नेकपाको नाम विवादमा फैसला गर्दै सर्वोच्च अदालतको साबिक एमाले र माओवादी केन्द्र ब्युँताएपछि एकिकरणपछि निर्वाचित सांसद अब कुन पार्टीकाे हुने अन्यौल भएको छ ।
पार्टी एकतापछि भएको उपनिर्वाचनमा नेकपाले सूर्य चिन्हबाट उम्मेदवार उठाएको थियो । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनकी पत्नी विद्या भट्टराई कास्की २ बाट उम्मेदवार भई विजयी भएकी थिइन् ।
सर्वोच्चको फैसलाले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपालाई मान्यता नदिएपछि सो पार्टीबाट उम्मेदवार भई निर्वाचित भट्टराईलाई साबिकका कुन पार्टीको सांसद मान्ने अन्योल उत्पन्न भएको छ ।-शिलापत्र