Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बिहीबारः फाल्गुणदेखि संयुक्त आन्दोलनदेखि बन्दुकसँग नडराउने उद्घोषसम्म

नेपाल रिडर्स नेपाल रिडर्स
माघ २३, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संसद विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार देशभर आमहड्ताल गरेको छ । आमहड्तालका क्रममा नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरुले आन्दोलनलाई थप सशक्त बनाउने अभिव्यक्ति दिएका छन् भने अन्य दलहरुले पनि सरकारको विरोध गरेका छन् ।

    फागुनबाट संयुक्त आन्दोलनः प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संसद विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा अब सशक्त आन्दोलन गर्ने बताएका छन् । बिहीबारको आमहड्तालका क्रममा काठमाडौँको सातदोबाटोमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आमहड्ताल आफूहरुको बाध्यता भएको बताए । संसद विघटनको विरोधमा रहेका अन्य समूहहरुसँग पनि छलफल भइरहेको जानकारी दिदै उनले सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुने र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशताका पक्षपातिलाई बढार्ने विश्वास व्यक्त गरे ।

    संघियता खतरामा छ : बाबुराम भट्टराई

    पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुकमा संविधान, लोकतन्त्र र संघीयता खतरामा परेको बताएका छन् । संखुवासभाको खाँदबारीमा बिहीबार पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले बहुमतको सरकारले संसद् विघटन गरेर संविधान र लोकतन्त्रको हत्या गरेको जिकिर गरे । उनले मुलुकमा प्रतिगमन फस्टाउँदै गएकाले प्राप्त उपलब्धिको रक्षाका लागि आन्दोलनको शंख फुक्नुपरेको बताए ।

    कांग्रेस केन्द्रीय समिति बैठक चाहियो : रामचन्द्र पौडेल

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विकसित घटनाका विषयमा पार्टीको धारणा तयार गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । नेता पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको र त्यसैको पछिल्लो कडीका रुपमा संवैधानिक नियकायमा असंवैधानिक नियुक्ति भएको उल्लेख गर्दै बैठकको माग गरेका हुन् । उनले लेखेका छन् ‘यस्तो अवस्थामा नेपाली कांग्रेसजस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ ।’

    सरकारले द्वन्द्व निम्त्याउन खोज्योः नारायणकाजी श्रेष्ठ

    नेकपा प्रचण्ड–नेपाल समूहको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण आन्दोलनका क्रममा सरकारले धरपकड गरेर द्वन्द्व तिम्त्याउन खोजेको आरोप लगाएका छन्। आम हड्तालका क्रममा रत्नपार्क क्षेत्रमा रहेका संघर्ष समितिका संयोजक श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारबाट निम्तिएको द्वन्द्वको परिणामको जवाफदेही सरकार नै हुनुपर्ने बताए । आफूहरु शान्तिपूर्ण आन्दोलनप्रति प्रतिवद्ध रहेको भन्दै उनले अवान्छित तत्वहरुले बद्नाम गराउने प्रयत्न गरेकाले त्यसप्रति सचेत बन्न आह्वान गरे ।

    बन्दुकसँग डराउदैनौँः वर्षमान पुन

    नेकपा प्रचण्ड–नेपाल समूहका नेता वर्षमान पुनले ज्ञानेन्द्रको निरंकुशतासँग लडेर आएकाले आफूहरू सेना र प्रहरीका बन्दुकसँग नडराउने बताएका छन् । बिहीबार गरिएको आमहड्तालका क्रममा चाबाहिलमा सम्बोधन गर्दै नेता पुनले आफूहरू ओली र रामबहादुर थापासँग नतर्सने उल्लेख गरे । बिहीबार बुटवल र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङ्कर गुडाएर तर्साउन खोजिएको नेता पुनको आरोप छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.