Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

युद्धमा चीनसँग हार्छ अमेरिकाः पेन्टागन

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ २६, २०७७
- सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एकातिर विश्व कोरोनाको लडाईँ लडिरहेको छ भने यसै विषयलाई लिएर अमेरिका र चीनबीच उत्पन्न भएको तनावले दुई देशबीच लडाईँको सम्भावना देखिएको छ । तर कोरोनाको यो बबन्डरको समयमा अमेरिका र चीनले लडाईँको जोखिम उठाउन सक्छन् ? अमेरिका कोरोनाबाट विश्वमै सर्वाधिक नराम्ररी प्रभावित भएको छ र घरेलू हिंसाको पनि शिकार भएको छ । अमेरिकाका लागि अर्को खराब खबर भनेको आफ्नै रक्षा विभागबाट आएको छ ।

    अमेरिकी रक्षा विभाग पेन्टानगको रिपोर्ट अनुसार २०२० मा यदि एसिया प्यासिफिक क्षेत्रमा अमेरिका–चीनकाबीच तनावको अवस्था पैदा भयो भने यी दुई देशबीच लडाईँ हुनेछ र यो लडाईँमा अमेरिकाले हार खेप्नु पर्नेछ ।

    अमेरिकाका कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ र अश्वेत जर्ज फ्लोइडको मृत्युपछिको गृह युद्धले अर्बौ डलरको क्षती भएको छ। तर, अमेरिकी राष्ट्रपति आफ्नो निशाना केबल चीनतर्फ सोझ्याइरहेका छन् । ट्रम्पले पहिले समुद्रमा चीनलाई घेर्ने प्रयास गरे। फेरी यो मुलुकमाथि आर्थिक प्रतिबन्ध लगाए। संयुक्त राष्ट्र संघमा कोरोनाको विषयमा चीनमाथि अनुसन्धान गर्ने दबाब सिर्जना गरे। हङकङ र ताइवानलाई चीन बिरुद्ध भड्काउने प्रयास गरे र हाल आमने–सामनेको लडाईँको कुरा भइरहेको छ।

    अमेरिकी रक्षा विभाग पेन्टानगको रिपोर्ट अनुसार २०२० मा यदि एसिया प्यासिफिक क्षेत्रमा अमेरिका–चीनकाबीच तनावको अवस्था पैदा भयो भने यी दुई देशबीच लडाईँ हुनेछ र यो लडाईँमा अमेरिकाले हार खेप्नु पर्नेछ ।

    तर, स्वयं अमेरिका भित्रबाट जुन रिपोर्ट बाहिरिएको छ, त्यो अमेरिकाका लागि राम्रो छैन । किनकी स्वयं अमेरिकी रक्षा विभागले चीनसँगको लडाईँ घाटाको व्यापार भएको मान्दै आएको छ । के बास्तवमै अमेरिका आफ्नै रक्षा विभागको बिरुद्धमा गएर चीनसँग युद्धको जोखिम उठाउन सक्ला त वा चीनलाई पाठ सिकाउनका लागि अन्य मार्ग रोज्ला ? यसको आशा धेरै देखिएको छ।

    पहिले अमेरिकाले चीनमाथि आर्थिक प्रतिबन्ध लगायो र हाल उसले चीनबाट आउने जाने सबै उडानमा प्रतिबन्ध लगाएको छ। यद्यपि चीनकातर्फबाट यो फैसलामाथि कुनै प्रतिक्रिया आएको छैन । यो दुई देशबीच १९८० मा भएको हवाई यात्रा सम्झौताको उल्लंघन हो ।

    कोरोनाभाइरसले अमेरिकामा तबाही मच्चाएको छ र विश्वभरीमै आर्थिक रुपमा मजबुत हुँदै गएको चीनलाई कमजोर गर्न ट्रम्पले लगातार बेइजिङमाथि आक्रामक रवैया अपनाउदै आएका छने । ट्रम्पले चीनमाथि गलत किसिमबाट विश्वको अर्थव्यवस्थामा नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाएका छन् । साथै हङकङ–भियतनाम तथा भारतसँगको सीमा विवादको विषयमा चीनको बिरुद्धमा उभिने सबै किसिमका प्रयास गरेका छन् ।

    ताइवानतर्फ बढ्दै गएको चीनको पंजा अमेरिकी हितका लागि खतरा साबित हुन सक्छ । पेन्टागनको रिपोर्ट अनुसार यदि चीनले ताइवानमाथि हमला ग-याो भने अमेरिकाले पनि ताइवानलाई बचाउन सक्दैन । यो मात्रै होइन प्रशान्त महासागरमा अमेरिकाको महत्वपूर्ण सैन्य अड्डा गुआम पनि खतरामा आउन सक्छ । अमेरिकाका लागि गुआमा सामरिक दृष्टिकोणबाट धेरैनै महत्वपूर्ण रहेको छ । किनकी यहाँ अमेरिकाको सबैभन्दा खतरनाक र आधुनिक लडाकु विमान बी–२ बम्बर तैनाथ गरिएका छन् ।

