Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
Tuesday, April 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

खोप के हो? यसले कसरी काम गर्छ? किन मानिस डराउँछन्?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक १५, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बितेको शताब्दीमा खोपले करोडौँ मानिसको ज्यान जोगाएको छ। तर पनि कतिपय देशका स्वास्थ्य विज्ञहरू त्यहाँ खोपप्रति हिच्किचाहटको प्रवृत्ति बढ्दो रहेको बताउँछन्। यो प्रवृत्तिप्रति विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यति चिन्तित छ कि उसले यसलाई सन् २०१९ को १० प्रमुख विश्वव्यापी स्वास्थ्य सङ्कटको सूचीमा राखेको छ।

    कसरी सुरु भयो खोप?

    खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो जहाँ विविध रोगका कारण दशौँ लाखले ज्यान गुमाइरहन्थे।दशौँ शताब्दीमा चिनियाँहरूले पहिलो पटक एक प्रकारको खोप पत्ता लगाए। ‘भ्यारियोलेसन’ भनिने प्रक्रियाअन्तर्गत स्वस्थ मानिसहरूलाई रोगले ग्रसित तन्तुको सम्पर्कमा ल्याइन्थ्यो ताकि उनीहरूमा प्रतिरोधी क्षमता जन्मियोस्।

    आठ शताब्दीपश्चात् ब्रिटिश चिकित्सक एडवार्ड जेनरले गोठाला महिलाहरूलाई गाईहरूमा लाग्ने सामान्य किसिमको ‘काउपक्स’ रोग लाग्ने गरेको तर उनीहरूलाई गम्भीर किसिमको स्मलपक्स वा बिफर नलाग्ने गरेकोबारे निकै अध्ययन गरे। बिफर अत्यन्त सङ्क्रामक रोग थियो जसले एक तिहाइ बिरामीको ज्यानै लिन्थ्यो। बाँचेकाहरू पनि जीवनभरि खत लिएर वा दृष्टिविहीन भएर बाँच्नुपर्थ्यो।

    खोपप्रतिको विश्वासमा कमी, विश्वव्यापी स्वास्थ्य सङ्कट

    सन् १८७६ मा जेनरले एक आठ वर्षीय जेम्स फिप्समाथि परीक्षण गरे।ती चिकित्सकले काउपक्स रोगबाट भएको घाउको पीप ती बालकलाई दलिदिए। लगत्तै ती बालकमा पनि सो रोगको लक्षण देखा पर्‍यो।

    जब फिप्स सो रोगबाट निको भए तब जेनरले उनलाई बिफरको पनि सम्पर्कमा पुर्‍याइदिए। तर ती बालक स्वस्थ नै रहे अर्थात् काउपक्सले उनलाई बिफर प्रतिरोधी बनाइदियो।सन् १८७८ मा उक्त परीक्षणको नतिजा प्रकाशित भयो र भ्याक्सिन (खोप) शब्दको उत्पत्ति भयो। ल्याटिन भाषामा गाईलाई ‘भ्याक्का’ भनिने गरेकोमा त्यसैबाट भ्याक्सिन शब्द सुरु भयो।

    कस्ता सफलता हासिल भए?

    गत शताब्दीमा खोपहरूका कारण थुप्रै रोगले पुर्‍याउने हानि निकै कम भयो।सन् १९६८ मा त्यसको खोप विकास नहुन्जेल वार्षिक करिब २६ लाख मानिस दादुराका कारण मर्ने गर्थे।खोपको प्रयोगले सन् २००० को तुलनामा सन् २०१७ मा दादुराको कारण हुने मृत्युको परिमाण ८० प्रतिशतले घटेको डब्लुएचओले जनाएको छ।

    केही दशकअघि मात्र पनि दशौँ लाखलाई सताएको पोलियोको सङ्क्रमणले प्यारालाइसिस वा मृत्युलाई निकै वास्तविक चिन्ता बनाइदिएको थियो।तर अहिले पोलियो लगभग निर्मूल भएको छ।  विगतमा मानिसहरू धार्मिक कारणले खोप प्रयोग गर्न अनकनाउँथे। किनभने त्यसले शरीर अपवित्र हुने वा त्यसले छनोटको स्वतन्त्रता हनन गर्ने ठानिन्थ्यो।सन् १८०० को समयताका ब्रिटेनमा खोप विरोधी समूह देखा परे। तिनले रोगसँग लड्न रोगीहरूलाई एक्ल्याउने जस्ता वैकल्पिक उपायको पैरवी गरे।

    सन् १८७० मा एकजना ब्रिटिश खोपविरोधी अभियानकर्ता विलियम टेबको भ्रमणपश्चात् अमेरिकामा पनि पहिलो खोपविरोधी समूह गठन भयो।

