Friday, March 5, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

बिहीबारः फाल्गुणदेखि संयुक्त आन्दोलनदेखि बन्दुकसँग नडराउने उद्घोषसम्म

by नेपाल रिडर्स
February 5, 2021
- समाचार
बिहीबारः फाल्गुणदेखि संयुक्त आन्दोलनदेखि बन्दुकसँग नडराउने उद्घोषसम्म
Share on FacebookShare on TwitterEmail

संसद विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार देशभर आमहड्ताल गरेको छ । आमहड्तालका क्रममा नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरुले आन्दोलनलाई थप सशक्त बनाउने अभिव्यक्ति दिएका छन् भने अन्य दलहरुले पनि सरकारको विरोध गरेका छन् ।

फागुनबाट संयुक्त आन्दोलनः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संसद विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा अब सशक्त आन्दोलन गर्ने बताएका छन् । बिहीबारको आमहड्तालका क्रममा काठमाडौँको सातदोबाटोमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आमहड्ताल आफूहरुको बाध्यता भएको बताए । संसद विघटनको विरोधमा रहेका अन्य समूहहरुसँग पनि छलफल भइरहेको जानकारी दिदै उनले सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुने र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशताका पक्षपातिलाई बढार्ने विश्वास व्यक्त गरे ।

संघियता खतरामा छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुकमा संविधान, लोकतन्त्र र संघीयता खतरामा परेको बताएका छन् । संखुवासभाको खाँदबारीमा बिहीबार पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले बहुमतको सरकारले संसद् विघटन गरेर संविधान र लोकतन्त्रको हत्या गरेको जिकिर गरे । उनले मुलुकमा प्रतिगमन फस्टाउँदै गएकाले प्राप्त उपलब्धिको रक्षाका लागि आन्दोलनको शंख फुक्नुपरेको बताए ।

कांग्रेस केन्द्रीय समिति बैठक चाहियो : रामचन्द्र पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विकसित घटनाका विषयमा पार्टीको धारणा तयार गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । नेता पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको र त्यसैको पछिल्लो कडीका रुपमा संवैधानिक नियकायमा असंवैधानिक नियुक्ति भएको उल्लेख गर्दै बैठकको माग गरेका हुन् । उनले लेखेका छन् ‘यस्तो अवस्थामा नेपाली कांग्रेसजस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ ।’

सरकारले द्वन्द्व निम्त्याउन खोज्योः नारायणकाजी श्रेष्ठ

नेकपा प्रचण्ड–नेपाल समूहको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण आन्दोलनका क्रममा सरकारले धरपकड गरेर द्वन्द्व तिम्त्याउन खोजेको आरोप लगाएका छन्। आम हड्तालका क्रममा रत्नपार्क क्षेत्रमा रहेका संघर्ष समितिका संयोजक श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारबाट निम्तिएको द्वन्द्वको परिणामको जवाफदेही सरकार नै हुनुपर्ने बताए । आफूहरु शान्तिपूर्ण आन्दोलनप्रति प्रतिवद्ध रहेको भन्दै उनले अवान्छित तत्वहरुले बद्नाम गराउने प्रयत्न गरेकाले त्यसप्रति सचेत बन्न आह्वान गरे ।

बन्दुकसँग डराउदैनौँः वर्षमान पुन

नेकपा प्रचण्ड–नेपाल समूहका नेता वर्षमान पुनले ज्ञानेन्द्रको निरंकुशतासँग लडेर आएकाले आफूहरू सेना र प्रहरीका बन्दुकसँग नडराउने बताएका छन् । बिहीबार गरिएको आमहड्तालका क्रममा चाबाहिलमा सम्बोधन गर्दै नेता पुनले आफूहरू ओली र रामबहादुर थापासँग नतर्सने उल्लेख गरे । बिहीबार बुटवल र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङ्कर गुडाएर तर्साउन खोजिएको नेता पुनको आरोप छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

रुस र चीन : शुरुवाती जम्काभेटहरु

रुस र चीन : शुरुवाती जम्काभेटहरु

1 year ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.