Tuesday, January 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    ट्रम्प त गए भने ओली के टिक्लान् ?

    ट्रम्प त गए भने ओली के टिक्लान् ?

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

    प्रतिगमनविरुद्ध काठमाडौंमा विशाल मोटरसाइकल -याली (फोटो फिचर)

    नेकपा बहुमतको माघ ९ को विरोध प्रदर्शन दश स्थानबाट शुरु हुने

  • विचार
    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

    इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

  • कोभिड–१९
  • हाम्रोबारे

Home यो हप्ता

हामीले वुहानका बारेमा किन कहिल्यै सुनेका थिएनौं

by पिटर फ्रांकलिन
January 20, 2021
in यो हप्ता, विमर्शका लागि, समाचार, समाज
0 0
0
हामीले वुहानका बारेमा किन कहिल्यै सुनेका थिएनौं
2
VIEWS
Share on FacebookShare on TwitterEmail

चीनका विशाल शहरहरुले विश्वलाई फेरिरहेका छन्। अब हामीले बेजिङ्ग र सांघाईका बारेमा मात्र जान्नु पर्याप्त छैन। – पिटर फ्राङ्कलिन

अहिले हामी सबै बीच वुहान चर्चामा छ। तर भाइरस फैलिनु अघि वुहानका बारेमा कसलाई थाहा थियो?

हो! चीनियाँहरुका बारेमा हामीलाई थाहा थियो। तर, मलाई त शंका छ,  हामी पश्चिमाहरुलाई राम्ररी थाहा छ कि छैन। चीनमा लाखौं जनसंख्या भएका थुप्रै शहरहरु छन् – पश्चिमाहरुले जसको नाम समेत सुनेका छैनन्। उदाहरणका लागि वुहान लाई लिन सकिन्छ। यो  जनसंख्या १ करोड भन्दा बढी भएको शहर – जुन लण्डन वा पेरिस भन्दा ठूलो छ। यदि यो शहर युरोप अथवा उत्तर अमेरिकामा भएको भए यो बर्लिन, लस एन्जलस वा टोरन्टो जस्तै घरघरमा चिनिने नाम हुनेथियो। तर हामी वुहान जत्रा वा त्यो भन्दा ठूला चीनियाँ शहरहरुका बारेमा पूरै अन्जान छौं। अधिकांशले बेजिङ र संघाईका बारेमा सुनेका छन्, हामी मध्ये केही ग्वानजाउ र सियानका बारेमा जानकार छौं। तर तपाईं आफैलाई प्रश्न गर्नुहोस् त!  थ्यानजिन, ह्निदाओ, सियामेन, छोङछिङ छेन्दू नामक शहरहरुका बारेमा। कतै सुन्या जस्तै लाग्यो? यी शहर कहाँ पर्छन् नक्सामा देखाउन सक्नु हुन्छ? यीनका बारेमा केही भन्न सक्नु हुन्छ?

यस्तो प्रश्न सोध्नु त अन्यायै हुन्छ नी भन्ने तपाईलाई लाग्ला। चीनका प्रमुख शहर बाहेक अन्यका बारेमा जानकारी राख्नु त बिशेषज्ञको पो काम हो भन्ने लाग्ला। तथापी यी यस्ता ठाउँहरु हुन् – जसले सारा विश्वलाई बदल्न सक्छन्। वुहान शहरकै मामला लिउँ न दुर्भाग्यवश:, यसले विश्वलाई नै फेरिदियो। वास्तवमा चीनका केही ठूला शहरहरुले संसारलाई नै फेर्दैछन्। त अब चीनको भूगोलको आधारभूत ज्ञान लिनका लागि टाउको घुमाउन हामीलाई के ले रोकेको छ।

