Monday, March 8, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

प्रतिगमविरुद्ध शनिबार : ओलीले थप असंवैधानिक कदम चाल्न सक्ने !

by nepal_readers
February 14, 2021
- समाचार
प्रतिगमविरुद्ध शनिबार : ओलीले थप असंवैधानिक कदम चाल्न सक्ने !
Share on FacebookShare on TwitterEmail

प्रतिनिधिसभा विघटनको विरोधमा देशभरी आन्दोलनका कार्यक्रम भइरहेका छन् । यस क्रममा शनिबारका विभिन्न कार्यक्रममा आन्दोलनरत दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध खबरदारी गरेका छन् ।

प्रधानमन्त्री ठूलो भ्रममा छन् : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सकिन्छ भन्ने भ्रममा रहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा २६ औं जनयुद्ध दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री यो भ्रमबाट छिटो मुक्त हुँदा राम्रो हुने बताए । ‘केपी ओलीहरुले ती हजारौ शहीदहरूले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतन्त्रलाई किच्न सक्छु भन्ने ठानेका छन्,’ प्रचण्डले भने ‘उनी छिटै यो भ्रमबाट मुक्त हुँदा राम्रो हुन्छ भन्ने म सुझाव राख्न चाहन्छु ।’

साझा सहमति बनाऔँः डा. बाबुराम भट्टराई

संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संक्रमणकालीन न्यायका विषयमा साझा सहमति बनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार आफ्नो नयाँ पुस्तक ‘गुमनाम आमाहरू’ को लोकार्पण कार्यक्रममा परिषद अध्यक्ष भट्टराईले सत्य निरुपण र वेपत्ता आयोग बनेपछि हेग जाने कुरा सुनिन थालेको भन्दै प्रश्न गरे ‘क्रान्ति गरेवापत् कोही गएको गएको छ ?’ यो आयोग शान्ति सम्झौता र संविधानको अभिन्न अंग भएकोले यसलाई खेलवाडको विषय बनाउन नहुने उनको तर्क छ ।

अदालतले ‘अन्यथा’ फैसला गर्ने ठाउँ छैनः रामचन्द्र पौडेल

डा. भट्टराई कै पुस्तक ‘गुमनाम आमाहरू’को लोकार्पण कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्र्थापनाको विकल्प नभएको बताएका छन् । यद्यपि सर्वोच्च अदालतले अन्यथा फैसला गर्नसक्ने हो की भन्ने आशंका भने कायम रहेको भन्दै उनले भने, ‘अदालतले अर्कै फैसला गर्ने हो की भनेर सोच्नुपर्ने अवस्था छ, तर त्यसका लागि कँहि ठाउँ नै छैन ।’

प्रधानमन्त्रीले थप असंवैधानिक कदम चाल्न सक्छन्ः वर्षमान पुन

नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले थप असंवैधानिक कदम चाल्दै जाने स्पष्ट भइसकेको बताएका छन् । निर्वाचन घोषणा गरिसकेपछि संवैधानिक निकायमा नियुक्ति र ७७ वटै जिल्लामा आफ्ना गुटका कार्यकर्ताको भर्तीले उनले असंवैधानिक कदम चाल्दै जाने स्पष्ट भएको बताए । धनकुटामा संसद विघटनविरुद्ध आयोजित सभालाई शनिबार सम्बोधन गर्दै पुनले ओली नेतृत्वको सरकारलाई नेकपाले तीन वर्षसम्म कुनै असहयोग नगरेको स्पष्ट पारे ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago
फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.