Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

शनिबार : संयुक्त आन्दोलनको आह्वानदेखि सर्वनासको चेतावनीसम्म

by nepal_readers
February 7, 2021
- समाचार
शनिबार : संयुक्त आन्दोलनको आह्वानदेखि सर्वनासको चेतावनीसम्म
Share on FacebookShare on TwitterEmail

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध शनिबारपनि देशका विभिन्न स्थानमा विरोधका कार्यक्रमहरु भएका छन् । ती कार्यक्रमहरुमा संसद विघटनको विरोधमा रहेका दलका नेताहरुले संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

संयुक्त आन्दोलन गरौँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हान गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार धनकुटामा आयोजित विरोधसभामा भट्टराईले सबै दल र नागरिक समाजलाई आन्दोलनमा आउन आहृवान गरे । ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपयुक्त विकल्प भएको उनको भनाइ छ ।

अदालतले संसद पुनस्र्थापना गर्छ : उपेन्द्र यादव

धनकुटामै आयोजित विरोध सभामा जसपाका अध्यक्ष उपेन्द्र यादवले अदालतबाट असंवैधानिक कदमको खारेज भइ संसद पुनस्र्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । अदालतले यो कदम नच्याए जनताले आफै सच्याउने नेता यादवको दाबी छ । उनले पार्टीभित्रको विवादको बाहानामा प्रतिनिधि सभा नै भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जंगबहादुर बन्ने सपना देखेको टिप्पणी गरे ।

देशलाई अस्थिरतातर्फ लैजान हुँदैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुने बतएका छन् । तनहुँको दमौलीमा आयोजित साक्षात्कारमा वरिष्ठ नेता पौडेलले सरकारबाट जनभावना अनुसार काम नभएको भन्दै यसको विरुद्ध एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रतिनिधि सभा पुनस्र्थापना नभए सर्वनाश हुन्छ : घनश्याम भूसाल

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भूसालले अबको विकल्प भनेको कि प्रतिनिधि सभा पुनस्थापना कि सर्वनाश मात्र भएको बताएका छन् । शनिबार झापाको विर्तामोडमा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अबको २० दिनपछि प्रतिनिधि सभा पुनस्थापना नभए देशमा बर्बादीको परिस्थिति श्रृजना हुने उनको चेतावनी छ ।

अहिलेको संघर्ष ‘क्वास वार’ हो : राम कार्की ‘पार्थ’

कार्यक्रममा प्रचण्ड–नेपाल समूहका अर्का नेता सुरेन्द्रकुमार कार्कीले अहिलेको संघर्षलाई ‘क्लास वार’को संज्ञा दिएका छन्। पार्टीको नेतृत्वले अझैसम्म पनि लक्षित वर्ग नचिनेको भन्दै नेता कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले पूँजीवादलाई नै प्राथमिकता दिएका कारण अब वर्ग हेरेर पार्टीले काम गर्नुपर्ने बताए ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

8 months ago
इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.