समस्या नलुकाइ भन्ने हो भने यो एक दुरुह काम हो। एउटा प्रारंभिक गणनाअनुसार १० लाख भन्दा बढी जनसंख्या भएका चिनियाँ सहरहरू ६५ वटा छन्। भाषाले पनि थप एउटा बाधा थपिदिएको छ। चिनियाँ लेख्य भाषाको चित्रकलाको महत्वलाई एकछिन सन्दर्भमा नलिँदा पनि, वाच्य चीनियाँ भाषाको उच्चारण भेदमा सामञ्जस्य मिलाउन नसक्दा चीनका स्थान विशेषका नामहरु सपाट आयाममा मात्र हामी देख्छौं र सुन्छौं। हाम्रो अङ्गग्रेजी वर्णमालामा चिनिया नाम र शब्दहरुको अनुगम्य अनुवाद गर्ने धेरै तरिका भएपनि ती सुगम छैनन्। धेरै अघि गरिएका केही प्रयत्नहरु त्यति सही निस्किएनन्। जस्तै बेजिङ्लाई पेकिङ् र ग्वान्जाओलाई क्यान्टन। चिनियाँ भाषामा यस्ता उच्चारणहरु छन्। जस्तो कि (‘q’ र X का रुपमा लेखिने) जसको अंग्रेजीमा समान उच्चारणका अक्षर छैनन्। ( ‘ch’ र लाई ‘sh’उच्चारण गरिनु अपर्याप्त उच्चारण हुन्छ)

यो लेख तपाईंहरुलाई १० वटा चीनियाँ शहरहरुबारे जानकारी दिने प्रयत्न हो ।

RelatedPosts

निर्वाचन आयोगको ‘अन्यौलपूर्ण निर्णय’पछि यसो गर्दैछ नेकपा (बहुमत)

निर्वाचन आयोगको ‘अन्यौलपूर्ण निर्णय’पछि यसो गर्दैछ नेकपा (बहुमत)

January 26, 2021
10
नागरिक आन्दोलनमाथि निर्मम प्रहरी दमन (फोटो फिचर)

नागरिक आन्दोलनमाथि निर्मम प्रहरी दमन (फोटो फिचर)

January 25, 2021
55
निर्वाचन आयोगको फैसलाबारे ५ भिन्न मत

निर्वाचन आयोगको फैसलाबारे ५ भिन्न मत

January 25, 2021
43
संसद विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल पक्षद्वारा काठमाडौंमा शक्ति प्रदर्शन

नेकपा (बहुमत)द्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते काठमाडौंमा फेरि विशाल सभा

January 25, 2021
31

सबभन्दा पहिले केही आधारभूत जानकारी

चीनको भौगोलिक करीव अमेरिका जत्रै छ। वास्तवमा, कुन ठूलो भन्ने विवादै छ। यो बिषय उपयुक्त भौगोलिक परिभाषामा निर्भर छ। जे होस्, चीन ठूलो छ।

चीन करिब करीव अमेरिकाकै अक्षांशमा अवस्थित भए पनि यसका केही दक्षिणी भागहरु मेक्सिकोको अक्षांशमा र केही उत्तरी भागहरु क्यानाडाको अक्षांशमा अवस्थित छन्। यसरी चीनको भूगोल जमाउने जाडो देखि उमाल्ने गर्मीसम्म फैलिएको छ। अमेरिका ‘समुद्र देखि चम्किलो समुद्र’ सम्म फैलिएको छ भने, चीन प्रशान्त महासागर देखि मध्य एसियासम्म फैलिएको छ। वास्तवमा यस ग्रहको सबैभन्दा भित्रि भूभाग चीनको सुदुर उत्तर पश्चिममा पर्दछ।

चीनको सुदूर पूर्व उत्तरमा रहेको हेइहे नामक स्थान  रुसको सिमानामा छ। त्यही हेइहे नामक स्थानबाट दक्षिणमा वर्मा (म्यानमार) तेङ्चोङसम्मको एक काल्पनिक रेखा छ। यो रेखा हेइहे – तेङ्चोङ लाइनले प्रख्यात छ, जुन रेखाले चीनलाई आधा भागमा विभाजन गर्छ। यहाँ ध्यान दिनुपर्ने के छ भने यो रेखाको पूर्वमा कूल जनसंख्याको ९६% प्रतिशत र पश्चिमपट्टी ४ प्रतिशत मात्र बस्दछन्। त्यसकारण चीनको म्याप केलाउँदा के बिर्सनु हुँदैन भने त्यहाँ जे भइरहेको छ त्यसमध्ये अधिकांश गतिविधि चीनको पूर्वी आधा भागमा भइरहेको छ।

