Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नाटोसँग रुसको समस्या र चाहना के? नाटोको मामिलामा युरोप कति एकताबद्ध?

सहयोगीबाट सहयोगीबाट
फाल्गुन ४, २०७८
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दुई वर्षदेखि महामारीले बजाएको खतराको घण्टीले अन्तर्राष्ट्रिय व्याकुलतालाई तहसनहस बनाएको छ । रूसको युक्रेनी सीमामा ठूलो सेना परिचालित भएपछि महामारीलाई पनि बिर्साउने गरि अर्को संकट थपिएको छ ।

    रुसले आक्रमणको तयारी गरिरहेको अमेरिकी गुप्तचर निकायको चेतावनी छ । तर रुसले यसलाई अस्वीकार गर्दै आएको छ । नाटोसित रुसको विशेष प्रताव र माग छ । रुसले माग गरे अनुसारका शर्तसित युक्रेनको समस्या असम्बन्धित भन्दै पस्चिमी देशहरुले आलोचना गर्दै आएका छन् ।

    अमेरिका र नाटो दुवैले जनवरी २६ मा वार्ता प्रस्ताव गरेर प्रतिक्रिया दिए । तर कुनै सहमतिको संकेतबिनानै ।

    धेरैको प्रश्न छ, पुटिनको वास्तविक नियत के हो ? त्यहाँ समाधान छ ? यदि रूसले आक्रमण गर्‍यो भने के नाटो र पश्चिमका देशसित बिफल पार्ने पर्याप्त शक्ति छ ? रुसलाई बलियो तरिकाले जवाफ दिने क्षमता छ ?

    रुस-युक्रेन संकटले पश्चिमी एकतामाथिपनि प्रश्न उठाएको छ । फ्रान्सका राष्ट्रपति एमानुयल माख्रोंले ट्रान्सएट्लान्टिक सैन्य गठबन्धनलाई “ब्रेन डेड” भनेको दुई वर्ष पछि यसले विशेष गरी नाटोमा सक्रियता बढाएको छ ।

    रुस के चाहन्छ?
    रुसी राष्ट्रपती भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा युद्ध सुरु गरेर क्रिमियालाई गाभेपछि रुस र पश्चिमी देशहरुबीच तनाव बढ्दै गएको छ । जवाफमा, नाटोले रुसी आक्रमणको जोखिममा परेका देशहरूमा सुदृढीकरण गर्न थाल्यो । सैन्य परिचालन बढायो ।

    डिसेम्वरमा मस्कोले दुईवटा प्रस्तावहरूमा आफ्नो सुरक्षा मागहरू अगाडि सार्यो: अमेरिकासँग प्रस्तावित सन्धि र नाटोसँगको सम्झौता ।

    नाटोले आफ्नो पूर्वी क्षेत्रमा सैन्य विस्तार, निगरानी, शक्ति सुद्रिढीकरणलाई रोक्नुपर्छ भन्ने रूसले अब सुनिस्चितता चाहेको छ । नाटोमा युक्रेन र अन्य पूर्व सोभियत देशहरूको सदस्यतालाई अस्वीकार गरिनुपर्छ । मध्य र पूर्वी युरोपमा आफ्नो सैन्य तैनाथी फिर्ता गर्नुपर्छ ।

    पुटिनले सबै नाटो सेनाहरू फिर्ता लिनुपर्छ भन्ने चाहन्छन् । वास्तवमा उनी यी राष्ट्रहरू रुसी प्रभावको दायरा भित्र छन् भन्ने मान्यता चाहन्छन् ।

    पुटिनले वास्तवमा पश्चिमी संकल्पको परीक्षण गरिरहेका छन् । उनी डोनबास क्षेत्र र क्रेमियामा आफ्नो प्राप्तिको मान्यता स्थापित, आजोभ तटवर्ती सागरको पूर्ण नियन्त्रण, कालो सागर (ब्ल्याक सी) को प्रभुत्व र अन्ततः युक्रेन लगायतको फिर्ती चाहन्छन् ।

    पूर्व सोभियत संघ अन्तर्गतका देशहरू मस्कोको अधीनमा रहनुपर्छ भन्ने उनको मान्यता छ ।

