Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बलात्कार हुनेबित्तिकै पीडितले सो घट्ना किन बाहिर ल्याउँदैनन्?

अझै प्रष्ट पारौँ, कुनै मान्छेलाई कुटपीट गर्दा उसको शरीरमा मात्रै चोट पर्छ तर यौनहिंसासँग समाजका अनेक भाष्य र कथन जोडिएको हुनाले यो भौतिक हिंसामात्रै होइन, मनोवैज्ञानिक हिंसा पनि बन्न जान्छ।

झंकेश्वर दास झंकेश्वर दास
फाल्गुन २२, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चलचित्र कलाकार पल शाहमाथि एउटी नवोदित गायिकाले बलात्कारको आरोप लगाएपछि सामाजिक संजालमा आरोपितको पक्ष र विपक्षमा नेपालीहरूले अनेक कोणबाट आफ्ना मतहरू प्रकट गरेका छन्। बलात्कार के हो र के होइन भन्ने विषयमै प्रष्ट नरहेको नेपाली समाजमा ‘सहमति हुन्जेल चमत्कार, सहमति नभएपछि बलात्कार’ भन्दै बलात्कारको परिभाषालाई नै बलात्कार गर्ने प्रयास गरिएको छ। अर्को विषय पनि सामाजिक संजालमा उठेको छ, ‘बलात्कार हुनेबित्तिकै युवती, किशोरी या महिलाले सो विषय किन बाहिर ल्याउँदैनन्? किन अपराध हुनेबित्तिकै सोबारे प्रहरीमा गएर रिपोर्ट दर्ज गराउँदैनन् या आफन्तलाई भन्दैनन्? किन महिनौँ र वर्षौँसम्म बलात्कारजस्तो गम्भीर विषय लुकाएर राख्छन्?

    उनीहरू थप थप तर्क गर्छन्, ‘आफ्नो इच्छाविपरित कसैले आफूमाथि त्यति गम्भीर अपराध गर्दा केटीहरूले प्रतिरोध गर्नै पर्ने हो। सहेर बस्नु नपर्ने हो। उनीहरूले त्यसबारे बाहिर कुरा नराख्नुको अर्थ त्यस सम्बन्धलाई स्वीकारेको या त्यस सम्बन्धबाट खुसी भएको भन्ने अर्थ लगाउन पनि मिल्छ।’ जसरी आगो लाग्नेवित्तिकै दमकल बोलाइन्छ, त्यसैगरी आफूमाथि यौनहिंसा हुनेबित्तिकै किन महिलाहरूले प्रहरीलाई खबर गर्दैनन् या आफूमाथि भएको हिंसाको विषय सार्वजनिक गर्दैनन् भन्ने प्रश्नको उत्तर दिनुपूर्व हामीले बलात्कारलगत्तै बालिका, किशोरी, युवती या प्रौढ महिलाले कस्तो मानसिक अवस्थाबाट गुज्रन्छन् भन्नेबारे बुझ्नु आवश्यक छ।

    अमेरिकाको द नेसनल चाइल्ड ट्रमाटिक स्ट्रेस नेटवर्कका अनुसार यौन हिंसापछि पीडितहरूमा यस्ता प्रभाव र स्वभावहरू देखिने गर्छन्, ‘पीडितले आफू एकदमै निर्बल र निम्छरो भएको महसुस गर्छ। एक पटक बलात्कारमा परेकाहरूले हत्तपत्त अन्य कसैलाई पनि भरोसा गर्न सक्दैनन् किनभने आफूले भर गरेकै मान्छेबाट धेरैजसो बलात्कारका घटना हुने गरेका छन्। यसो हुँदा अन्य व्यक्ति जतिसुकै असल उदेश्य लिएर पीडितसामू पुगेपनि पीडितहरू आत्तिन्छन्। पीडितहरू अत्यन्त निकट आफन्त र साथीमाथि समेत भर गर्न सक्दैनन्। यौनहिंसापछि आफ्नो गोपनियता भंग भएको, ‘पवित्रता नष्ट भएको’ ठान्दै त्यसलाई लिएर पीडितले अति लज्जा महसुस गर्ने तथा आफू ‘सिद्धिएको’समेत महसुस गर्छ। यौन हिंसामा परेकाहरूले यौनको विषयलाई डर, पीडा र घृणाका रूपमा लिन्छन्। खुसी र आनन्दका रूपमा यौनलाई ग्रहण गर्न तिनलाई सहज हुँदैन।’