यहाँ अर्को एउटा साच्चै महत्वपूर्ण रेखाको बारेमा कुरा गरौ: त्यो रेखा भूमध्य रेखा भन्दा ३०° उत्तरको अक्षांश हो। यो रेखावरपर संसारका सबैभन्दा पुराना चारवटा सभ्यताहरु इजिप्ट, मेसोपोटामिया, इन्दू घाटी र चीनिया सभ्यता प्रादुर्भाव भएका थिए। त्यसपछिका सभ्यताहरु उत्तर वा दक्षिणतिर फैलिँदै गए तर शुरुवात यसै महत्वपूर्ण अक्षांश रेखामा भएको थियो।

सभ्यताको प्रादुर्भावका लागि नदीको उपत्यका अर्को आवश्यक तत्व हो। प्राचीन इजिप्टमा नील र चीनमा याङजी (वा यांग्तसी, जुन संसारको तेस्रो सबैभन्दा लामो नदि हो) नदी वरिपरि सभ्यता जन्मिए। नील नदीको विपरीत, याङजी नदी ३० डिग्री अक्षांशलाई पछ्याउदै पश्चिमबाट पूर्व बग्छ। जसले एकै खालको हावापानीमा ठूलो भूभागमा सभ्यता फैलिन र आदानप्नदान गर्न मद्दत पुर्‍यायो र पुर्छ‍याउँछ। त्यस्का अतिरिक्त उत्तरतिर त्यति धेरै टाढा पनि होइन, अर्को ठुलो नदी ह्याङ् हे (येलो रिभर) बग्दछ। अझै राम्रो कुरा त के भने दुवै नदी जुन भागमा बग्दछन्, ती मलिला छन्। सुख्खा छैनन्। सहायक नदीहरू (र त्यसपछि नहरहरू) ले तल्लो याङ्जी मैदान र उत्तरी चीनको मैदानलाई जोड्न सहयोग पुर्‍याउँछन्। र यसरी विशाल तथा सुसंगत चीनियाँ मुख्यभूमि फस्टाउँछ।

यी दुवै नदीका उपत्यकमा नै चिनिया सभ्यता हजारौं वर्षदेखि विकसित भयो र चारैतिर फैलियो।

१. वुहान: चीनको चारबाटोमा फैलिएको शहर
ल अब वुहानतिर फर्कौ। यो शहर स्वाभाविक रुपले चीनको चौबाटो भनेर चिनिन्छ।

यो याङ्जी नदीको समुद्रमा मिसिने स्थानबाट हजार किलोमिटर भित्री भूभागमा बसेको छ। यसको हजार किलोमिटर उत्तरमा बेइजिङ् पर्दछ। हजार किलोमिटर पूर्व नदि किनारमा संघाई छ। हजार किलोमिटर दक्षिण पर्ल नदि डेल्टा (जसमा ग्वान्जाओ, हङकङ् समेत पर्दछन्) छ। र हजार किलोमिटर पश्चिम (नदीको मुहान तिर) सेचुँवाका ठूला शहरहरु छोङ्छिङ् र छेन्दू छन्।

वुहान हान र याङ्जी नदीको दोभानमा अवस्थित छ। यहाँ स्मरणीय के छ भने यही हान नदी किनारमा हान राजवंश स्थापित भयो। जसले यहाँ बसोबास गर्ने मानिसहरूलाई हान जातिको नाम दियो र यही जाति नै अहिले चीनको सबैभन्दा ठूलो जातीय समूहको रूपमा स्थापित छ।

वुहान यसकारण यस भूमण्डलको सबैभन्दा बढी जनसंख्या भएको देश चीनको सबैभन्दा मध्यभागमा रहेको सहर हो।

