Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पुरुष किन नारीवादी हुनुपर्छ ?

बलिया कहलिएका महिला, परिवारभित्रैका हुन् या साथी, राजनीतिक सर्कलका हुन् या लेक्चरर अथवा व्यक्तिगत जीवनका अति निकट महिला साथीहरूले नै पुरुषलाई बढी महिलावादी बनाउनमा सहयोग गरेका हाम्रो अध्ययनले देखायो।

nepal_readers nepal_readers
भदौ ११, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -स्यान्डी रक्स्टन-

    मैले विद्यालयमा ‘मान्छे कसरी मार्ने’ भनेर सिकेको थिएँ। हामी हाम्रो ‘लि एनफिल्ड’ राइफलका साथ लाइन लागेर सुत्थ्यौँ र लाइफ साइज कार्डबोर्ड टार्गेटमा फायरिङ गरिरहन्थ्यौँ। मलाई अहिले सम्झिँदा लाग्छ, हामी (केटाहरू)लाई त्यस्तो शिक्षा दिने त्यो कस्तो विचित्रको ‘शिक्षा’ थियो! क्याडेट फोर्समा मैले धरैजसो बहादुरिता र एउटा जवान पुरुषबाट जे अपेक्षा गरिन्छ त्यसका बारेमा सिकेँ।
    पुरुषहरूलाई ‘कठोर बन’,‘मेहेनती बन’ र यदि जरुरी हुन्छ भने ‘हिंस्रक बन’ जस्ता अलिखित नियमहरू लादिन्छ। मानसिक रुपमा म आफैंले पनि खेल मैदान तथा कक्षाकोठामा मेरा साथीहरूलाई ‘केटाले रुनु हुँदैन’, ‘कमजोर नबन’ र ‘केटीजस्तो नगर’ भन्दै सल्लाह दिने गर्थेँ।

    नारीवादः पुरुषको पनि जिम्मेवारी

    यी अस्वस्थ र असुरक्षित लैंगिक नियमहरूले निरन्तर रुपमा पुरुषहरूको जीवनलाई आकार दिएका छन्। यी नियमहरूले लैंगिक विभेदका लागि एउटा ‘टेको’ को रूपमा काम गरिरहेका छन्, जसले पुरुष र खासगरी उपल्लो वर्गका पुरुषलाई विशेष अधिकार दिन्छ।

    हाम्रो सामाजिक सम्बन्ध तथा संरचनामा पुरुषको विशेष अधिकार सुरक्षित छ। यो विशेषाधिकार समाजका लागि सामान्य तथा प्राकृतिक जस्तो देखिन्छ र समाजबाट लिइने जुनसुकै परीक्षाबाट यो मुक्त छ। तर यदि पुरुषले अझैसम्म लैंगिक असमानताबाट विशेषाधिकार प्राप्त गरेको छ भने त्यसलाई निराकण गर्नु कम्तिमा पनि पुरुषको जिम्मेवारीभित्र पर्छ।

    डच् अभियान्ता जेन्स् भ्यान ट्रिच आफ्नो पछिल्लो पुस्तक ‘पुरुषका लागि नारीवाद किन राम्रो छ’ मा तर्क गर्छन्, ‘नारीवाद महिलाको पद र स्तर उकास्नुमात्र होइन। महिला र पुरुष दुवैलाई पछाडि पार्ने खालका प्रतिबन्धात्मक कोडबाट मुक्त गर्ने काम पनि हो नारीवाद।’
    पुरुषका लागि नारीवादले बढी सहकारी, समान सम्बन्ध र मित्रता, बढी हेरचाह तथा कामको बाँडफाडको जिम्मेवारी र संगठित तथा व्यक्तिगत रुपमा हुने हिंसा कम गर्नका लागि गर्न प्रेरणा दिन्छ।

    धेरै पुरुषहरू नियमति रूपमा लिंगभेदी व्यवहार र हिंसा गर्दैनन्। तर परिवर्तनलाई प्रवर्धन गर्न र अरु पुरुषलाई पनि नारीवादलाई समर्थन गर्ने काममा उत्प्रेरणा र साहस दिनका लागि हामीले भूमिका खेल्न सक्छौँ भनेर पुरुषलगायत हामी सबैले बुझ्नुपर्छ। आधारभूत रूपमा हामीले स्वयमको उत्प्रेरणा र मान्यताहरूको बेलाबेला परीक्षा गर्नुपर्छ। अस्ट्रेलियन समाजशास्त्री माइकल फ्लुड लेख्छन्ः ‘हामीले आफूमाथि गर्ने आत्मविश्लेषणको जिम्मेवारी नै सबैभन्दा महत्वपूर्ण विषय हो।’

    कसरी बन्ने नारीवादी ?