    माथिको व्याख्याबाट हामी अनुमान गर्न सक्छौँ, त्यस्तो अवस्थामा कसरी पीडितले आफूमाथि भएको अपराध सार्वजनिक गरोस? त्यसमाथि कतिपय बालबालिका त यौन भन्ने विषय नबुझेकै अवस्थामा बलात्कृत हुन्छन्। त्यस्तो अवस्थामा उनीहरूले कसरी यौनजस्तो ‘घिनलाग्दो’ विषयमा आवाज उठाउन सकुन्? बलात्कार अन्य अपराधभन्दा जटिल खालको अपराध हो भन्ने कुरा बुझेपछि किन बलात्कारमा परेकाहरूले बलात्कारको विषयलाई ढिला रिपोर्ट गर्छन् भन्ने कुरा बुझ्न सकिएला। अझै प्रष्ट पारौँ, कुनै मान्छेलाई कुटपीट गर्दा उसको शरीरमा मात्रै चोट पर्छ तर यौनहिंसासँग समाजका अनेक भाष्य र कथन जोडिएको हुनाले यो भौतिक हिंसामात्रै होइन, मनोवैज्ञानिक हिंसा पनि बन्न जान्छ। यस सन्दर्भमा नेपालकै बलात्कारबारेका २ वटा गम्भीर उदाहरणहरू उल्लेख गर्नु उचित होलाः

    काभ्रेमा एउटी किशोरी आफ्नै बुवा र हजुरबुबाबाट चार वर्षसम्म बलात्कृत भैरहिन्। असह्य भएपछि उनले सो विषय आफ्नो परिवार र आफन्तजनमा राखिन्। किशोरीले कुरा चुहाएपछि उनका हजुरबाले आत्महत्या गरे। त्यसपछि मात्रै किशोरीको बलात्कार भएको कुरा सार्वजनिक भयो। काभ्रेकै बनेपामा एउटा बाउले आफ्नी छोरीलाई लामो समयसम्म बलात्कार गरे। बलात्कारकै कारण छोरी गर्भवती भइन् र बच्चा जन्मेपछि मात्र घटना सार्वजनिक भयो। अलिकति गम्भीर भएर सोचौँ त, माथिका घट्नाहरूमा पीडित किशोरीहरूले बलात्कारको विषयलाई लामो समयसम्म किन सार्वजनिक गर्न सकेनन् होला? बलात्कारमा यौन आनन्द देख्नेहरूले त यसो पनि भन्लान्, ‘मन मिलुन्जेल चमत्कार, मन नमिलेपछि बलात्कार।’ धत् ! बाउ र हजुरबाउबाट बच्चीहरूले चमत्कार महसुस गरे होलान्?

    तपाईँ पुरुष हुनुस् या महिला, कुनै समय यौनहिंसामा परेको पनि हुन सक्नुहुन्छ। तर, तपाईँ यदि महिला हुनुहुन्छ भने चाहिँ जीवनमा धेरै पटक बलात्कारको प्रयास भोग्नुभएको या बलात्कारमै परेको हुनसक्नुहुन्छ र त्यो विषयलाई आजसम्म पनि लुकाइरहनुभएको हुनसक्छ। सहमतिबिना या बलजफ्ति अर्काको शरीरको दुरुपयोग गर्नु नै बलात्कार हो। अर्काको शरीरमाथि कष्ट पुर्याउनु बलात्कार हो। यसले मान्छेको मानसिक अवस्थामा समेत आघात पार्छ। बलात्कार, बलात्कारको प्रयास, जर्बजस्ती हातपात या अवान्छित यौन स्पर्शलाई हामीले बलात्कार या करणी भनेर बुझ्ने गरेका छौँ। कानूनले वयस्क नभनेको व्यक्तिसँग उसको या उनकै सहमतीमै यौनसम्बन्ध राख्दा पनि त्यो सम्बन्ध बलात्कार हो। कानूनले पनि त्यसै भन्छ। समझदार र सभ्य समाजले यही परिभाषालाई मान्ने हो। तर हाम्रो समाजमा यसबारे धेरै मान्छे अझै अनभिज्ञ छन्।

