सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपश्चात् देशभर नेकपाले विजय सभाहरू गरेको छ । काठमाडौंमा पनि नेकपाले काठमाडौंको भृकुटीमण्डपमा विजयसभा गरेको छ । शंखधर पार्क (रत्नपार्क) मा भेला भएको जुलुस राष्ट्रियसभा अगाडीको सडकमा आएर विजय सभामा परिणत भएको हो । विजय सभालाई नेकपाका विभिन्न नेताहरूले सम्बोधन गरेका थिए ।
तस्वीरः नेपाल रिडर्स तथा बुद्ध लोप्चन