    पुरुष सहभागिताले लैंगिक न्यायका लागि नारीवादी प्रयासलाई मजबुत बनाउन सक्छ। सहभागिताका केही रूपहरूमा महिला अधिकारको रक्षाका लागि अनलाईन प्रतिक्रिया लिनु, महिलाविरुद्धको हिंसाका विरुद्ध राष्ट्रिय तथा स्थानीय अभियानलाई समर्थन गर्नु, लैंगिकताका विषयमा चेतनाको विकास गर्नु आदि समावेश हुन्छ। उदाहरणका लागिः युवाहरूलाई स्थानीय स्पोर्टस टिम वा सांगितिक स्थल, विद्यालय तथा विश्वविद्यालयमा शिक्षा दिन र लैंगिकताका विषयमा काम गरिरहेका संगठनहरूमा आवद्ध हुन सकिन्छ।

    पुरुषले खासगरी अरु पुरुषमा हुने लिंगभेदी, स्त्रीद्वेषी र हिंसात्मक मानसिकतालाई चुनौती दिन सक्छन्। यस्तो मानसिकताको विरोध गरेर, पीडितलाई समर्थन गरेर वा पीडितका पक्षमा साक्षी बनेर नारीवादको समर्थन गर्न सकिन्छ।

    चुनौतीकाबीच पुरुषको भूमिका

    यद्यपि, नारीवादमा पुरुषको सहभागिताका लागि केही चुनौतीहरू छन्। महिला तथा महिलाहरूका संगठनहरूले पुरुषको सहभागिताका विषयमा अक्सर चासो लिने गरेका छन्। पुरुष सहभागी हुनुले महिला सशक्तीकरणको प्राथमिक कार्य विचलित हुने र महिला नेतृत्वका आन्दोलन तथा अभियानलाई ‘पुरुषले हातमा लिने’ पनि डर हुन्छ। यस्तै, महिलाका लागि गरिने समर्थनका कारण स्रोत तथा संसाधनहरूमा महिलाको पहुँच नपुग्ने समस्या देखिन्छ। यो सन्दर्भमा संसाधन (उदाहरणका लागिः बलात्कार संकट केन्द्र) पहिलेदेखि नै खतरामा छ।

    स्पष्ट रूपमा लैंगिक समानतामा पुरुष सहभागिताले कुनै महिलालाई समर्थन गर्ने परियोजना तथा रणनीतिहरूलाई समर्थन गर्न नकार्दैन। यहाँ महिलाले चाहेका वा उनीहरूलाई आवश्यक छुट्टै ‘स्पेस’लाई सुरक्षित गर्नुपर्ने केही बाध्यकारी तर्कहरू पनि छन्।

    तर यी जोखिमका बावजुद पनि यिनलाई स्वीकार गरिन्छ भने पुरुषले नारीवादका लागि भूमिका खेल्न सक्छ र खेल्नुपर्छ। पुरुषहरूले कसरी अग्रस्थानमा रहेर नारीवादी उद्देश्यलाई बुझ्छन् र यसलाई समर्थन गर्छन्? यो प्रश्न हामीमाझ छ र डरहम विश्वविद्यायका अनुसन्धानदाताहरू र स्वीडेन तथा स्पेनका सहकर्मीको एउटा पुस्तकले पनि नारीवादमा पुरुषको समर्थनमा जोड दिएको छ।

    महिलाविरुद्ध पुरुषले गर्ने हिंसाविरुद्ध पुरुषलाई सक्रिय अडान लिनका लागि सक्षम बनाउन, यी विषयमा स्पष्ट बुझाइको विकास गर्नु र यसका लागि कसरी धेरै पुरुषहरूलाई उत्प्रेरित गर्न सकिन्छ भनेर अन्वेषण गर्नु यस पुस्तकको उद्देश्य हो।
    पुरुषका पनि समस्या छन्