    खोपबारे कुराकानी गरौं

    पछिल्लो समयमा खोपविरोधी आन्दोलनका एक मुख्य अभियानकर्मी एन्ड्र्यु वेकफिल्ड रहे।सन् १९९८ मा ती लन्डनस्थित चिकित्सकले एमएमआर खोप र अटिज्मबीच सम्बन्ध रहेको गलत विवरण प्रकाशन गरे।

    एमएमआर भनेको दादुरा, हाँडे तथा रुबेला रोगका लागि साना बालबालिकालाई दिइने खोप हो।उनको विवरणलाई गलत ठहर्‍याइएको छ र वेकफिल्डलाई ब्रिटेनको मेडिकल रजिस्टरबाट पनि हटाइएको थियो। तर पनि उनको दाबीपश्चात् ब्रिटेनमा एमएमआर खोप प्रयोगमा कमी आयो।सन् २००४ मा मात्र ब्रिटेनमा एमएमआर खोप प्रयोग गर्ने बालबालिकाको सङ्ख्या एक लाखले घट्यो। जसले गर्दा त्यसपछिका वर्षहरूमा दादुराको घटना बढ्यो। साथै खोपको विषयमा निकै राजनीतिकरण भयो।

    इटलीका आन्तरिक मामिलामन्त्री माट्टियो साल्भिनी खोपविरोधी समूहका पक्षधर छन्।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिना कुनै प्रमाण खोपलाई अटिज्मसँग जोडिदिए। तर अचेल भने उनले अभिभावकहरूलाई आफ्ना बच्चालाई खोप लगाउन आह्वान गर्ने गर्छन्।एक अन्तर्राष्ट्रिय अध्ययनले खोपप्रति सबभन्दा कम विश्वास युरोपेली क्षेत्र र खासगरी फ्रान्समा रहेको देखाएको छ।

    के छन् खोपका खतरा?

    जब जनसङ्ख्याको ठूलो हिस्साले खोप प्रयोग गर्छ तब त्यसले रोग फैलन रोकिदिन्छ र प्रतिरोधी क्षमता नभएका वा खोप नलगाएकाहरूलाई समेत जोगाउँछ। यसलाई समुदायगत सुरक्षाकवच वा हर्ड इम्युनिटी भनिन्छ।तर जब यसो हुन पाउँदैन तब पूरै जनसङ्ख्या खतरामा पर्छ।

    हर्ड इम्युनिटी हासिल गर्न कति जनसङ्ख्याले खोप लगाएको हुनुपर्छ भन्ने आँकडा रोगैपिच्छे फरक छ। दादुराको लागि यो ९५ प्रतिशत छ भने पोलियोको लागि ८० प्रतिशत छ।गत वर्ष अमेरिकाको ब्रुकलिनमा कट्टर यहुदी समुदायले खोप तथा अटिज्मबीच सम्बन्ध रहेको गलत जानकारीसहितका पर्चा बाँडे।

    सोही समुदाय अहिले अमेरिकामा दशकौँयता फैलिएको सबैभन्दा ठूलो दादुराको प्रकोपको केन्द्रमा छ। इङ्ग्ल्यान्डका सबैभन्दा वरिष्ठ चिकित्सकले सामाजिक सञ्जालमा व्याप्त रहेको खोपको गलत सूचनाले धेरै मानिस मूर्ख बनिरहेको भन्दै गत वर्ष चेतावनी दिएका थिए।अमेरिकी अनुसन्धानकर्ताहरूले त्यस्ता गलत सूचना राखेर मतभेद चर्काउन इन्टरनेटमा रुसबाट स्वचालित संयन्त्रहरूको प्रयोग भएको पनि पत्ता लगाए।

    डब्लुएचओका अनुसार केही वर्ष यता विश्वभरि खोप लगाएका बालबालिकाको सङ्ख्या ८५ प्रतिशतमा स्थिर रहेको छ।उसले भनेको छ खोपले हरेक वर्ष संसारभरि २० देखि ३० लाख ज्यान जोगाउँदै आएको छ।खोपका विरुद्ध सबैभन्दा ठूलो चुनौती तथा तिनको सबैभन्दा कम प्रयोग दर द्वन्द्व तथा कमजोर स्वास्थ्य उपचार प्रणाली उपलब्ध भएका देशहरूमा छ।

    ती देशको उदाहरणमा अफगानिस्तान, एंगोला तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गो पर्छन्।तर विकसित मुलुकहरूको हकमा घट्दै गएको गम्भीरतालाई डब्लुएचओले प्रमुख समस्या मानेको छ, अर्थात् मानिसहरूले ती रोगले कति हानि गर्न सक्छन् भन्ने बिर्सन थालेका छन्। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.