२. काइफेङ्- पश्चिमसँग पुरानो सम्बन्ध भएको शहर
चीनका आठओटा प्राचीन राजधानी मध्ये एक शहर हो काइफेङ्। प्रयोग वुहान भन्दा ५०० किलोमिलोमिटर उत्तरमा पर्दछ। यो अत्यधिक बाढीका निम्ति कहिलिएको हाङ् हे नदीको दक्षिण किनारामा अवस्थित छ। तर यो अलिक सुरक्षित छ। यस शहरको जनसंख्या करिब १० लाख छ। र चिनिया सन्दर्भमा यसलाई त्यति ठूलो शहर मानिँदैन। तर एक विशेषता कारणले सम्झनु पर्ने हुन्छ- त्यो भनेको यहाँ विगत एक हजार वर्ष वा त्योभन्दा बढी समयदेखि यहुदी समुदाय समेत बसोबास रहेको छ।

यहाँका यहूदी प्रार्थना घरहरु (सिनोगग) अहिले विलुप्त भइसकेका छन्। र यहूदीका सन्तान हौं भनी दावा गर्नेहरु पनि अन्तर्जातीय विवाह एवं सामाजिक घुलनले अन्य चिनियाँ सरह भइसकेका छन्। तथापि केही यहुदी परम्परा जीवित छन् भनिएपनि तिनको रुप र मात्रा ठम्याउन कठिन छ।

३. लानझाउ – प्रवेशद्वार शहर
काइफेङका यहूदी(हरू) चीनमा सम्भवतः रेशम मार्गहरु (यहाँ “हरु” भनिएको लाई ध्यान दिनुहोस्) पछ्याउदै त्यहाँ पुगे होलान्। काइफेङ्लाई छोडेर (मतलब ह्वाङ् हे नदीको उँभो) पश्चिम तिर जादा त्योभन्दा ठूला शहरहरू झुङ्झाउ (जनसंख्या ६० लाख) र लिउओल्याङ् (जनसंख्या २० लाख) भेटिन्छन्। त्यहाँबाट खोलैखोला अझ अघि बढ्दा उत्तर चीनको समथल भूभाग छुट्छ र हामी अग्लो पहाडमा पुग्छौं। त्यहाँबाट ह्वाङ् हे नदी पनि अचानक उत्तरतिर मोडिन्छ। तर त्यसको एउटा शाखा नदि भने पश्चिम तिरबाट आइरहेको हुन्छ। त्यो शाखा नदि भनेको बेई हो ।यसको किनारमा ७० लाख जनसंख्या भएको शियान शहर अवस्थित छ त्यही हो टेराकोट्टा सेनाका मूर्तिहरू भएको ठाउँ।

यहाँसम्म आइपुग्दा हामी काइफेङ् भन्दा ५०० किलोमिटर पश्चिम पुग्यौं। हामी आफ्नो यात्रा बेई नदीको किनारै किनार उँभो खोलातिर जारी राख्छौं। र अलि अगाडि येलो नदी भेट्छौं। यसरी शियानबाट ६ सय किलोमिटरको दुरीमा हामी भेट्छौं – लानझाउ शहर। ३० लाख जनसंख्या भएको यो शहर चीनको मुख्य भूमिसँग आउजाउ गर्ने उत्तरी रेशम मार्गको प्रवेशद्वार थियो। यो तिब्बती पठार गोवि मरुभूमि बीचमा एउटै धागोमा उनिएका विश्रामस्थली बजारहरु रहेका हेक्सी मार्गको प्रमुख गन्तव्य शहर थियो।

यो मार्ग चिनियाँ सामानहरु रोमन साम्राज्यसम्म पुर्‍याउने कमजोर धमनी थियो। अहिले आएर चीनको व्यापारिक सामर्थ्यलाई युरेसियामा फैलाउन प्रायोजित विशाल संरचना निर्माण कार्यक्रम (बेल्ट एण्ड रोडको पहलकदमी- BRI) को महत्वपूर्ण प्रस्थान-विन्दु यही लानझाउ भएको छ।

