Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Monday, April 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हाल चर्चामा आएको अमेरिकाको ‘एमसीसी’ के हो ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक ७, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी सहयोग निकाय हो। संस्थाको वेबसाईटमा उल्लेख भए अनुसार यसले गरिबी विरुद्ध लड्नका लागि सहायता उपलब्ध गराउँछ। एमसीसीले आर्थिक वृद्धि, गरिबी निवारण र संस्थागत सबलीकरणका लागि निश्‍चित समय अवधि तोकेर साझेदार मुलुकका लागि अनुदान सहायता दिन्छ। ‘यस्तो लगानीले साझेदार मुलुकको स्थिरता र समृद्धिमात्रै नभएर अमेरिकी रुचिसमेत अभिवृद्धि गर्दछु संस्थाको वेबसाईटमा भनिएको छ, ‘एमसीसी मार्फत किफायती परियोजना सञ्‍चालन हुने भएकाले यो अमेरिकी जनताको राम्रो लगानी हो।’ एमसीसी बोर्डले परियोजनाहरु प्रतिस्पर्धात्मक छनौटका आधारमा निर्धारण गर्दछ आफ्नो मापदण्ड अनुरुपका परियोजनामा पाँचवर्ष अवधिका लागि अनुदान सहायता उपलब्ध गराउने संस्थाले उल्लेख गरेको छ।

    एमसीसी मार्फत संसारभरका विभिन्न परियोजनामा १३ बिलियन डलर लगानी भएको छ। यसअन्तर्गत कृषि, सिँचाई, भष्ट्राचार निवारण, उर्जा, शिक्षा, स्वास्थ्य, यातायात पूर्वाधार, खानेपानी तथा सरसफाई परियोजनामा लगानी हुने गर्दछ।

    सन् २००४ मा स्थापित मिलिनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच सन् २०१७ को सेप्टेम्बर महिनामा नेपालको आर्थिक वृद्धि तथा गरिबी निवारणका लागि ५०० मिलियन डलर सहायता उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, एमसीसीका कार्यवाहक सिईओ जोनाथन नास, अमेरिकी डेपुटी सेक्रेटरी अफ स्टेट जोन सुल्लीभानले सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    नेपाल दक्षिण एसियामा यो अनुदान सहायता पाउने पहिलो राष्ट्र हो । सो अनुदानबाट नेपालमा ३ सय किलोमिटर लामो विद्युत प्रसारण लाईन परियोजना तथा सडक सुधार परियोजना सञ्चालन हुने सम्झौतामा उल्लेख छ।

    जस अनुसार चार सय केभी क्षमताको ३१८ किमि लामोप्रसारण लाइन एवं तीन वटा उच्च क्षमतायुक्त सब–स्टेशन निर्माण हुनेछ । त्यस्तै दोस्रो परियोजनाको रुपमा बढीमा तीन सय किमि रणनैतिक सडकको मर्मतसम्भार कार्य हुनेछ । यसको कार्यन्वयनको लागि एमसीए नेपाल पार्टनर रहेको छ, जसको अध्यक्ष अर्थ सचिव राजन खनाल छन्।

    एमसीए नेपालले यी आयोजनालाई आगामी असार १६ गतेदेखि कार्यन्वयनमा लैजाने बताएको छ। एमसीएसका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टले एमसीसीको शर्त अनुसार यी आयोजना ५ बर्ष भित्र नै सम्पन्न गरि सक्नु पर्ने जानकारी दिए। यदि ५ बर्ष भित्र आयोजना सम्पन्न नगरे यस वापत आएको रकम फिर्ता जाने समेत उनले बताए।

    यस कम्प्याक्ट कार्यक्रमका लागि एमसीसीले ५० करोड अमेरिकी डलर तथा नेपाल सरकारले १३ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। आयोजनाको लागि एमसीसीले कडा शर्तहरु समेत राखेको छ। आयोजना ५ बर्ष भित्रसक्नु पर्ने बाहेक अन्य ६ शर्त पनि राखिएको छ।

    यस्ता छन् शर्त –

    १. विद्युत आयोजनालाई राष्ट्रिय गौरवकोआयोजनाका रूपमा घोषणा

    २. विद्यतु नियमन आयोगको गठनका लागि कानुनी बाटो खुलाउनु

    ३. कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदन

    ४. आयोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर

    ५. नेपालको बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँगको सहमतिमा योजना तर्जुमा

    ६. वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृति तथा जग्गा अधिग्रहण एवं रुख कटानीका सन्दर्भमा पर्याप्त प्रगतिसहित सबै आयोजना निर्माण क्षेत्रमा पहुँच।

    यी मध्ये सुरुको २ वटा र ५ नम्बर शर्त मात्र पुरा भएको एमसीसी नेपालले जनाएको छ।

    शर्त नम्बर ३ मा उल्लेख भए अनुसार मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सम्बन्धी सम्झौता संसद्‍मा छलफल भई अनुमोदन हुनुपर्थ्यो। कृष्ण बहादुर महरा सभामुख पदमा रहेको बेला सो प्रस्तावमा संसद्‍मा छलफल हुनुपर्नेमा ढिलाई भएको भन्दै प्रधानमन्त्रीले मिडिया मार्फत असन्तुष्टि जनाएपछि जनस्तरमा यसप्रतिको चासो ह्‍वात्तै बढेको हो। उता नेकपा कै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ओलीलाई मिडिया मार्फत नै तत्काल प्रतिक्रिया दिदै महरा कै कारणले मात्र एमसीसी सदनबाट नरोकिएको दाबी गरेका छन्।
    स्रोत:  बिजपाटी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.