Friday, January 22, 2021
  • Login
No Result
View All Result
Nepal Readers
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • अर्थ
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • विचार
  • दस्तावेज
  • कोभिड–१९
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • अर्थ
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • विचार
  • दस्तावेज
  • कोभिड–१९
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

हामी कहाँ छौं? कुन दर्शनबाट निर्देशित छौं? जवाफ चाहियो – मुकुन्द न्यौपाने

by नेरि डेस्क
August 26, 2020
in समाचार
42 1
0
हामी कहाँ छौं? कुन दर्शनबाट निर्देशित छौं? जवाफ चाहियो – मुकुन्द न्यौपाने
32
SHARES
Share on FacebookShare on Twitter

नेकपाका एक स्थायी कमिटी सदस्य तथा पाका नेता मुकुन्द न्यौपानेले आजको नेकपाको सरकार र नेकपाकै नेतृत्वको कार्यशैलीमा देखिएको विचलनप्रति सामाजिक सञ्जाल मार्फत गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले व्यवस्था बदलिए पनि पार्टीको कार्यदिशा र नारा बदलिन नसकेको भन्दै यस्तो पछौटेपनाप्रति आलाेचना गर्दै लेख्छन्-

देश लोकतान्त्रिक गणतन्त्र आएको चौधबर्ष बितिसकेको छ। तर आज पनि हामी ०४६/०४७ को नारा खोज्दैछौ।०६२/०६३ को जनक्रान्ति जनभावना अनुरुप बनेको संविधान सभाले समाजवादको संविधान अनुमोदन गरेको पनि सातबर्ष पूरा हुँदैछ। स‌ंविधानले समाजवाद घोषणा गरिसक्यो । 

उनले संविधानले समाजवाद घोषणा गरेपनि पार्टीको कार्यदिशा समाजवादी हुन नसकेको मात्रै हैन सामन्ती समाजमा कम्युनिस्टले तय गरेको जनवादी क्रान्तिलाई नै अँगाल्न खाेजेर नेतृत्वले आफ्नो कुत्सित स्वार्थपूर्तिको हतियारको रुपमा ईतिहासको भावनामाथि राजनीति गरिरहेकोप्रति असन्तुुष्टि व्यक्त गर्दै जनताको बहुदलीय जनवाद वा जनताको जनवाद अब पार्टी कार्यदिशाको रुपमा रहनु भनेको समयलाई चिन्न नसक्नेहरुको अलमलको संज्ञा दिँदै लेख्छन्-

जनता आफैले क्रान्ति गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको संविधानसभाले बनाएको समाजवादको संविधान बोकेर मैदानमा गइसके तर हामी भित्रको जडशूत्रवाद राजतन्त्रकालकै नारा जनताको बहुदलीय जनवाद र जनताको जनवाद भन्दै लकिरका फकीर बनेर अन्यौयलमा रुमल्लिरहेको छ। नेकपाको नेतृत्वले नेकपा कहाँ छ? कार्यकर्ता कहाँ छन् ?  हामी कहाँ छौं? हाम्रा पाइला कहाँ छ? समय कहाँ छ ? यसको राम्रोजाँच गर्दैनौं भने रुखको टुप्पोमा बसेर घाम तापी रहेको बाँदरले चिसोमा भुईमा घस्रँदै गरेको गोहोरोलाई जिस्क्याउँदा बाँदरकोसामु टाउको तल पारेर लज्जित हुँदै गोहोरो दुलाभित्र पसेजस्तो हुनेछ। 

कम्युनिस्टहरुको विचारका प्रणेता तथा दार्शनिक कार्ल मार्क्सका अनुसार मुख्य ध्येयको रुपमा रहेको समाज बदल्ने कुरामा उक्त समाजको सामयिकी पहिचान आजको नेपालको कम्युनिस्ट आन्दाेलनले गर्न नसकेकोकारण नेपालको कम्युनिस्ट पार्टी र आन्दाेलनले सान्दर्भिकता पुष्टि गर्न नसकिरहेकोप्रति चिन्ता व्यक्त गर्दै न्यौपाने लेख्छन्-

आज हामी कोई सातसालकै नारामा उँघिरहेका छौं कोई पन्द्र साललाई सुँघिरहेका छौं कोइ सत्चालीस र साठीको  बीचमै घुरिरहेका छौं। बैसठ्ठी त्रिसट्ठीको जनक्रान्तिको यतिबर्ष बितिसक्दा पनि आफ्नो कार्यक्रम लोक-गणतान्त्रिक समाजवाद हो कि ? बहुदलीय जनवाद वा जनताको जनवाद हो ?  खुट्याउन नसक्नु कस्तो दर्शन ? कस्तो द्धन्दात्मक भौतिकवादबाट निर्देशित दृष्टिकोण बनाएका छौं हामीले चालेको पाइला सतहत्तर सालमा अघि बढ्दै छन् तर चिन्तन् सातसाले गोरेटोमा खोच्याउँदैछ।

तत्कालीन नेकपा एमालेका महासचिव तथा जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीसँगै पार्टीमा काम गरेका पुराना नेता न्यौपानेले बदलिएको समय र समाज अनुरुप ०६२/६३ को क्रान्ति पछि यतिका वर्ष बितिसक्दा पनि पार्टीले जनवादकै जडसुत्रमा अल्झिनु र समाजवादको कार्यदिशा अँगाल्न नसक्नुलाई आजको कम्युनिस्ट आन्दाेलन र नेतृत्वको कमजोरी रहेको र यसले समग्र आन्दाेलनलाई असर पुर्याइरहेको प्रति गम्भीर आलाेचनात्मक टिप्पणी गरेका हुन् ।

नेरि डेस्क

नेरि डेस्क

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

6 months ago
‘मुख छोपिन्न, भ्याक्सिन लाइन्न’ भन्दै जर्मनीमा लाखौंको प्रदर्शन

‘मुख छोपिन्न, भ्याक्सिन लाइन्न’ भन्दै जर्मनीमा लाखौंको प्रदर्शन

6 months ago

Popular News

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist