Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हामीले वुहानका बारेमा किन कहिल्यै सुनेका थिएनौं

पिटर फ्रांकलिन पिटर फ्रांकलिन
अशोज १४, २०७७
- यो हप्ता, विमर्शका लागि, समाचार, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनका विशाल शहरहरुले विश्वलाई बदलीरहेका छन्। अब हामीले बेजिङ्ग र सांघाईका बारेमा मात्र जान्नु पर्याप्त छैन। – पिटर फ्राङ्कलिन

    अहिले हामी सबै बीच वुहान चर्चामा छ। तर भाइरस फैलिनु अघि वुहानका बारेमा कसलाई थाहा थियो?

    हो! चीनियाँहरुका बारेमा हामीलाई थाहा थियो। तर, मलाई त शंका छ,  हामी पश्चिमाहरुलाई राम्ररी थाहा छ कि छैन। चीनमा लाखौं जनसंख्या भएका थुप्रै शहरहरु छन् – पश्चिमाहरुले जसको नाम समेत सुनेका छैनन्। उदाहरणका लागि वुहानलाई  नै लिन सकिन्छ। यो  जनसंख्या १ करोड भन्दा बढी भएको शहर हो, जुन लण्डन वा पेरिस भन्दा ठूलो छ। यदि यो शहर युरोप वा उत्तर अमेरिकामा भएको भए यो बर्लिन, लस एन्जलस वा टोरन्टो जस्तै घरघरमा चिनिने नाम हुनेथियो। तर हामी वुहान जत्रा वा त्यो भन्दा चीनका ठूलठूला शहरहरुका बारेमा पूरै अन्जान छौं। अधिकांशले बेजिङ र संघाईका बारेमा सुनेका छन्। हामी मध्ये केही ग्वानजाउ र सियानका बारेमा जानकार छौं। तर तपाईं आफैलाई प्रश्न गर्नुहोस् त! कहाँ छन्- थ्यानजिन, ह्निदाओ, सियामेन, छोङछिङ, छेन्दू नामक शहरहरु। कतै सुन्या जस्तै लाग्यो? यी शहर कहाँ पर्छन्, नक्सामा देखाउन सक्नु हुन्छ? यीनका बारेमा केही भन्न सक्नु हुन्छ?

    यस्तो प्रश्न सोध्नु त अन्यायै हुन्छ नी भन्ने तपाईलाई लाग्ला। चीनका प्रमुख शहर बाहेक अन्यका बारेमा जानकारी राख्नु त बिशेषज्ञको पो काम हो भन्ने लाग्ला। तथापी यी यस्ता ठाउँहरु हुन् – जसले सारा विश्वलाई बदल्न सक्छन्। वुहान शहरकै मामला लिउँ न, दुर्भाग्यवश:, यसले विश्वलाई नै फेरिदियो। यसैगरी चीनका केही ठूला शहरहरुले संसारलाई नै फेर्दैछन्। त अब चीनको भूगोलको आधारभूत ज्ञान लिनका लागि टाउको घुमाउन हामीलाई के ले रोकेको छ।

    समस्या नलुकाई भन्ने हो भने यो एक दुरुह काम हो। एउटा प्रारम्भिक गणनाअनुसार १० लाख भन्दा बढी जनसंख्या भएका सहरहरू चिनमा ६५ वटा छन्। हो, यी बारे हामीलाई थाहा पाउन भाषाले पनि थप एउटा बाधा  पारिदिएको छ। चिनियाँ लेख्य भाषामा चित्रकलाको महत्वलाई एकछिन सन्दर्भमा नलिँदा पनि, वाच्य चीनियाँ भाषाको उच्चारण भेदमा सामञ्जस्य मिलाउन नसक्दा चीनका स्थान विशेषका नामहरु सपाट आयाममा मात्र हामी देख्छौं र सुन्छौं। हाम्रो अङ्ग्रेजी वर्णमालामा चिनियाँ नाम र शब्दहरुको अनुगम्य अनुवाद गर्ने धेरै तरिका भएपनि ती सुगम छैनन्। धेरै अघि गरिएका केही प्रयत्नहरु  जस्तै बेजिङ्लाई पेकिङ् र ग्वान्जाओलाई क्यान्टन त्यति सही निस्किएनन्। चिनियाँ भाषामा यस्ता उच्चारणहरु छन्। जस्तो कि (‘q’ र X का रुपमा लेखिने) जसको अंग्रेजीमा समान उच्चारणका अक्षर छैनन्। ( ‘ch’ र लाई ‘sh’उच्चारण गरिनु अपर्याप्त उच्चारण हुन्छ)

    यो लेख तपाईंहरुलाई १० वटा चीनियाँ शहरहरुबारे जानकारी दिने प्रयत्न हो ।

    सबभन्दा पहिले केही आधारभूत जानकारी

    चीनको भौगोलिक करीव अमेरिका जत्रै छ। वास्तवमा, कुन ठूलो भन्ने विवादै छ। यो बिषय उपयुक्त भौगोलिक परिभाषामा निर्भर छ। जे होस्, चीन ठूलो छ।

