रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेन अस्ट्रिया, स्विडेन र फिनल्यान्ड जस्तै तटस्थ राज्य बन्ने विषयमा छलफल चलिरहेको बुधवार बताएका छन् ।युक्रेनसँगको कुराकानीमा यो विषय उठेको र किएभले यसलाई मानेमा सम्झौता हुन सक्ने पेस्कोभको भनाइ छ ।
दोस्रो विश्वयुद्धपछि युरोपमा भइरहेको सबभन्दा ठूलो युद्ध अन्त्य गर्नका लागि यो सम्झौता हुनु जरूरी छ ।युक्रेनसँगको वार्तामा रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले अस्ट्रिया र स्विडेनको मोडल अपनाउँदै युक्रेनले आफ्नो सेना राख्न सक्ने तर विदेशी सैन्य अड्डा वा सैनिकहरू राख्न नदिने शर्त मान्नुपर्ने बताए ।
युक्रेनले तटस्थताको विषयमा कुराकानी गर्न सहमति जनाएकाले शान्ति सम्झौताका केही भागहरू टुंगोमा पुग्न लागेको भनी रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले बताएका छन् ।‘सुरक्षा प्रत्याभूतिका साथै युक्रेनको तटस्थ हैसियतको विषयमा गम्भीर चर्चा भइरहेको छ,’ लाभरोभले बताए ।
यसैबीच युक्रेनले तटस्थ बस्ने प्रस्ताव अस्वीकार गरेको खबर पनि आइरहेका छन् ।तर युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नबन्ने भनी मंगलवार स्वीकार गरेको कुरा रुसको पक्षमा रहेको बताइएको छ ।
रुस–युक्रेन युद्धको २१औं दिनः युक्रेनी राष्ट्रपतिले भने, अब हामी नेटोमा सामेल हुन सक्दैनौँ
रुस र युक्रेनबीच चलिरहेको युद्धको २१ दिन भइसकेको छ । जमिनमा दुवै देशका सेना एकअर्कासँग निरन्तर लडिरहेका छन् । तर यो तनावपूर्ण वातावरणको बीचमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ठूलो बयान दिएका छन् ।
उनले युक्रेन नेटोमा सहभागि नहुने बताएका हुन् । उनले त्यहाँका जनतालाई यो तथ्य स्वीकार गर्न आग्रह गरेका छन् । अहिले जेलेन्स्कीको यो भनाइलाई युद्धको बीचमा निकै महत्वपूर्ण मानिएको छ ।
युद्धको सुरुदेखि नै रुसले युक्रेन कुनै पनि हालतमा नेटोमा सामेल नहुने भनाइ राख्दै आएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिन आफैंले धेरै पटक चेतावनी दिएका थिए । यस्तो अवस्थामा अहिले जेलेन्स्की यस विषयमा नरम हुनु ठूलो सङ्केत मानिएको छ ।
यो बीचमा दुई देशबीच निरन्तर शान्तिवार्ता पनि भइरहेको छ । जेलेन्स्कीले नेटोमा सामेल हुन आफूले खासै जोड नदिने कुरा यसअघि पनि बताइसकेका थिए ।द्वन्द्वको २१ दिनपछि उनले फेरि यस्तो बयान दिएका छन् । उनको बयानलाई लिएर धेरै अड्कल गर्न सुरु गरिएको छ । रुस–युक्रेन युद्धको कुरा गर्दा यो विगत २१ दिनदेखि निरन्तर चलिरहेको छ ।
युक्रेनले दृढताका साथ आफ्नो देशको रक्षा गर्दैछ, तर रुसको आक्रमणले युक्रेनलाई धेरै ठूलो क्षति पुर्याएको छ । अहिले रुस राजधानी कीभतर्फ अघि बढेको छ र त्यहाँबाट बमबारी सुरु भएको छ ।अब कीभ रुसको कब्जामा होस् भनेर हरसम्भव प्रयास भइरहेको छ । तर राष्ट्रपति जेलेन्स्की हार मान्न तयार छैनन्, उनी एकपटक नेटोको मुद्दामा झुकेको देखिन्छ तर आत्मसमर्पण गर्ने मूडमा छैनन् ।
कीभका नागरिकलाई युक्रेनको अपील बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै कीभका मेयरले सबै पुरुषलाई राजधानी फर्केर आफ्नो देशका लागि लड्न अपिल पनि गरेका छन् ।
युक्रेनले आफ्ना नागरिकलाई हतियार दिने कुरा यसअघि नै गरिसकेको छ । यस धम्कीको बीचमा युक्रेनको आक्रमणलाई दृढताका साथ सामना गर्न सकियोस् भनेर सम्पूर्ण देशलाई एकजुट गर्ने प्रयास भइरहेको छ। एजेन्सी।