४. थ्यानजिन (र बेजिङ्) – चीनको शिर
अब हामी अझ पश्चिमतिर सिनझ्याङ प्रान्त (उइघुर मुसलमानको बासस्थल) तिर नगई काइफेङ् तिर फर्कौं। र अन्ततोगत्वा हामी बोहाई समुद्र (यलो सी को सबैभन्दा भित्री कुनो) पुग्छौं। त्यही किनारको केही उत्तरतिर गयौं भने थ्यानजिन बन्दरगाह सहर पुग्छौं। जुन एक करोड ५० लाख जनसंख्या भएको संसारका सबैभन्दा ठूला शहरहरु मध्ये एक हो। प्रतिव्यक्ति आयमा पनि यो चीनका अन्य सहर भन्दा अगाडि छ। तर यो किन संघाई र हङकङ जस्तै पश्चिमा मुलुकहरूमा घरघरमा चिनिने नाम भएन? यसको कारण खोज्न सय किलोमिटर उत्तरपश्चिममा आँखा लगाउनु पर्छ। जहाँ दुई करोड १० लाख जनसंख्या भएको अझ ठूलो सहर छ, त्यसको नाम हो, बेजिङ्। जो चीनको राजधानी पनि हो,जसले थ्यानजिनलाई छायामा पारेको छ।

तर बेजिङ्ले कसरी सारा चीनमा शासन गर्न सक्यो त? राजधानी किन चीनको बीच भागमा, मतलब यी दुई ठूला नदीको किनारमा बसाइएन? यसको जवाफ हुनसक्छ- बेजिङ् मध्य देश (middle kingdom) को मध्यमा नभएर उत्तरी चिनिया मैदानको उत्तरमा अवस्थित छ जुन घुमन्तु आक्रमणकारीहरुलाई रोक्ने लक्ष्मण रेखा हो।

प्राकृतिक तवरले पहाडहरूको सुरक्षा घेरा र पछि गएर ग्रेटवालको सुरक्षा भेलालाई मनन गर्ने हो भने बेजिङ्‍को रणनीतिक महत्व माथि शङ्का रहँदैन। चीनको मुख्य भूमिको सुरक्षा संयन्त्रको नियन्त्रण गर्दै सम्पूर्ण प्राधिकार उपयोग गर्ने गरी बेजिङ‍को स्थापना र विकास भएको छ।

५. हार्वोन – हिउँ शहर
मंगोलिया (भित्री मंगोलिया चिनियाँ प्रवेश हो भने बाहिरी मंगोलिया स्वतन्त्र देश हो) बेजिङ्भन्दा उत्तरमा अवस्थित छ। उत्तरपूर्वमा विशाल मैदान भएको मंचुरिया अवस्थित छ। जहाँ चीनको सिमाना रुस र कोरियासँग ठोक्किन्छ।

जापानीहरुले पनि मंचुरिया हडप्न धेरै कोसिस गरेका हुन्। १९३० मा जापानले यो भूमि अधिकरण गरेर त्यहाँ मंचुकुओ नामको कठपुतली सरकार स्थापना गर्‍यो। त्यो सरकारको गठन कठपुतली शासकका रूपमा जापानले मंचु जातीय समुदायको चीङ राजवंशका अन्तिम र अपदस्थ सम्राट पुयीलाई सजावटका रुपमा राख्यो।

अहिले आएर मंचुहरु चीनमा सानो अल्पसंख्यकका रुपमा रहेका छन्। र मंचुरिया -माओ कालमा औद्योगीकरणको अभियान चलाइएको ठाउँ भने आज चीनको खिया परेको ठाउँका रूपमा उंघिरहेको छ। जसलाई त्यहाँभन्दा दक्षिण तिरका समुद्री किनारका शहरहरूको अतुल्य वृद्धिले धेरैपछि छाडेको छ।

यस प्रान्तको सबैभन्दा ठुलो शहर हार्बोन हो, जसको जनसङ्ख्या ५० लाख छ। बेजिङ् भन्दा हजार किलोमिटर उत्तरपूर्वमा अवस्थित यो सहर कठ्यांग्रिने हिउँदमा मनाइने बरफका मूर्तिहरूको भव्य जात्राका लागि प्रसिद्ध छ।

त्यति उत्तरी पूर्वमा भएर पनि यो शहर रुसी सिमाना भन्दा ५ सय किलोमिटर दक्षिणमा पर्दछ। यो हेइहे-तोङ्चेङ् रेखा (माथि उल्लेखित) को उत्तरी कुनामा पर्दछ।

चीन धेरै ठूलो छ भनि मैले भनेको थिएँ, हैन?