    तीन छुट्टाछुट्टै स्थानमा गरिएका पछिल्ला अनुसन्धानहरूले देखाएअनुसार झण्डै–झण्डै सबै मुद्दामा पुरुषहरू कुनै अप्रत्यासित घटनाले भन्दा पनि प्रक्रियामार्फत सचेत र सक्रिय भएका छन्। (केही अपवाद पनि छन्, जहाँ पारिवारिक दुःखका कारण पुरुषहरू यस्ता काममा धकेलिएका छन्)

    अन्तरवार्ता लिइएका पुरुषहरू विभिन्न प्रभाव तथा बाटोका माध्यमबाट उनीहरूका आफ्ना बालक तथा वयस्क जीवनमा आफ्नो सहभागीता जनाउन सक्षम थिए। बढीजसो लिंगभेदविरुद्ध एउटा साधारण जागरुकता र सक्रियता सुरुमा आउँछ र कहिलेकाहीँ वामपन्थी राजनीतिमा बढ्दो सहभागिताका साथपनि यो विषय आउँछ।

    धेरै पुरुषहरूले आफू हुर्किने क्रममा असन्तुष्ट परिवारका सदस्यका कारण सकारात्मक प्रभावको कमीको बारेमा कुरा गरे। कतिपयले खेल खेल्न मन नपराएको र कतिपय समलैंगिक भएका कारण उनीहरू हुर्किने क्रममा आफूलाई ‘असामान्य’ महशुस गरे। यी सन्दर्भमा पुरुषहरूको सकारात्मक अनुभव एकदमै कम पाइयो।

    बलिया कहलिएका महिला, परिवारभित्रैका हुन् या साथी, राजनीतिक सर्कलका हुन् या लेक्चरर अथवा व्यक्तिगत जीवनका अति निकट महिला साथीहरूले नै पुरुषलाई बढी महिलावादी बनाउनमा सहयोग गरेका हाम्रो अध्ययनले देखायो।

    केही संगठनमार्फत सहज

    नारीवाद तथा हिंसाविरुद्धको काममा सहभागी हुन पुरुषका लागि सहज छैन। त्यसका लागि केही मुख्य अवरोधहरू छन्। जागरुकताको अभाव, अरु पुरुषबाट प्रतिरोध वा शत्रुता हुनसक्ने र आफूजस्तै मानसिकता भएका तथा समर्थक मानिस नभेटिनु जस्ता चाहिँ व्यक्तिगत अवरोधहरू हुन्। अझ फराकिलो रूपमा भन्नुपर्दा पुरुषहरूलाई नारीवादी आन्दोलनमा सहभागी हुनका लागि अवसरहरूको कमी पनि हुन सक्छ। यस्तै, कतिपय महिला संगठनहरूबाट आलोचना तथा आशंकाहरू हुने त्रास, सांस्कृतिक तथा विश्वासमा आधारित ‘प्रतिबन्ध’ र सम्बन्धित परियोजनाका लागि आर्थिक सहयोगको कमी पनि मुख्य चुनौती हुन्।

    पुरुषहरू संलग्न रहेका महिलावादी संगठनहरूका लागि केही सम्भावनाहरू पनि छन्। महिलाका कुनै महत्वपूर्ण अनुभवहरू (जस्तैः आमा बन्ने वा बिमारीबाट निको हुने) सुनेर पुरुषहरू उत्प्रेरित हुन सक्छन्। साथै, पुरुषहरूका निश्चित समूहहरूः जस्तै वातावरणवादीहरू, भिगनहरू, पशुअधिकारकर्मीहरू र श्रमिक अधिकारकर्मीहरूले समानता तथा नारीवादप्रति बढी सहानुभूति राख्ने सम्भावना हुन्छ र त्यस्ता समूहमा रहेका पुरुषहरू यसमा संलग्न हुनका लागि सार्थक समूह हुनसक्छ।

    सिआईडिएसईबाट मेनुका बस्नेतको अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.