Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कहाँबाट आयो ‘हुँदै नभएको’ कृषि मन्त्रालयको सीमा मिचेको ‘प्रतिवेदन’?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
असार १२, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कृषि मन्त्रालयले चीनतर्फ सीमा मिचेको भनी ‘कान्तिपुर’ लगायतका मिडियामा केही दिनअघि समाचार आयो। सीमासम्बन्धी विषयमा कृषि मन्त्रालयले प्रतिवेदन बनाएको कुरा नै अलि अनौठो थियो। आज कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र परराष्ट्र मन्त्रालय दुवैले यो समाचारको खण्डन गरेको छ। यी दुवै मन्त्रालयले हुँदै नभएको भन्ने दावी गरेको रिपोर्ट आयो चाहिँ कहाँबाट त?

    कान्तिपुरले असार १० गतेको पत्रिकामा छापेको समाचारमा चीनतर्फ पनि ७ जिल्लामा सीमा अतिक्रमण भएको विवरण छ।

    यो समाचारमा उद्‍धृत भएको कृषि मन्त्रालयको प्रतिवेदनबारे कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज विज्ञप्ति निकालेर खण्डन गरेको छ।

    विज्ञप्तिमा ‘उक्त समाचारको आधार बनाइएको प्रतिवेदन यस मन्त्रालयबाट प्रकाशित नै नभएको र सो सम्बन्धी विषय मन्त्रालयको कार्यक्षेत्र समेत नभएकोले उक्त समाचारमा कुनै सत्यता नरहेको’ उल्लेख छ।

    त्यसैगरी परराष्ट्र मन्त्रालयले पनि आज विज्ञप्ति निकालेर यो विषयमा बोलेको छ।

    यी दुवै मन्त्रालयले खण्डन गरेको कृषि मन्त्रालयको भनिएको यस्तो प्रतिवेदन सामाजिक सञ्जालमा देखिएको छ-


    यो ‘प्रतिवेदन’ भनिएकोमा कृषि मन्त्रालयको ‘नापी शाखा’ लेखिएको छ। जबकि कृषि मन्त्रालयमा यस्तो शाखा नै छैन। नापी विभाग भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत पर्छ।

    यो ‘प्रतिवेदन’ मिडियामा आउन थालेको भने पोहोरदेखि नै हो।

    थाहाखबरमा कात्तिक २२, २०७६ मा प्रकाशित समाचारमा लेखिएको छ– ‘कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको प्रतिवेदनमा चीनले नेपाली भूमि मिचेको उल्लेख छ। ‘नेपालको उत्तरी सीमामा देखिएका केही अप्ठ्याराहरू’ शीर्षकमा बनाइएको प्रतिवेदनमा उक्त भूमि मिचेको लेखिएको छ।’ त्यसमा यही माथिको ‘प्रतिवेदन’को फोटो पनि राखिएको छ।

    २८ कात्तिक २०७६ मा स्वतन्त्र नागरिक समूहको नाममा काठमाडौंको ठमेलमा केही व्यक्तिहरुले चीनविरुद्ध मौन प्रदर्शन गरेका थिए। पहिलोपोस्टमा प्रकाशित सो समाचारमा पनि नापी शाखाले जारी गरेको चीनसँग देखिएका सीमा समस्याको प्रमाणको आधारमा विरोध गरेको उनीहरु (प्रदर्शन गर्नेहरु) ले बताएको भनिएको छ र त्यसमा पनि यही माथिको ‘प्रतिवेदन’को फोटोसमेत राखिएको छ।

    त्योभन्दा अघि जेठ १७, २०७६ मा नै नेपालन्युजमा पनि ३६ हेक्टर नेपाली भूमि तिब्बतमा शीर्षकको समाचारमा ‘कृषि मन्त्रालयले २०७२ मा गरेको अध्ययनमा हुम्ला, रसुवा, सिन्धुपाल्चोक र संखुवासभा जिल्लाका ९ स्थानमा उक्त जमीन गुमेको पाइएको थियो। मन्त्रालयको नापी शाखाले ०७२ को जेठमा एक महिना लगाएर नेपाल–तिब्बत सीमा नदीको सीमांकन गरी नदी कटानको विवरण तयार पारेको थियो’ उल्लेख छ। माथिकै ‘प्रतिवेदन’को फोटो पनि यो समाचारमा छ।

    समाचारमा भनिए जस्तो २०७२ को जेठ महिनामा यस्तो ‘प्रतिवेदन’ तयार पारिएको भए त्यतिबेला सुशील कोइराला नेतृत्वको कांग्रेस-एमालेको संयुक्त सरकार थियो। त्यतिबेला कृषि मन्त्री हरिप्रसाद पराजुली थिए। असार १५ को धान दिवसमा उनले देखाएको व्यवहार विवादमा परेपछि राजीनामा दिएका थिए। त्यतिबेला मन्त्रालयको नाम यो ‘प्रतिवेदन’मा उल्लेख भए जस्तो कृषि मन्त्रालय नभएर कृषि विकास मन्त्रालय थियो।

    कृषि मन्त्रालयले हुँदै नभएको भनेको यो प्रतिवेदन पोहोर कात्तिकमा जब भारतले नयाँ राजनीतिक नक्शा सार्वजनिक गरेको थियो, त्यतिबेला नेपालको पनि भूभाग परेको भन्दै विरोध भइरहेको बेला मिडियामा आएको थियो।

    तर त्यसअघि नै २०७६ को जेठमा नेपालन्युजमा यो ‘प्रतिवेदन’सहितको समाचार आएको देखिन्छ। मन्त्रालयले उतिबेला नै खण्डन नगरिदिँदा यो ‘प्रतिवेदन’ अहिलेसम्म पनि मिडियामा आउने गरेको देखिन्छ। अहिले पनि लिम्पियाधुरासहितको नक्शा नेपालले सार्वजनिक गरेपछि फेरि यो ‘प्रतिवेदन’ कान्तिपुर दैनिकमा समेत समाचारका रुपमा देखा परेको छ। यो प्रतिवेदन साँच्चैको अस्तित्वमा भए मिडियाले थप विवरण सार्वजनिक गर्ला नि। माइ संसारबाट साभार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.