अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनी पत्नीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रपति ट्रम्पले ट्विट गरेर श्रीमति मेलानिया र आफ्नो परीक्षणबाट कोरोनाभाइरस पोजिटिभ नतिजा आएको उल्लेख गरेका छन्।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020
ट्रम्पले आफूहरू क्वारेन्टिनमा बस्ने र स्वास्थ्य लाभ गर्ने तयारीमा रहेको पनि उल्लेख गरेका छन्। यसअघि ट्रम्पका सल्लाहकार होप हिक्सलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो। त्यसपछि ट्रम्पले आफू पनि क्वारेन्टिनमा जाने बताएका थिए। अहिले हिक्सलाई कोरोनाका लक्षणहरू पनि देखिएको बीबीसीले जनाएको छ।
विभिन्न सार्वजनिक स्थलमा मास्क नलाएको तथा सामाजिक दूरी पालन नगरेको भनी राष्ट्रपति ट्रम्पको आलोचना हुने गरेको थियो।