Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

अमेरिकी राजदूतको चीन लक्षित अस्वाभाविक सक्रियता

by पत्रपत्रिकाबाट
September 29, 2019
- समाचार
अमेरिकी राजदूतको चीन लक्षित अस्वाभाविक सक्रियता
Share on FacebookShare on TwitterEmail

अमेरिकी राजदूत र्‍याण्डी बेरी मंगलबार बिहानै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगे । प्रचण्डसँग करिब एक घन्टा वार्ता गरे । तर, यो तथ्य न दूतावासले सार्वजनिक गर्‍यो, न प्रचण्डको सचिवालयले नै ।जानकारहरुका अनुसार अमेरिकी राजदूत बेरी अहिले नेपाली राजनीतिक वृत्तसँग व्यापक भेटघाट गरिरहेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरे । तर, यो भेटलाई चाहिँ प्रधानमन्त्री निवासले गोप्य राख्न मानेन । त्यसैले बेरीले नै भेटेको तथ्यसहित टुइटरमा फोटो सार्वजनिक गरे ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग मात्र नभएर अन्य धेरै नेताहरुसँग भेटिसकेका छन् । स्रोत अनुसार उनले राजपाका नेताहरुसँग पनि भेटिरहेका छन् ।राजदूत बेरी अचानक सक्रिय किन बने रु प्रश्न उठेको छ । उनको सक्रियता अकारण पक्कै होइन । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने पक्का जस्तै देखिएपछि राजदूत बेरी सक्रिय हुनुको खास अर्थ छ भन्ने जगजाहेर छ ।

स्रोत अनुसार गत एक महिनादेखि राजदूत बेरीले राजनीतिक भेटघाट तिब्र पारेका हुन् । उनले अर्थमन्त्री युवराज खतिवडा, कानून मन्त्री भानुभक्त ढकाल र सभामुख कृष्णबहादुर महरासँग बारम्बार भेटेका थिए । उनीहरुसँग भेट्नुको कारण थियो– मिलेनियम च्यालेन्ज प्याक्टलाई प्रतिनिधि सभा वैठकमा प्रस्तुत गर्न लगाउनु ।

जतिबेला राजदूत बेरीले सभामुख, कानून मन्त्री र अर्थमन्त्रीसँग भेटिरहेका थिए, त्यसबेला चिनियाँ राष्ट्रपति नेपाल आउने संकेत मात्र देखिँदै थियो, अवस्था यति प्रष्ट भइसकेको थिएन । उनले चिनियाँ राष्ट्रपति आउने संकेत पाएरै हुनुपर्छ– मिलेनियम च्यालेन्ज प्याक्ट प्रतिनिधि सभाबाट पास गराउन दवाब दिएको ।

अर्थमन्त्री खतिवडा सो प्याक्ट प्रतिनिधि सभामा पेस गर्ने पक्षमा थिए तर प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई असर पर्छ भन्दै मानेनन् । अरु केही दिन चलाइने योजना रहेको संसद् अधिवेशन यही कारण असोज २ मै अन्त्य गरिएको बुझिन्छ ।

सक्रियतापछिको अभिव्यक्ति

राजदूत बेरी एक महिना निरन्तर सक्रिय भए । राजनीतिक भेटघाट व्यापक रुपमा गरे । त्यतिले नपुगेर सार्वजनिक रुपमा नै बोलेका छन् ।शुक्रबार राजधानीमा एक कार्यक्रममा उपस्थित भएर बेरीले नेपाल र चीन सम्बन्धको बारेमा खुलेर बोले । आफू राजदूत भएर बसेको देशको छिमेकीसँगको सम्बन्धबारे बोल्नु कूटनीतिक दृष्टिले स्वाभाविक मानिँदैन । तैपनि राजदूत बेरी बोले ।

सार्वजनिक रुपमा बोलेर दवाब सिर्जना गर्नकै लागि सो कार्यक्रम आयोजना गरिएको लगभग प्रष्ट छ । कार्यक्रमको विषय नै थियो– नेपालमा अमेरिकी कूटनीति ।उनले चीन, भारत, अमेरिका कसैको पक्षमा नेपाल लाग्न नहुने बताए । अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ मा नेपाल सहभागी हुन सक्ने तर दवाब नदिने उनले बताए । उनले इन्डो–प्यासिफिक स्ट्राटेजीको कुनै सैन्य उद्देश्य नभएको दावी गरे ।

इन्डो–प्यासिफिक क्षेत्रको हितका लागि ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ अघि सारेपनि सो रणनीतिमा नेपाललाई साझेदार बन्न दवाव नदिने उनले बताए ।अमेरिकाले नेपाल चीन, भारत, अमेरिका वा अन्य देशको पक्षमा नभई आफ्नै पक्षमा उभिएको हेर्न चाहेको उनले बताए । दुई मुलुकबीचको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गराउँदै राजदुत बेरीले नेपाललाई अमेरिकी सरकारले हरेक वर्ष सहयोग गर्दै आएको बताए ।

इन्डो–प्यासिफिक स्ट्राटेजीको हिस्सा मानिने मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना अन्तर्गत अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ सहयोग दिँदैछराजदुत बेरीले नेपाललाई स्वतन्त्र र सार्वभौम भूपरिवेष्ठित मुलुक भन्दै नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ मजदुत बनाउन उच्चस्तरको राजनीतिक भ्रमण भइरहेको र भविष्यमा समेत भइरहने बताए । सनराइज खबरमा समाचार छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

1 year ago
प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.