसकेको हुनाले अब यो विज्ञापन रद्द गर्न मिल्दैन ।

    नागरिक समाज कस-कसले के बोले ? कुन मिडियाले बोले ? युग पाठकजीको फोन आउँदा यी सबै कुरा सम्झिएँ । त्यसैले हाम्रो समर्थन छ, हामी पुग्छौँ, तर प्रश्‍नबारे सोचिनुपर्छ नागरिक आन्दोलनमा भनेर प्रश्‍न गरेका थियौँ । तर आज आएर एउटा निष्कर्षमा पुगेका छौँ । सिएन थारुको नेतृत्वमा तराईका साथीहरू, गोविन्द छन्त्यालको नेतृत्वमा जनजाति, देवी विश्‍वकर्माका साथीहरूले दलित साथीहरूलाई एकीकृत गर्दै हुनुहुन्छ । र हामी आन्दोलनमा प्रतिबद्धतासाथ सक्रिय सहभागिता जनाउन चाहन्छौँ । तर हाम्रो आग्रह छ काठमाडौँसँग ।

    काठमाडौं भनेको डोमिनेन्ट क्लासहरूलाई भनेको । काठमाडौँ भनेको राज्यमा जसको हालीमुहाली छ, त्यो समाजलाई भन्‍न चाहन्छु कि अबको नेपालमा हामी आफ्नो कुरा पहिला भन्छौँ, त्यसपछि तपाईंहरूसँग आग्रह गर्छौँ । हामी यो निष्कर्षमा पुगेका छौँ कि यो प्रतिनिधि सभाको विघटनको निर्णय प्रतिगमन नै हो । यो प्रतिगमन नै हो । यसकारण प्रतिगमन नै हो कि, अहिलेको संविधानमा हाम्रो विरोध थियो । हामी नाकाबन्दीलाई पनि समर्थन गरेका थियौँ । मधेस आन्दोलन पनि गरेका थियौँ । तर हाम्रा मुद्दा स्पष्ट थिए ।

    हामीले के भनेका थियौँ भने संघीयतामा जुन प्रकारको सहमति भएको छ, त्यसअनुसार प्रदेशको रचना होस् । यो लोकसेवा आयोग, न्यायसेवा आयोग, प्रहरीसेवा आयोगले यसरी परीक्षा लिएर मान्छे भर्ना गर्‍यो, कि एक समुदायका मान्छे मात्रै देखियो । तर यो राज्य चल्नको लागि जुन राजस्वको संकलन हुन्छ, त्यसमा हाम्रो पनि पसिना, कमाइ गएको छ ।

    तलब खाने हाम्रो पैसाबाट, तलब खुवाउने ठाउँमा हामी किन छैनौँ भनेर हामीले प्रश्‍न गरेका थियौँ । त्यसैले हामीले समावेशीको कुरा गरेका थियौँ । हामीले संघीयताको कुरा गरेका थियौँ । हामीले निर्वाचन प्रणालीमा संशोधनका कुरा गरेका थियौँ । हामीले सम्पूर्ण सहिदहरूसँग एक रूप व्यवहारको कुरा गरेका थियौँ । हामीले शिक्षा नीतिमा भाषाको कुरा गरेका थियौँ । हामी मधेसका मानिसहरूको नागरिकता सहजतापूर्वक मिल्नुपर्छ भनेर कुरा गरेका थियौँ ।

    ती कुरा हाम्रो मानिएन । संविधान जारी भयो । त्यसमा हाम्रो विरोध थियो । तर यो संविधान जारी हुँदा यसमा राजनीतिक स्थायित्वको परिकल्पना गरिएको छ । यो संविधानले एउटा सपना बोकेको छ । नेपालमा जसलाई मन लाग्यो, त्यसले चाहेको बेलामा संसद् विघटन नगरोस् । यो संविधानले लोकतन्त्रका आधारभूत कुराहरूमा सहमति जनाएको छ । अंगीकार गरेको छ ।

    तर यो विघटनले हाम्रो विरोधका बाबजुद जारी भएको संविधानमा राजनीतिक स्थायित्वको सपनामाथि तुसारापात गरेको छ । त्यसकारण हामी यो विघटनको प्रस्तावलाई प्रतिगमन छ, प्रतिगमन हो भन्ने निष्कर्षमा पुगेका हौँ । र, हामी सक्रिय रूपमा बृहत् नागरिक आन्दोलनमा आएका हौँ ।