    खासगरी किशोरीहरूले आफूमाथि भएको यौनहिंसाबारे हत्तपत्त बोल्नै सक्दैनन् किनभने समाजले छोरीको इज्जतलाई तिनको योनिमा राखिदिएको छ। कसैले छोरीहरूमाथि बलात्कार गर्यो भने उल्टै छोरीको इज्जत जान्छ भन्ने ठान्छ समाज। कतिसम्म भने अहिले पनि कतिपय मिडियाले बलात्कारको विषयलाई नै ‘इज्जत लुटिएको’ भन्दै समाचार सम्प्रेषण गर्छन्। ‘पीडितको इज्जत जान्छ’ भन्ने मान्यताकै कारण पनि कतिपय किशोरीहरूले यो विषयलाई लामोसम्म लुकाएर राख्छन्। जतिखेर सक्छन्, त्यतिखेर सार्वजनिक गर्छन्। अर्को कुरा, हाम्रो समाजमा यौनलाई लाजमर्दो विषय ठानिन्छ र यौन अपराध त अझै कहालिलाग्दो विषय मानिन्छ। जबकि यौन हिंसा पनि अरु हिंसाजस्तै एक खालको हिंसा हो। तर थोरै मात्रै मान्छेले यो कुरा बुझेका हुन्छन्।

    तर कसैले आफूमाथि यौनहिंसा गर्नेबित्तिकै पीडितहरू आत्तिन्छन् र सकेसम्म यस्ता घट्ना लुकाउन खोज्छन्। किनभने बलात्कारी ससम्मान हिँड्ने समाजमा बलात्कृतलाई नै दोषी देखाउने चेस्टा गरिन्छ। कतिपय अवस्थामा त बलात्कृतहरू पीडकसँगै आत्मसमर्पण गर्ने अवस्थामा पुग्छन्। त्यस्तो हुँदा वर्षौँसम्म पीडितहरूले घट्नाबारे रिपोर्ट गर्ने सम्भावना कम हुन्छ। ख्याल गर्नुपर्ने कुरा यो छ कि बलात्कारका विषयमा प्रायः पीडितलाई नै टार्गेट गर्छ हाम्रो समाज। भालेसत्ताबाट प्रशिक्षित हाम्रा दिदीबहिनी नै भन्छन्, ‘अरुलाई दोष दिनुभन्दा पहिला आफू नै सही हुनुपर्छ।’ मानौँ, आफू सही नभएकै कारण सानासाना नानीहरू बलात्कृत भएका हुन्। यसरी पीडितलाई थप पीडित बनाउने सोच र संस्कारकै कारण पनि बलात्कृत स्वयंले बलात्कारको विषयलाई लुकाउन खोज्छन्।

    अझ भर्खरै यौन बुझ्न थालेका किशोरी (यदाकदा)हरूलाई यौनहिंसाबारे बोल्न ठूलो हिम्मतको खाँचो पर्छ। त्यसमाथि यदि अपराधी शक्तिसम्पन्न, धनी, ख्याती कमाएको व्यक्ति छ या राज्य/प्रशासनिक निकायकै छ वा राज्यसँग निकट सम्बन्ध राख्छ भने त्यस्तो व्यक्तिबारे रिपोर्ट गर्नुपूर्व पीडित प्रहरी प्रशासनमा पुग्ने हिम्मत नै गर्न सक्दैनन्। उल्टै सम्झौता र आत्मसमर्पण गर्न पुग्छन् बलात्कारीकहाँ। यदि हामीले आफ्ना छोरी, दिदी, बहिनी, श्रीमती, भान्जी, काकी र आमाहरूलाई यौनहिंसाबाट बचाउनु छ भने उहाँहरूको आत्मबल बढाउने दिशामा काम गर्नुपर्छ।

    समान शिक्षा, सम्पत्तिमा समान हक र पुरुषजत्तिकै सामाजिक सम्मान र अधिकारले महिलाहरूको आत्मबल बढ्छ। त्यससँगै महिलालाई सधैँ अपमानित र लान्छित गर्ने परम्परागत र धार्मिक मान्यताहरू चिर्दै जाँदा पनि महिलाहरूको आत्मबल बढ्छ। महिला बलियो हुँदा प्रत्येक घरहरू बलिया हुन्छन्। अनि महिला बलियो भएको समाजमा बलात्कार हुनेवित्तिकै उनीहरूले खुलेर आफूमाथि भएको अपराधका बारे अरुलाई बताउन सक्छन्, प्रहरीकहाँ गएर रिपोर्ट दर्ज गराउन सक्छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झंकेश्वर दास

      झंकेश्वर दास

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.