Thursday, February 25, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

अमेरिकी उपसहायक मन्त्री फर्केकाे २ दिनमै‌ एमसीसीका उपाध्यक्ष ब्रुक्स नेपालमा

by पत्रपत्रिकाबाट
February 8, 2020
- समाचार
अमेरिकी उपसहायक मन्त्री फर्केकाे २ दिनमै‌ एमसीसीका उपाध्यक्ष ब्रुक्स नेपालमा
Share on FacebookShare on TwitterEmail

नेपालमा अमेरिकी कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट सहयोग लिने सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने भने विवाद चर्केका बेला एमसीसीमा युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स चारदिने भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेका छन्।

‘नेपालसँगको साझेदारीको हिस्सास्वरूप नियमित तथा जारी परामर्शका लागि उहाँ आउनुभएको हो,’ नेपालस्थित अमेरिकी दूतावासले भनेको छ। ‘भ्रमणका क्रममा उहाँले एमसीसी र मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) का कर्मचारी, अर्थ मन्त्रालयबाट नवनियुक्त एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष र नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री लगायत सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ।’

सन २००४ मा स्थापित अमेरिकी सरकारको स्वतन्त्र निकाय एमसीसीले कठिन मापदण्ड पुरा गर्ने देशहरूलाई आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नका निम्ति समय–सीमित अनुदान प्रदान गर्दछ, दूतावासले भनेको छ। नेपाल र अमेरिकाबीच २०७४ भदौमा नेपालका लागि ५० करोड अमेरिकी डलरको अनुदान सहमतिमा हस्ताक्षर भएको थियो।

‘दक्षिण एसियाकै पहिलो उक्त सहमति सरकार, नागरिक समाज र अन्य सरोकारवालाहरूसँग परामर्शको प्रक्रिया अपनाएपछि गरिएको थियो,’ दूतावासले भनेको छ।दक्षिण एशिया मामिला, सार्वजनिक कुटनीति हेर्ने जिम्मेवारी पाएका एक उच्चअमेरिकी अधिकारीले नेपाल भ्रमण गरेलगत्तै एमसीसीका उपाध्यक्ष शुक्रबार नेपाल आइपुगेका हुन्।

दक्षिण एसिया मामिला, सार्वजनिक कुटनीति तथा प्रेस हेर्ने अमेरिकी उपसहायक मन्त्री जोनाथन हेनिक ४८–घण्टे नेपाल भ्रमण सकेर फर्केको दुई दिनपछि नै एमसीसीका उपाध्यक्ष नेपाल आउन लागेका हुन्। हेनिक बुधबार फर्केका हुन्।‘दक्षिण एसियाली पब्लिक डिप्लोमेसी सम्बन्धी कार्यक्रममा सहभागी हुन उपसहायक विदेशमन्त्री आउनु भएको हो’, अमेरिकी दूतावास स्रोतले भन्यो, ‘एमसीसी पनि चर्चामा रहेकाले त्यस विषयमा पनि छलफल भयो।’

हेनिकले नेपालमा रहँदा नागरिक समाजका प्रतिनिधि, थिंक ट्याङ्क, सरकारी अधिकारीहरुसँग भेट गरेको र सो क्रममा एमसीसी लगायतका समसामयिक विषयमा छलफल गरेको अमेरिकी दूतावास स्रोतले जनाएको छ।एमसीसी उपाध्यक्षले भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसहित उच्चपदस्थ अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ।नेपाल खबर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

1 year ago
निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

8 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.