६. छिङ्दाओ-जर्मनीको उहिलेको हङकङ्
हार्बिनबाट बेजिङ् फर्कौ। अब म यहाँ संसारकै सबैभन्दा लामो चीनको विशाल नहर(Grand canal) का बारेमा केहि भन्छु। यो नहरले बेजिङ्लाई थ्यानजिनसँग जोडदछ (यद्यपि यो नहर त्यहाँबाट पनि अझ धेरै दक्षिणमा पर्ने ९० लाख जनसंख्या भएको हान्जाउसम्म पुग्छ) र थ्यानजीनबाट समुद्रको किनारैकिनार दक्षिण लागेपछि पहेलो नदी (Yellow River) र समुद्रको संगमका नाघ्दै सानदोङ् प्रायद्वीप पुगिन्छ। जसको चोसो कोरिया तिर फर्किएको छ। त्यो प्रायद्विपको टुप्पामा ब्रिटिस साम्राज्यको हाल बिर्सीसकिएको एउटा अंश छ- वेइहाईवेइ। यो भूभाग चीनले ब्रिटेनलाई सन् १८९८ मा भाडामा दिएको थियो र यसलाई सन् १९३० मा चीनलाई फिर्ता दिइयो। यो भू-भागको आफ्नै झण्डा समेत थियो जसमा ब्रिटेनको युनियन ज्याक र चिनिया पानीहाँस अंकित थियो।

यस प्रायद्विपको दक्षिणपट्टि छिनदाओ नाम गरेको बन्दरगाह सहर छ। (६० लाख जनसंख्या बर्लिन वा मेड्रिड भन्दा ठुलो) तेत्रो सहर भएपनि पश्चिममा यो घरघरै सुनिने नाम भएको छैन, तथापि तपाईहरुलाई “सिङ्ताओ” पदावली सुने सुने जस्तो लाग्न सक्छ- यो एउटा वियरको नाम हो। र यही शहरमा सन् १९३० मा जर्मनहरुले “सिङ्ताओ” बियर कारखाना स्थापना गरेका थिए।

स्मरण गराउँ कि छिनदाओ केही कालका लागि जर्मनीलाई भाडामा दिइएको भूभाग थियो। वास्तवमा जर्मनले खोसेको थियो।  त्यतिबेला चीनलाई गर्ने जर्मनीले गर्ने व्यवहारको एउटा थप नमुना बिदेशी लुटेराहरुकै जस्तै थियो। पहिलो विश्व युद्ध सुरु भएपछि ब्रिटेनको सहयोगमा जापानले यो भूभाग जर्मनीबाट खोस्यो ।

सन् १९२२ मा यो चीनलाई फिर्ता गरियो। तर सानो १९३८ मा जापानीहरुले यसलाइ फेरि कब्जा गरे।

चीनले विदेशी हस्तक्षेपको विरोध त्यसै गरेको कहाँ हो र?

७‍. बेनझाउ- चीनको जेरुसलम
अब हामी समुद्र किनारैकिनार केही सय किलोमिटर दक्षिणतिर जाऔं। हामी याङ्जी नदी र समुद्रको संगमलाई छिचोल्दै संघाई र यसको उपनगरहरु (कुल जनसंख्या ३ करोड ४० लाख) लाई टाढैबाट नमस्कार गर्दै अघि बढौं।

यस विशाल नदीको दक्षिणतिर हामीलाई अर्कै चीनको अनुभूति हुन्छ। गरम हावापानी र स्वभावतः बढी आद्रता  अलिक अग्लो भूवनोट कहीँ कहीँ पहाडी भूभाग र मुख्य अन्न बाली गहुँ नभएर धान हुने ठाउँमा पुगिन्छ।