    र हामी यो बृहत् नागरिक आन्दोलनमा आउँदै गर्दा यो मुद्दामा हामी समर्थन गछौँ, तर हाम्रो मुद्दामा पनि काठमाडौँको नागरिक समाजले समर्थन गर्नुपर्छ भन्‍ने आग्रह गर्छौं । त्यसो भए हाम्रो मुद्दा के हो त ? धेरैलाई लाग्‍न सक्छ, लोकतन्त्र भएपछि देशमा सबै कुरा ठीक हुन्छ । गलत हो, यो । लोकतन्त्र प्रणाली हो । कसैका लागि प्रणाली मात्रै सबै कुरा हुन सक्छ, तर सीमान्तीकृतहरूका लागि परिणाम महत्वपूर्ण कुरा हो ।

    लोकतन्त्र अभ्यास हुँदै गर्दा आज यो देशमा मधेसका लाखौँ दलितहरू किन भूमिहीन भएका छन् ? किन यहाँको न्याय सेवामा १० प्रतिशत पनि जनजाति छैनन्, १० प्रतिशत पनि मधेसी छैनन्, १० प्रतिशत पनि दलित छैनन् । यो प्रश्नको जवाफ कसले दिने ?

    लोकतन्त्र प्रणाली त छिर्‍यो यो देशमा, तर परिणाम के पायो ? त्यसैले तपाईंका लागि लोकतन्त्र प्रणाली मात्र महत्वपूर्ण हो, सीमान्तीकृत समुदायका लागि परिणाम महत्वपूर्ण हो । अबको आन्दोलन हामीले परिणामको लागि पनि गर्नुपर्छ । अनिमात्रै हामी यो आन्दोलनमा साथसाथ रहन्छौँ ।

    अहिले संसद् पुनःस्थापना होला, आन्दोलन टुंगिने हो भने हामी परिणामको आन्दोलनमा हामी फेरि एक्लै पर्नेछौँ । प्रणाली मात्रै होइन, परिणामको लागि पनि आन्दोलन गरौँ । विनोद चौधरीका लागि कुनै आन्दोलन हुनुपर्दैन, यो देशमा राणाजीलाई कुनै देशको राजदूत हुन आन्दोलन हुनुपर्दैन, तर एक जना दलितलाई राजदूत बन्‍न धेरै आन्दोलन गर्नुपर्छ । तपाईंले कुन आन्दोलन गर्ने यसको जवाफ दिनुपर्छ ।

    आज संसद् विघटन गरिँदै छ । हेर्दै जानुहोला, भोलि संघीयता विघटन गरिन्छ । पर्सि आरक्षणलाई खारेज गरिदिन सक्छ । निपर्सि निर्वाचनको प्रणालीलाई संशोधन गरेर समानुपातिकलाई हटाइदिन सक्छ ।

    अहिलेको यो विघटनलाई हामीले प्रतिगमन नै मानेका छौँ र यो प्रतिगमनको सबै सीमान्तीकृत समुदायले विरोध गर्नुपर्छ । यसको विरोधमा हुने सबै आन्दोलनमा सक्रिय सहभागी हुनुपर्छ । लोकतन्त्र नभएसम्म सीमान्तीकृत समुदायका कुनै पनि अधिकार हामीले प्राप्त गर्न सक्दैनौँ । इतिहासले देखाएको छ । तथ्य/अनुसन्धानले देखाएको छ । हामीले जे पाएका छौँ, प्रजातन्त्रमा पाएका छौँ । त्यसैले प्रजातन्त्रलाई हत्या गर्ने प्रयास भएको छ । आज संसद् विघटन गरिँदै छ । हेर्दै जानुहोला, भोलि संघीयता विघटन गरिन्छ । पर्सि आरक्षणलाई खारेज गरिदिन सक्छ । निपर्सि निर्वाचनको प्रणालीलाई संशोधन गरेर समानुपातिकलाई हटाइदिन सक्छ । र त्यसपछि निर्वाचन चाहिँ भइराख्छ ।

    जुन निर्वाचनका लागि शेरबहादुर देउवा कुरा गर्दै हुनुहुन्छ । स्मरण रहोस्, दुर्गानन्द झा तपाईंको पार्टीको निर्देशनमा कुनै बेला सरोज कोइरालाको आदेशमा बम हान्न गएका थिए । कुनै बेला हामीले पनि तपाईंको पार्टीमा पसिना बगाएका छौँ । यो देशमा पञ्‍चायत कालको ३० वर्षमा निर्वाचन भइरह्यो । राजा महाराजले एउटै कुरा भनिराखे कि आवधिक निर्वाचन हुन्छ, राष्ट्रिय पञ्‍चायतबाट प्रधानमन्त्री छनौट हुन्छ । त्यसकारण यो पनि प्रजातन्त्र हो । अहिले प्रदीप ज्ञवालीले भनेजस्तै नेपाली माटो सुहाउँदो दलविहीन प्रजातन्त्र हो । तपाईंले किन आन्दोलन गर्नुभयो ? तपाईंको नेता र बीपीले किन आन्दोलन गरेका थिए ?

