कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने दर निकै कम रहेको ब्रिटेनका वैज्ञानिकहरुले बताएका छन्। कोरोनाको मृत्युदर शून्य दशमलव ५ देखि १ प्रतिशतको बीचमा मात्र रहेको उनीहरुले बताएका हुन्।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको दर ४ प्रतिशत छ। कोरोना भाइरसको संक्रमण पुष्टि गर्नका लागि कसरी र कसको परीक्षण गर्ने भन्ने मापदण्ड हरेक देशको फरक छ। त्यसैले पनि यसबाट हुने संक्रमण र मृत्युको संख्या यकिन नहुन पनि सक्छ। साथै मृत्युदर व्यक्तिको उमेर, स्वास्थ्य र स्वास्थ्य सेवामा पहुँचको आधारमा पनि निर्भर हुन्छ।
कोरोना भाइरसबाट कसलाई कति खतरा छ?
विशेषगरी वृद्धवृद्धा र पहिलेदेखि अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरु कोरोनाको संक्रमणको जोखिममा रहेको स्वास्थ्य विज्ञहरुले बताएका छन्। लण्डनको इंपीरियल कलेजको आंकलन अनुसार ८० वर्ष माथिका व्यक्तिमा औसत मृत्युदर भन्दा १० गुणा बढी हुन्छ। जबकी ४० वर्षभन्दा कम उमेरका मानिसमा यो दर कम छ।
ब्रिटेन सरकारका मुख्य चिकित्सा सल्लाहकार प्रोफेर क्रिस व्हिट्टीले भने, ‘यसो भन्दैमा युवाहरु कम जोखिममा छन् भन्ने होइन। किनभने कोरोना भाइरसको संक्रमणका कारण कयौँ युवाहरु पनि आईसियुमा भर्ना भएका छन्।’ कोरोनाको खतरालाई उमेरसँग जोडेर हेर्न नहुने उनको भनाई छ।
पहिलो पटक चीनमा देखिएको ४४ हजार संक्रमणको विशेषण गर्दा मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वासको समस्या, मुटुको समस्या भएका व्यक्तिमा मृत्युदर कम्तीमा पनि पाँच गुणा बढी भएको पाइएको थियो। अहिलेसम्म भएका मृत्युदर हेर्दा कुन समूहका मानिस बढी जोखिममा हुन्छन् भन्ने कुरा अनुमान लगाउन सकिन्छ। तर कस्तो खालका मानिसमा कुन किसिमको खतरा छ भन्ने कुरा सहजै भन्न सकिदैन।
कोरोनाको संक्रमण हुँदा सामान्य खालका लक्षण देखिने भएकाले पनि धेरैजसो मानिस अस्पताल जाँदैनन्। यस्तोमा संक्रमणको यकिन तथ्यांक दर्ता हुन पाउँदैन।
देश अनुसार मृत्युदर किन फरक छ?
करोना भाइरसको पहिचानका लागि विभिन्न राष्ट्रले फरक तरिकाले परीक्षण गरिरहेका छन्। जसमा टेस्टको क्षमता र मापदण्ड पनि फरक हुने गर्छ। सुरुवाती दिनमा ब्रिटेनले प्रतिदिन १० हजार परीक्षण गर्थ्यो। केही सातापछि दैनिक २५ हजार परीक्षण गर्ने ब्रिटेनको योजना छ। त्यहाँ विशेषगरी अस्पतालमै कोरोनाको परीक्षण हुन्छ।
जर्मनीले एक दिनमा २० हजार मानिसको कोरोना परीक्षण गर्ने क्षमता रहेको बताएका छन्। जर्मनीमा सामान्य लक्षण देखिएका मानिसमा पनि कोरोनाको परीक्षण हुने गर्छ। जर्मनीमा पुष्टि भएका संक्रमितमा मृत्युदर शून्य दशमलव ५ प्रतिशत मात्र छ। यो युरोपमा सबैभन्दा कम हो।
मृत्युदर कुनै पनि देशको पहिचान र उपचार क्षमतामा भरपर्छ। यदि कुनै देशमा उपचार क्षमता बिरामी भन्दा धेरै छ भने त्यहाँ मृत्युदर पनि बढ्न सक्छ। त्यसैले मृत्युदरको आंकलन कुनै पनि देशको स्वास्थ्य प्रणालीसँग जोडिएको हुन्छ।
- बीबीसी