Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एमाले भेलाका सहभागी के भन्छन्?

सहयोगीबाट सहयोगीबाट
चैत्र ५, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपा (एमाले) नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाका सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण पार्टीमा समस्या आएको बताएका छन् । उनीहरूले पार्टीलाई एकताबद्ध बनाएर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने महत्वपूर्ण अवसर ओलीले गुमाएको पनि बताए ।

    भेलामा सहभागी हुन आएका धनुषाका रामलखन महतोले वरिष्ठ नेता नेपालको नेतृत्वमा कम्युनिष्ट आन्दोलन एकताबद्ध हुने विश्वास लिएका छन् । बुधबार बिहान सात जनाको समूहमा गाडी रिजर्भ गरेर काठमाडौँ आइपुगेका महतो भ्याएसम्म साँझै फर्किने तयारीमा थिए । तर, भेला आज पनि जारी रहने भएकाले के गर्ने भन्ने अन्योलमा देखिन्थे । महतोले राजनीति बुझेदेखि नै एमालेमा लागेको बताए ।

    अध्यक्ष ओलीलाई साथ नदिएर किन माधव पक्षको भेलामा आउनुभएको ? भन्ने प्रश्नमा उनले नेता नेपालले लिएको सही विचार नै मुख्य कारण भएको बताए । उनले नेपालको कार्यकर्तामैत्री स्वभाव र आफ्नो चिनजानलाई पनि कारण देखाए । ‘हाम्रो नेता हो माधव कमरेड । उहाँ हाम्रो गाउँघरमा गइरहनुहुन्थ्यो । व्यक्तिगत रुपमा पनि राम्रो चिनजान छ,’ महतोले अगाडि भने,पार्टीलाई अलि गहिराइले हेर्ने र सँधै जनताको हितमा काम गर्ने उहाँको शैली मलाई मन पर्छ, त्यसैले पनि मलाई यहाँ आउन प्रेरित गरेको हो ।’

    महतोको जस्तै बुझाइ छ अर्का कार्यकर्ता डिल्लीराम दाहालको । नेता नेपालले लिएको विचारले आफूलाई छोएको उनले बताए । तल्लो तहका कार्यकर्तासँग घुलमिल हुने नेता नेपालको स्वभावका कारण आफू नेपाल पक्षमा खुलेर लागेको दाहालले बताए । उनले प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेपछि लगातार गलत काम गरेकाले जनता र कार्यकर्तामा निराशा छाएको पनि बताए ।

    ‘जनता र आम कार्यकर्ताको अपेक्षाअनुसार प्रधानमन्त्री ओलीले काम गर्न सक्नुभएन । उहाँले एकपछि अर्को गलत कदम चालेर जनतालाई निराश बनाउनुभयो । त्यसैले अब पार्टीलाई सही ढंगले अगाडि बढाउन नेता नेपालले नेतृत्व गर्नुपर्छ,’ उनले भने । दाहालले प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णय गलत भएको बताए । उहाँको कदमलाई अदालतले गलत पुष्टि गरिदियो । उहाँले अदालतको समेत सम्मान गर्नुभएन,’ मजदुर नेतासमेत रहेका दाहालले भने, ‘अदालतको सम्मान गर्न नसक्नेले किसान,मजदुरको कसरी सम्मान गर्छ ?’

    अनेरास्ववियु नेतृ आरती लामाले पनि भेलामा उलेख्य संख्यामा नेता–कार्यकर्ता सहभागी भएकाले उत्साह थपिएको बताइन् । उनले गण्डकी,लुम्बिनी र प्रदेश २ बाट सबैभन्दा बढी कार्यकर्ता आएको बताइन् । भौगोलिक अवस्था र छोटो समयका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशबाट भने तुलनात्मक रुपमा कम सहभागी रहेको जानकारी दिइन् ।

    बुधबारदेखि शुरु भएको भेलामा देशभरबाट चार हजार बढी कार्यकर्ता सहभागी भएका छन् । सानेपास्थित हेरिटेज प्लाजामा जारी भेलामा सातै प्रदेशबाट करिब ५ हजार कार्यकर्ता उपस्थित भएको केन्द्रीय सदस्य दिलु पन्तले जानकारी दिइन् । पन्तका अनुसार भेलामा केन्द्रीय सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरू,प्रदेश कमिटीका पदाधिकारी,जिल्ला कमिटीका पदाधिकारी,संघ तथा प्रदेशका सांसदहरू, समन्वय समितिका प्रमुख र उपप्रमुख,स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन् ।

    उनका अनुसार सहभागी सबैलाई खाने र सुत्ने व्यवस्था गरिएको छ । बिहीबार दिनभरको कार्यक्रमपछि कतिपय प्रतिनिधि साँझबाट आफ्नो जिल्ला फर्कने छन् ।

    (जनआस्था)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.