यहाँ एउटा बुझाइ छ- धानखेती अन्यन्त्र चुनौतीपूर्ण भएकाले यसले यसमा सम्मिलित हुनेहरूको छुट्टै प्रकारको सांस्कृतिक मनोविज्ञान निर्माण गरेको छ। जुन अन्तरनिर्भरतायुक्त तथा धार्मिक भावनाले ओतप्रोत छ (जुन उत्तरको काँठे व्यक्तिवादी संस्कृतिको ठीक उल्टो छ) त्यस अतिरिक्त दक्षिणका बासिन्दाहरुमा सुदृढ व्यापारिक परम्पराले जरो गाडेको छ। यो स्थान उत्तरको जस्तो विशाल खुल्ला फाँटमा छैन । यसकारण दक्षिणका समुद्री किनारका शहरहरुमा चीन भन्दा बाहिरका विशाल विश्वमा विचरण गर्ने परम्पराले जरा गाडेको छ।

र यी दक्षिणी शहर नै ती माध्यम बने जहाँबाट बाँकी विश्व चीन प्रवेश गर्न थाल्यो। उदाहरणका लागि संघाई भन्दा ५ सय किलोमिटर दक्षिणमा रहेको ३० लाख जनसंख्या भएको वेनझाउ शहरलाई चिनियाँ क्रिस्टियानिटीको सबैभन्दा लामो र स्थापित परम्परा रहेका कारणले ‘चीनको जेरुसलम’ का रूपमा चिनिन्छ।

८. सियामेन – चिनियाँ प्रवासीहरुको बहिर्गमनको ढोका
वेनझाओ भन्दा अझ दक्षिण समुद्री किनारैकिनार गएपछि, ताइवानको ठीक वारिपट्टी हामी सियामेन बन्दरगाह सहर (जसलाई एमोय पनि भनिन्छ) मा पुग्छौ‌।

शहर लामोसमयदेखि चिनियाँ आप्रवासीहरुको बहिर्गमन स्थल रहेको छ। शताब्दीयौंदेखि विदेशमा रहेका चिनिया आप्रवासीहरु अधिकांश यसै भेगका दक्षिणी प्रान्तहरुबाट (जसमा फुजियान प्रान्त समेत पर्छ र जसको सबैभन्दा ठुलो शहर नै सियामेन हो) गएकाहरु छन्। यसैकारणले संसार भरि छरिएका चिनियाँ समुदायले होक्कियन भाषा एवं सियामेन संस्कृति अनुसरण गर्छन्- खासगरी ताइवान र सिंगापुरमा।

सियामेनको भूगोलको चाखलाग्दो कुरा के छ भने यो ताइवानबाट ३ सय किलोमिटर टाढा र मात्र दुई किलोमिटर टाढा पनि छ। किनभने सियामेन भन्दा दुई किलोमिटर टाढा रहेका किनमिन टापुहरू अझै ताइवानको अधिनमा छ- जमेर बसेको द्वन्द्वको ऐतिहासिक विरासत।

९. पर्ल नदी उपत्यका- संसारको राजधानी?
यहाँभन्दा अझै दक्षिण जाँदा हामी अर्को एउटा विशेष भूभागमा पुग्छौं- हङकङ। यो जे जस्तो छ विशेष छ, त्यो त छँदैछ तर त्यो पर्ल नदी उपत्यका शहरी समुच्चयको एउटा भाग पनि हो, जसमा दोङगुआन,सेनझेन,ग्वान्जाओ, फोसान, जिंगनान र मकाओ समेत पर्दछन्। जुन सबै मिलेर बिस्तारै एउटा ठुलो शहरको रुप ग्रहण गर्दैछन् र जसको कुल जनसंख्या ६ करोड छ।

नजिकपनाले एकाकार भएपनि यिनीहरु राजनीतिक कारणले त विभाजित छन् नै ( किनकि हङकङ र मकाओ बिशेष प्रशाशनिक क्षेत्र अन्तर्गत पर्छन्) भाषागत भिन्नता समेत छ। दक्षिण चीन भाषिक विविधता भएको क्षेत्र हो। क्यान्टोनिज, होक्काइयान र त्यस क्षेत्रका अन्य भाषाहरु चीनियाँ भाषाको भाषिका भन्दा धेरै बढी हुन्। बोलिचालीमा यी भाषाहरु र मन्डारिन चीनियाँ भाषा दुबै भाषा बोल्नका लागि अवोधगम्य छन्।

