टर्कीको संसदमा सत्तारूढ र विपक्षी सांसदबीच झडप भएको छ।उत्तर पश्चिमी सिरियामा टर्कीको सैन्य कारबाहीसम्बन्धी छलफलका बुधबार संसद बैठकमा झडप भएको हो।झडपका क्रममा राष्ट्रपति रेसेप तय्यिप एन्डोर्गनको पार्टी र प्रमुख विपक्षी दलका सांसदहरूले एकअर्काले मुक्का हानाहान गरेको भिडिओमा देखिन्छ।
प्रमुख विपक्षी दल रिपब्लिकन पिपल्स पार्टीकाका सांसद इंगिन ओजोक रोष्ट्रममा गएपछि झडप सुरू भएको थियो। ओजोकले राष्ट्रपति एन्डोर्गनमाथि बालबालिकालाई युद्धमा पठाएको आरोप लगाएका थिए। उनले आम टर्किस युवाहरू सिरिया युद्ध लडिरहँदा राष्ट्रपतिका सन्तानले भने अनिवार्य गर्नुपर्ने सैन्य तालिम पनि नलिएको बताएका थिए।
सिरियामा अहिले सम्म ५० टर्किस सेनाले ज्यान गुमाइसकेका छन्। टर्कीको संसदमा सांसदहरूबीच कुटाकुटका घटना भइरहन्छन्। सेतोपाटी