    तर यो गुआम द्विप चीनको ब्यालेस्टिक मिसाइलको पहुँचमा रहेको छ । चीनले ताइवानमाथि दबाब बढाउन सुरु पनि गरेको छ । चीनले ताइवान नजिकै रहेको समुद्री क्षेत्रमा हालसम्मकै ठूलो सैन्य अभ्यास पनि गरेको छ ।

    अर्कातिर चीनलाई नियन्त्रणमा राख्न चीनलाई ताइवानमा हमला रोक्नका लागि ट्रम्पले सुपर–डुपर मिसाईल तैनाथीको धम्की पनि दिएका छन् । विद्यमान अवस्थालाई मध्येनजर गर्दै अमेरिकी रक्षा विभागले आफ्नौ सबैभन्दा महत्वाकांक्षि सैन्य प्रोजेक्ट अर्थात हाइपरसोनिक मिसाइले प्रविधिमा काम सुरु गरिसकेको छ ।

    कस्तो छ अमेरिकाको सुपर–डुपर मिसाइल ?
    ट्रम्पको मिसाइल आवाज भन्दा १७ गुण तीव्र गतीमा हमला गर्न सक्छ । यो विश्वकै हालसम्मकै तीव्र गतीको मिसाइल हुने छ ।यो क्रुज र ब्यालेस्टिक मिसाइल दुवैको विशेषताबाट सु–सज्जित हुने छ । यसले लन्च गरेपछि पृथ्वीको कक्षबाट बाहिर गएर टारगेटलाई निशाना बनाउछ । हाइपरसोनिक मिसाइलको तीव्र रफ्तारका कारण राडारले यसलाई पक्रन सक्दैन । यसले ब्यालेस्टिक र क्रुज मिसाइलबाट फर्केर आफ्नो दिशा पनि फेर्न सक्छ । रुसले आवाजको गती भन्दा पाँच गुणा र चीनले ६ गुण तीव्र गतीको मिसाइलमा काम गरिरहेका छन् ।

    तर बिना तयारी यो हाइपरसोनिकको घोषणा गर्नु अमेरिकाको शक्तिको नभएर उसको डर मात्रै प्रतिविम्वित भएको छ । चीनले पछिल्लो समयमा चोरिछिपि आफ्नो शक्तिमा वृद्धि गरिरहेको भान अमेरिकालाई भएको छ । पेन्टागनको रिपोर्टका अनुसार एशिया–प्रशान्त क्षेत्रमा हालको अवस्थामा लडाईँ गर्नु अमेरिकाका लागि हार बेहोर्नु बराबर हो । त्यसैले ट्रम्पको सुपर–डुपर मिसाइलको घोषणाले अमेरिकाले चीनमाथि दबाब कायम राख्न सक्ने दावी जानकारहरुको छ । ट्रम्पको यो चतु-याई सर्प पनि मरोस् र लाठि पनि नभाचियोस् भन्ने रहेको जानकारहरुको रहेको छ । कारोबार दैनिक

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      सनी
      मंसिर १९, २०८०

      च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता...

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      झलक सुवेदी
      अशोज २६, २०८०

      गत शनिवार प्यालेष्टाइनी उग्रवादी समूह हमासले इजरायलमाथि यस अघि कल्पना नगरिएको स्तरको एकीकृत हमला गरेपछि अहिले पश्चिम एशिया क्षेत्रमा तनाव...

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      नेपाल रिडर्स
      अशोज २०, २०८०

      विकल्प समता, समाजवाद र मुक्त दुनिया शिर्षकमा माओवादी नेता राम कार्कीको नयाँ पुस्तक बहसको साँघुरो गल्लीमा आफ्ना लागि बाटो बनाउँदै...

      सल्किन नपाओस् धरानको झिल्को!

      सल्किन नपाओस् धरानको झिल्को!

      रोहेज खतिवडा
      भदौ ९, २०८०

      मनसुनको सिजन छ। बंगालको खाडीबाट भारत हुँदै आउने हावाले लगातार पानी परिरहेको छ। जलवायु परिवर्तनमा चासो राख्ने वैज्ञानिकहरू भन्छन्- आजकाल...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      नेपाल रिडर्स
      साउन २८, २०८०

      पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अमेरिकाको दबावमा सत्ताबाट हटाइएको अमेरिकाकै अनलाइन पत्रिका द इन्टरसेप्टले खुलासा गरेको छ। दक्षिण तथा मध्य एसिया...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.