    “उनले सन् २०१४ देखि पछ्याउँदै आएको एउटै रणनीतिलाई विभिन्न माध्यमबाट अहिलेपनि पछ्याईरहेका छन् । युक्रेनमा रूसी सैन्य घुसपैठ सम्भव छ ।
    उनले आफूले चाहेको कुरा पहिलेनै हासिल गरिसकेका छन् जुन युक्रेनलाई कमजोर र चिन्तित राखिरहनु हो । र युक्रेनलाई पश्चिमी समर्थनमा सधैं यो प्रश्न चिन्ह लगाइरहनु हो।

    केही विज्ञहरूले रुसको नियतलाई कडा शब्दमा ब्याख्या गर्छन् । इतिहासकार फ्रँस्वाज थोम रूसका विषयमा एक विशेषज्ञ हुन् । उनको भनाईमा मस्कोले युक्रेनलाई पस्चिमी देशसित गरिने भयादोहन (ब्ल्याकमेल) को रुपमा राखिरहन चाहन्छन् ।

    “पश्चिमी प्रेस पढ्दा केहि पनि भइरहेको छैन भन्ने धारणा देखिन्छ । पश्चिमीहरूले के खतरा छ भनेर बुझेका छन् जस्तो पनि देखिन्न । उनीहरूलाई लाग्छ, युक्रेनको भाग्यको मात्र निर्णय भइरहेको छ” उनले वेबसाइट डेस्क रुसीमा लेखेकी छन् ।

    “एक शब्दमा भन्ने हो भने रूसले नाटोलाई आत्महत्या गर्न र संयुक्त राज्यलाई क्षेत्रीय शक्तिको भूमिकामा कम गर्न माग गरिरहेको छ” उनी लेख्छिन् ।

    नाटो विषयमा युरोप कत्तिको एकताबद्ध?
    युकेका विदेश सचिव लिज ट्रसले जनवरी ६ मा संसदलाई भने “रूसको धम्कीपूर्ण व्यवहारको विरुद्धमा नाटो एकजुट हुनु अत्यावश्यक छ । हामी मिलेर रुसबिरुद्द यसको लामो समयदेखिको दायित्व पूरा गर्नैपर्छ । आक्रामकताको कुनै पुरस्कार हुन सक्दैन ।”

    उनले त्यसो भनेपनि पछिल्लो समय यस्तो एकताको अभाव देखिएको छ । जब सन् २०१९ मा फ्रान्सेली राष्ट्रपतीले नाटोलाई “ब्रेन डेड” नामाकरण गरे । उनले गठबन्धनलाई शीतयुद्ध पछिको बहुध्रुवीय संसारमा स्पष्ट राजनीतिक रणनीतिको अभाव भएको आरोपसमेत लगाए ।

    सन् २०२० को अन्तमा प्रकाशित नयाँ रणनीतिक प्रतिवेदन “नाटो २०३०” ले पछिल्लो समयमा राजनीतिक हिचकिचाहटलेगर्दा यसको सैन्य प्रतिक्रियालाई कमजोर पारेको स्वीकार गरेको छ। भविष्यमा यसले सदस्य राष्ट्रहरूका लागि थप लचिलोपनको परिकल्पना गरेको छ । उदाहरणका लागि, सेना पठाउन चाहनेहरूलाई “स्वेच्क्षिक गठबन्धन” मा सामेल हुन सक्षम हुने अनुमति दिएको छ ।

    फ्रान्ससँग नाटोको तनाव जारी रह्यो । गत वर्ष मेमा फ्रान्सले संयुक्त कोष योजनाको विरोध गरिरहेको थियो । युरोपेली सहयोगीले पर्याप्त योगदान गरेको छैन भन्ने अमेरिकी आरोपको प्रतिक्रिया स्वरुप त्यो आएको थियो ।

    तर हालसालै नाटोले फ्रान्सको संलग्नता र गठबन्धनको शीर्ष तयारीमा यो वर्षको कार्यभारको प्रशंसा गरेको छ । फ्रान्सेली राष्ट्रपतिले लामो समयदेखि बलियो युरोपेली रक्षा क्षमताको आवश्यकतालाई बढावा दिएका छन् । युरोपेली सेना बनाउने आह्वानलाई पुनर्जीवित गरेका छन् ।

    डिसेम्बरमा इयु अध्यक्षताको छ महिनाको कार्यकालका लागि फ्रान्सका प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गर्दै माख्रोंले इयुको “रणनीतिक स्वायत्तता” को लागि एक दृष्टिकोण प्रवर्द्धन गरेका थिए । ‘एक बलियो र अधिक सक्षम युरोपेली रक्षा’ सहित ट्रान्सएट्लान्टिक र विश्वव्यापी सुरक्षामा योगदान पुर्‍याउन नाटोले पूरक काम गर्ने भन्दै ।