    लोकतान्त्रिक मूल्य-मान्यता थिएन, त्यो व्यवस्थामा । केवल निर्वाचनको कुरा गर्नुहुन्छ । लोकतन्त्रमा निर्वाचनबाट डराउनुहुन्‍न भन्‍नुहुन्छ भने तपाईंको बोली र कमल थापाको बोलीबीच भिन्‍नता हुँदैन र हामीलाई त्यो बेला दुःख लाग्छ । हामी चाहदैनौँ कि कमल थापाले खोजेको प्रजातन्त्र, शेरबहादुरले खोजेको प्रजातन्त्र । महन्थ ठाकुरले खोजेको प्रजातन्त्र एउटै भयो भने यो देशको दुर्भाग्य हुनेछ । सीमान्तीकृत समुदायको दुर्भाग्य हुनेछ ।

    लोकतन्त्र नभएसम्म सीमान्तीकृत समुदायका कुनै पनि अधिकार हामीले प्राप्त गर्न सक्दैनौँ । इतिहासले देखाएको छ । तथ्य/अनुसन्धानले देखाएको छ । हामीले जे पाएका छौँ, प्रजातन्त्रमा पाएका छौँ ।

    हामीले खोजेको लोकतन्त्र भनेको राजनीतिक स्थायित्वको कल्पना गरेको संविधानलाई टेकेर हुने निर्वाचन हुनुपर्छ । आजको दिनमा नेपाली कांग्रेस, जसपा पार्टीले स्ट्यान्ड क्लियर गर्नुपर्छ । हामीले विघटनलाई कसरी लिन्छौँ, निर्वाचनबाट डराउनुहुन्‍न भने पञ्‍चायतको विरोधमा आन्दोलन गर्नुभयो ? प्रजातन्त्र मात्रै चाहिएको थियो, दल खोल्ने स्वतन्त्रता मात्रै चाहिएको थियो भने २०६२/०६३ मा किन आन्दोलन भयो त ? त्यसकारण ती मान्यतालाई हामीले मिच्‍न हुँदैन ।

    नागरिक आन्दोलनले पनि आफ्नो स्ट्यान्ड क्लियर गर्नुपर्छ । दलसँगको तपाईंको सम्बन्ध के हुन्छ ? आज तपाईं पनि आन्दोलन गर्दै हुनुहुन्छ, माधव नेपाल र प्रचण्ड पनि आन्दोलन गर्दै हुनुहुन्छ । देउवा पनि आन्दोलनमा हुनुहुन्छ, महन्थ ठाकुर पनि आन्दोलनमा हुनुहुन्छ । त्यसैले तपाईंहरू बीचमा कहाँनिर मिटिङ प्वाइन्ट छ र कहाँनिर नमिल्ने कुरा छ ? यो कुरा प्रस्ट गरेनौँ भने कन्फ्युजन रहिरहन्छ । र हाम्रोबारे अनेक धारणा बन्‍नेछ ।

    राजनीतिमा नेताहरू स्मार्ट हुन्छन् । तीनथरी राजनीति गर्ने हुन्छ । आन्दोलनको राजनीति, निर्वाचनको राजनीति र सत्ताको राजनीति । हाम्रो नेपालमा दुर्भाग्य के भयो भने आन्दोलनको राजनीतिबाट नेता उदाउने, निर्वाचनको राजनीतिमा गएर फस्ने र सत्ताको राजनीतिमा गएर डुब्‍ने भएर हाम्रो देशमा सत्तरी वर्षदेखि लोकतन्त्रमा निरन्तर संघर्ष गरिरहेका छौँ ।

    सहिदहरूको सम्झना गरिरहेका छौँ, किनकि उहाँहरू लोकतन्त्रका लागि लड्नुभयो । फेरि सत्तरी वर्षपछि हामी त्यही कुरा गरिरहेका छौँ, किनकि हामीले नेता जन्माउन सकेनौँ । आन्दोलनको राजनीति, निर्वाचनको राजनीति र सत्ताको राजनीतिबीच हामी आम नागरिक, नागरिक अगुवाहरू, पत्रकार र नेताहरू पनि फँस्दै गयो ।