१०. छोङछिङ र छेन्दू – भित्री चीन
पर्ल नदी उपत्यकाबाट १ हजार किलोमिटर उत्तर गयौं भने हामीले यात्रा शुरु गरेको याङ्जी नदीको किनारामा अवस्थित वुहानमा पुग्छौं। त्यहाँबाट हामीले हाम्रो यात्रा उंभो खोलातिर गरौं। हामी पश्चिमतर लाग्यौं भने पहाडी भूभाग आउन थाल्छन्। तर ती भूभागमा तिब्बती पठार भने होइनन्। त्यहाँ पुग्नु अगावै,हामी थ्री गोर्जेज् पार गर्छौ। र सिचुवानको समतल भूमि प्रवेश गर्दछौ। जुन विशाल रुपमा फैलिएको मलिलो मैदान त हुँदै हो र चारैतिर पहाडले घेरिएको समेत छ।

यो चीनको अन्नदाता भूभाग त हुँदै हो, यहाँ दुइवटा विशाल औद्योगिक शहरहरु समेत छन्, ती हुन पूर्वपट्टीको छोङ्छिङ् र पश्चिमपट्टीको छेन्दू।

छोङ्छिङ्लाई संसारको सबैभन्दा ठूलो शहरका रुपमा गणना गरिएको पनि पाइन्छ तर यसको बुझाइमा अलिक फरक परेको छ, किनभने छोङ्छिङ्‍को सम्पूर्ण भूभाग करिब अष्ट्रिया जत्रो छ। जसमा यस प्रान्तका अन्य साना शहर एवं बस्तीहरु समेत गाभिएका छन्। त्यसो हुँदाहुँदै पनि छोङ्छिङ् महानगर विस्तारित हुँदो छ र हाल यहाँ १ करोड ८० लाख मानिस बसोबास गर्दछन्।

छोङ्छिङ्बाट करिब ४ सय किलोमिटर पश्चिम जाँदा सेचुवान समतल भूमिको कुनामा छेन्दू शहर अवस्थित छ। १ करोड २० लाख जनसंख्या भएको यो शहर चीनको अन्तपुर राष्ट्रिय मर्मस्थली हो। दोस्रो विश्वयुद्धताका जित्दै आइरहेका जापानीसँग बच्न चीन सरकारले यसै स्थानलाई राजधानी बनाएको थियो। चीनमा भएका ठूला शहरहरु मध्ये यो सहर सबैभन्दा अन्त्यमा कम्युनिस्टहरूको हातमा परेको थियो।

र, छेन्दूको नजिकै पृथ्वीको जमिन तिब्बती पठारका रुपमा उचालिनु ठीक पहिले हामी अन्तिम आश्रममा छौं। त्यो हो चीनको ठूलो पाण्डाको बासस्थली। र यो बासस्थली नै अहिलेलाई हाम्रो यात्राको अन्तिम पढाव हो भन्ने मानौं !

यस लेखका लेखक पिटर फ्रांकलिन unherd (unherd.com) का सहायक सम्पादक हुन्। उनी यसअघि पर्यावरण एवं सामाजिक मामलाहरुका नीति परामर्शदाता एवं भाषामा लेखक थिए। यो लेख unherd नामको डिजिटल पत्रिका बाट लिएको हो अनुवाद – यमनाथ बराल।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पिटर फ्रांकलिन

पिटर फ्रांकलिन

लेखक पिटर फ्रांकलिन unherd (unherd.com) का सहायक सम्पादक हुन्। उनी यसअघि पर्यावरण एवं सामाजिक मामलाहरुका नीति परामर्शदाता एवं भाषामा लेखक थिए।

Connect with us

Recommended

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

2 months ago
4
स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

1 year ago
3

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    Sign In with Linked In
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    Sign Up with Linked In
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.