    फ्रान्सले त्यस्ता लक्ष्यहरूलाई नवीकरण सहितको नाटो-ईयु सहयोग घोषणामा प्राथमिकता दिइरहेको छ । हाल त्यो मस्यौदा तयार भइरहेको छ ।

    तर सैन्य स्वायत्तताको लागि युरोपेली आकांक्षाहरू अवास्तविक देखिन्छन् । यो इयुको इच्छापूर्ण सोचको उदाहरण मात्रै हो । यसमा ईयुका सबै सदस्य राष्ट्र सहमत हुन्छन् नै भन्ने निस्चिततापनि छैन ।

    वास्तविकता के हो भने नाटोमा अमेरिका वास्तवमा एक भूराजनीतिक प्रतिस्पर्धी हो । उसले आफ्नो प्रभाव जमाउन खोज्छ । वास्तविक स्वायत्ततामा कडा सीमाहरू लगाउँछ । इयुको लिस्बन सन्धिले सदस्य राष्ट्रहरूलाई भन्छ ‘सुरक्षा र रक्षा नीति नाटोसँग एकरूपता हुनुपर्छ।

    जित्ने को? रुस?
    युक्रेनको सुरक्षाका विषयमा अमेरिका र नाटोसँग जनवरीको वार्ताको दौडमा मस्कोले ईयूलाई औंल्यायो ।

    तर धेरै टिप्पणीकारहरू भन्छन्, वास्तविकता के भने जब रूसको कुरा आउँछ, ईयु र यसका सदस्य राष्ट्रहरूले धेरै फरक आवाजहरू बोल्छन् ।

    नाटोका युरोपेली सदस्यहरूसँग प्रायः विरोधाभासी चासो र निष्ठाहरू छन् भनेर टिप्पणीकारहरु औंल्याउँछन् । “रक्षाको नाफाघाटा, राष्ट्रिय सुरक्षाका हित, राष्ट्रिय र सामुहिक एकिकरण, घुलमिल वा सामुहिक संयोजन प्रयासहरूको लागि प्रतिस्पर्धाको अन्त्य ईयु राष्ट्रहरुबिच भएको छैन ।

    फ्रान्स, जर्मनी र इटाली जस्ता देशहरूले मस्कोसँग वार्तालापलाई बढावा दिएका छन् । पूर्वका देशहरू जस्तै पोल्याण्ड र बाल्टिक राज्यहरूको अडान स्पष्ट रूपमा झन् कडा छन् । पोल्याण्ड, लिथुआनिया र युक्रेनले हालै रुस विरुद्ध कडा प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । त्यसैले ईयुको आवाजमा एकरुपता छैन । यो रुसकोलागि उर्जा बनिरहेको छ ।

    ‘कार्नेगी युरोप’ संस्थाका जुडी डेम्प्सेले रुसको मागप्रति युरोप र अमेरिका दुवैको प्रतिक्रिया ‘पुटिनको हातमा खेलेको भ्रम’ बताएका छन् ।

    “जनवरीको वार्ता अघि ट्रान्सएट्लान्टिक गठबन्धन सबैभन्दा कमजोर अवस्थामा छ । यसले आफ्नै रातो रेखाहरू तोडेको छ” उनले भनेका छन् ।

    अन्तर्राष्ट्रिय रणनीतिका लागि ‘गोल्ड इन्स्टिच्युट’ का जेफ्री भान अर्डेनको भनाई छ “पश्चिमी एकताको आवश्यकता तत्काल छ । र युक्रेनलाई ठोस समर्थन चाहिन्छ ।”

    “अफगानिस्तानको पराजय पछि पश्चिमी देशहरु सैन्य परिचालनमा पछि परेको, हारेको महसुस गरेको अवस्थामा पुगेका छन् । ति अर्को सैन्य गडबडीको स्थितिमा फस्न चाहँदैन भन्ने रुसले सोच्छ । पश्चिमले आफ्नो दृढ संकल्प प्रदर्शन नगरेसम्म प्रतिरोधले काम गर्दैन । उसले आफ्नो आन्तरिक मतभेदलाई कम गर्दै युक्रेनको मामिलामा एकताका साथ काम गर्नुपर्छ” उनले युरोन्युजमा लेखेका छन् ।

    -नेपालप्लस डटकमबाट साभार।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.