Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

शेखर कोइरालाको प्रश्न – चीनसँगको प्रशिक्षणमा भ्रष्टाचार निवारणबारे नेकपाका नेताले के सिक्नुभयो?

नेपाल रिडर्स नेपाल रिडर्स
अशोज १७, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नेकपाका नेताहरुलाई चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले सी विचारधाराबारे दिएको प्रशिक्षणबाट भ्रष्टाचार निवारणबारे के सिक्नुभयो भन्ने प्रश्न गरेका छन् । उनले रातोपाटी अनलाइनलाई अन्तरवार्ता दिने क्रममा यो प्रश्न उठाएका हुन्।

    उनी सोध्छन् -चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेकपाका साथीहरुलाई सी विचारधाराबारे प्रशिक्षण दिनुभयो।  त्यो दिनुपथ्र्यो वा पर्दैन थियो म त्यतातिर जान्न। कम्युनिस्ट पार्टी भएकाले उनीहरुको सम्बन्ध राम्रो होला, राम्रा कुरा सिक्लान् त्यसमा मेरो केही भन्नुछैन। नेपालमा संसदीय व्यवस्था छ। त्यहाँ एकदलीय कम्युनिस्ट शासन व्यवस्था छ। सी विचारधारा यहाँ लाद्न खोज्नुभयो भने नेकपा सकिन्छ। नेपाल पनि धरापमा पर्नसक्छ। नेपालमा लोकतान्त्रिक संसदीय व्यवस्था छ । यहाँ संसदीय व्यवस्था अनुसार विकासको मोडेल अगाडि जानुपर्ने हुन्छ। एकदलीय व्यवस्था नै ल्याउँछौं भनेर संविधान नै संशोधन गर्न खोज्यो भने उहाँहरुसँग हामी भिड्छौँ । सी जिनपिङ चीनको राष्ट्रपति भइसकेपछि त्यहाँ भ्रष्टाचार कम भयो। प्रशिक्षणमा पनि भ्रष्टाचार निवारणका लागि उहाँहरुले के सिक्नुभयो त्यो उहाँहरुले नै भन्नुपर्छ।

    rचीन भ्रमणबाट भर्खरै फर्केका कोइरालाले चीनको भ्रमणमा उठेका केही मुद्धाहरु बताउँदै भने कि “अर्को कुरा म चीनबाट भर्खर आएँ । त्यहाँ जलवायु परिवर्तन, ट्रान्स बाउन्ड्री वाटर गर्भनेन्सका विषयमा छलफल भएको थियो। अबको लडाइँ पानी र धर्मको लडाइँ हुन्छ भन्ने चारैतिर चर्चा छ। पानीको लडाइँमा गङ्गा, ब्रम्हपुत्र, मेघना नदीको पानीको कुरा छ । त्यसमा कहिँकतै यताउति भयो भने हामी अप्ठ्यारोमा पर्नसक्छौँ । त्यसमा पनि छलफल भयो। उर्जा र जलवायु परिवर्तनबारे पनि छलफल भयो।”

    कोइरालाले बीआरआईको विषयमा छलफल भएको र त्यहाँ नेपाली काँग्रेस बीआरआईमा जाँदैन कि भन्ने चिन्ताबारे जवाफ दिदैं “नेपाली काँग्रेस बिआरआइमा जान्छ तपाईंहरु ढुक्क हुनुहोस्”  भनेर भनेको स्पष्ट गरेकाछन्।

    “बीआरआई काँग्रेसकै पालमा सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा ओके गर्यौँ । तत्कालीन परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत चीन जाँदा हस्ताक्षर भएको हो । त्यसपछि अन्तिम हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । बीआरआईमा जाने कुरामा काँग्रेस एकमत छ, हामी जान्छौँ । तर बीआरआईमा गएपछि के फाइदा लिने हो भन्ने सरकारले गर्ने काम हो । हामी सरकारमा छैनौ –  उनले अन्तरवार्तामा भनेकाछन्।

    उनले चीनियाँसँगको सहकार्यका लागि समेत सो अन्तरवार्तामा भनेका छन्- हाम्रो प्रतिव्यक्ति आय र राजश्वको हिसाब किताब गर्दा विआरआईबाट ऋण लिएर रेल बनाउने कुरामा हामी जान सक्दैनौँ । केरुङबाट काठमाडौँमा रेल ल्याउन ४–५ खर्ब आवश्यक पर्ने भन्ने छ । त्यत्रो ऋण तिर्न सक्ने हाम्रो क्षमता हुँदैन । त्यसको विकल्पमा रसुवागढी र तातोपानीमा दुई लेनको सडक रोज्नुपर्छ । दोस्रो किमाथान्का रोड र तेस्रो १ हजार मेघावाट भन्दा बढी क्षमता भएको जलविद्युत आयोजनालाई अगाडि बढाउन सकिन्छ । र, चौथो ट्रान्समिसन लाइन । यी चारवटा कामका लागि ऋण लिएर अगाडि बढ्यौँ भने ५ वर्षभित्र हाम्रो क्षमता बढ्छ । त्यसपछि मात्रै रेल ल्याउने कुरामा अघि बढ्न सकिन्छ।”

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.