    आज प्रचण्डलाई आन्दोलन चाहिएको छ । त्यसैले कृष्ण खनाल, नारायण वाग्ले, सञ्जीव उप्रेती, खगेन्द्र संग्रौला र देवेन्द्रराज पाण्डेलाई बोलाउँदै छ । किनकि जनताको क्रेडिबिलिटी उनीहरूसँग छ । निर्वाचनको राजनीतिमा क्रिमिनल र व्यापारीहरूको साथ हुन्छ, उसलाई। र सत्ताको राजनीतिमा ओम्‍नी र यतिको साथ चाहिन्छ।

    बृहत् नागरिक आन्दोलनले निरन्तर रूपमा आन्दोलनको राजनीति गर्ने हो। आन्दोलनको राजनीति गर्दा आज हामी पात्र केपी ओली मात्रै नभई केपी ओली प्रवृत्तिको विरोध गर्न खोजेको हो । भोलि त्यो ठाउँमा प्रचण्ड पनि जान सक्छ । तपाईं हामीले उहाँको पनि विरोध गर्न सक्नुपर्छ ।

    यो तीनवटा राजनीतिको व्याकरण नै फरक छ। हामीले कुन राजनीति गर्न खोजेको ? मलाई लाग्छ, बृहत् नागरिक आन्दोलनले निरन्तर रूपमा आन्दोलनको राजनीति गर्ने हो। आन्दोलनको राजनीति गर्दा आज हामी पात्र केपी ओली मात्रै नभई केपी ओली प्रवृत्तिको विरोध गर्न खोजेको हो । भोलि त्यो ठाउँमा प्रचण्ड पनि जान सक्छ । तपाईं हामीले उहाँको पनि विरोध गर्न सक्नुपर्छ ।

    म मधेस आन्दोलनमा जोडिएको मानिस। पाँच वर्ष अघिसम्म के भन्थ्यौँ भने मधेसीहरू शासित भए, पहाडीहरू शासक भए । पहाडीहरूमा पनि खस आर्य शासक भए । हिजो आन्दोलन गरेका समूह आज जनकपुरमा शासक भएका छौँ । जनकपुरमा दलितको मुस्लिमको अवस्था के छ ? त्यसैले शासक र शासितबीचमा नागरिक आन्दोलनले आफूलाई केलाउनुपर्छ । यो कुरा गरेनौँ भने नागरिक आन्दोलनको भूमिकामा बारम्बार प्रश्‍न उठिरहन्छ ।

    नागरिक आन्दोलनको पनि विविध खेमा छ । विकासवादी, पहिचानवादी, सामाजिक न्याय, राष्ट्रवादी नागरिक आन्दोलन । यी सबै ठीक हो । यो सबैको बीचमा हामी सहकार्य कसरी गर्न सक्छौँ ? महामहिमहरूलाई भन्छु कि तपाईंहरूको देशमा राजनीतिक स्थायित्व हामी पनि चाहन्छौँ । तपाईंहरूमध्येले हाम्रो लोकतान्त्रिक आन्दोलनको यात्रामा सहयोग गर्नुभएको छ । त्यसको लागि तपाईंलाई र तपाईंको देशको नेतालाई धन्यवाद दिनुपर्छ । तर कृपया महामहिमज्यू विचार गरिदिनुस्, हाम्रो देशमा लोकतन्त्र किन स्थायी हुन सकेन । यो कुनै पार्टीलाई फुटाउने र कुनै नेतालाई च्याप्‍ने, कुनै नेतालाई दिनको तीन पटक भेट्ने र कुनै नेतालाई बोलाएर भेट्ने ।

    पार्टीलाई फुटाएर गेम खेल्ने बाटो सजिलो हुन्छ भनेर कृपया तपाईंहरू त्यो बाटोमा नलागिदिनुस् । तपाईंहरूको सहयोग र सद्‍भावका लागि धन्यवाद दिन्छौँ । तपाईं भविष्यमा पनि चाहिन्छ । तर हाम्रो अग्रज पुस्ताले यो देशमा जसरी भोगिराखे, हामीले जसरी अस्थिरताको राजनीति, हाम्रो छोराछोरीले पनि यही भोग्‍ने ? हामी कहाँ जाने ? हाम्रो भविष्य कहाँ जाने ? त्यसैले राजनीतिक स्थायित्वका लागि नेतालाई च्याप्‍ने र पार्टीलाई फुटाउने काममा कुनै महामहिमको सक्रियता नहोस् ।

    (गत आइतवार काठमाडौंको सिफलमा आयाृजित नागरिक सभामा साहको सम्वोधन।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      तुलानारायण साह

      तुलानारायण साह

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.