अमेरिकामा भएको प्रदर्शनमा अहिलेसम्म चार जनाको ज्यान गएको छ । वासिङ्टन डिसी प्रहरीले जनाएअनुसार ट्रम्पले उक्साएको दंगामा ४ जनाले ज्यान गुमाएका हुन् । वासिङ्टनको क्यापिटल हिललाई दंगाकारीहरूले कब्जा गर्ने क्रममा प्रहरीसँग उनीहरूको झडप हुँदा उनीहरूको ज्यान गएको हो ।
यसअघि एक महिलाको ज्यान गएको बताइएको थियो । मृतक महिला पहिले अमेरिकी सैनिक भएको खुलेको छ । असि ब्याबिट नाम गरेकी ती महिलालले अमेरिकी सैनिकको एयर फोर्समा १४ वर्षसम्म काम गरेको बताइएको छ । उनी डोनल्ड ट्रम्पकी जवर्जस्त समर्थक रहेको उनका आफन्तहरूले बताएका छन् ।
प्रहरीले पछिल्लो पटक बताएअनुसार थप ३ जनाको ‘मेडिकल इमर्जेन्सी’का कारण ज्यान गएको हो । अहिलेसम्म दंगामा संलग्न ५२ जनालाई पक्राउ गरिएको छ । तीमध्ये ४७ जनालाई कफ्र्यु उल्लंघनको आरोपमा पक्राउ गरिएको बताइएको छ । – एजेन्सीहरुको सहयोगमा