    चीन करिब करीव अमेरिकाकै अक्षांशमा अवस्थित भए पनि यसका केही दक्षिणी भागहरु मेक्सिकोको अक्षांशमा र केही उत्तरी भागहरु क्यानाडाको अक्षांशमा अवस्थित छन्। यसरी चीनको भूगोल जमाउने जाडो देखि उमाल्ने गर्मीसम्म फैलिएको छ। अमेरिका ‘समुद्र देखि चम्किलो समुद्र’ सम्म फैलिएको छ भने, चीन प्रशान्त महासागर देखि मध्य एसियासम्म फैलिएको छ। वास्तवमा यस ग्रहको सबैभन्दा भित्रि भूभाग चीनको सुदुर उत्तर पश्चिममा पर्दछ।

    चीनको सुदूर पूर्व उत्तरमा रहेको हेइहे नामक स्थान  रुसको सिमानामा छ। त्यही हेइहे नामक स्थानबाट दक्षिणमा वर्मा (म्यानमार) तेङ्चोङसम्मको एक काल्पनिक रेखा छ। यो रेखा हेइहे – तेङ्चोङ लाइनले प्रख्यात छ, जुन रेखाले चीनलाई आधा भागमा विभाजन गर्छ। यहाँ ध्यान दिनुपर्ने के छ भने यो रेखाको पूर्वमा कूल जनसंख्याको ९६% प्रतिशत र पश्चिमपट्टी ४ प्रतिशत मात्र बस्दछन्। त्यसकारण चीनको म्याप केलाउँदा के बिर्सनु हुँदैन भने त्यहाँ जे भइरहेको छ त्यसमध्ये अधिकांश गतिविधि चीनको पूर्वी आधा भागमा भइरहेको छ।

    यहाँ अर्को एउटा साच्चै महत्वपूर्ण रेखाको बारेमा कुरा गरौ: त्यो रेखा भूमध्य रेखा भन्दा ३०° उत्तरको अक्षांश हो। यो रेखावरपर संसारका सबैभन्दा पुराना चारवटा सभ्यताहरु इजिप्ट, मेसोपोटामिया, इन्दू घाटी र चीनिया सभ्यता प्रादुर्भाव भएका थिए। त्यसपछिका सभ्यताहरु उत्तर वा दक्षिणतिर फैलिँदै गए तर शुरुवात यसै महत्वपूर्ण अक्षांश रेखामा भएको थियो।

    सभ्यताको प्रादुर्भावका लागि नदीको उपत्यका अर्को आवश्यक तत्व हो। प्राचीन इजिप्टमा नील र चीनमा याङजी (वा यांग्तसी, जुन संसारको तेस्रो सबैभन्दा लामो नदि हो) नदी वरिपरि सभ्यता जन्मिए। नील नदीको विपरीत, याङजी नदी ३० डिग्री अक्षांशलाई पछ्याउदै पश्चिमबाट पूर्व बग्छ। जसले एकै खालको हावापानीमा ठूलो भूभागमा सभ्यता फैलिन र आदानप्नदान गर्न मद्दत पुर्‍यायो र पुर्‍याउँछ। त्यस्का अतिरिक्त उत्तरतिर त्यति धेरै टाढा पनि होइन, अर्को ठुलो नदी ह्याङ् हे (येलो रिभर) बग्दछ। अझै राम्रो कुरा त के भने दुवै नदी जुन भागमा बग्दछन्, ती मलिला छन्। सुख्खा छैनन्। सहायक नदीहरू (र त्यसपछि नहरहरू) ले तल्लो याङ्जी मैदान र उत्तरी चीनको मैदानलाई जोड्न सहयोग पुर्‍याउँछन्। र यसरी विशाल तथा सुसंगत चीनियाँ मुख्यभूमि फस्टाउँछ।

    यी दुवै नदीका उपत्यकमा नै चिनिया सभ्यता हजारौं वर्षदेखि विकसित भयो र चारैतिर फैलियो।

    १. वुहान: चीनको चारबाटोमा फैलिएको शहर
    ल अब वुहानतिर फर्कौं‌ । यो शहर स्वाभाविक रुपले चीनको चौबाटो भनेर चिनिन्छ।

    यो याङ्जी नदीको समुद्रमा मिसिने स्थानबाट हजार किलोमिटर भित्री भूभागमा बसेको छ। यसको हजार किलोमिटर उत्तरमा बेइजिङ् पर्दछ। हजार किलोमिटर पूर्व नदि किनारमा संघाई छ। हजार किलोमिटर दक्षिण पर्ल नदि डेल्टा (जसमा ग्वान्जाओ, हङकङ् समेत पर्दछन्) छ। र हजार किलोमिटर पश्चिम (नदीको मुहान तिर) सेचुवाँका दुई वटा ठूला शहरहरु छोङ्छिङ् र छेन्दू छन्।

    वुहान हान र याङ्जी नदीको दोभानमा अवस्थित छ। यहाँ स्मरणीय के छ भने यही हान नदी किनारमा हान राजवंश स्थापित भयो। जसले यहाँ बसोबास गर्ने मानिसहरूलाई हान जातिको नाम दियो र यही जाति नै अहिले चीनको सबैभन्दा ठूलो जातीय समूहको रूपमा स्थापित छ।

    वुहान यसकारण यस भूमण्डलको सबैभन्दा बढी जनसंख्या भएको देश चीनको सबैभन्दा मध्यभागमा रहेको सहर हो।

    २. काइफेङ्- पश्चिमसँग पुरानो सम्बन्ध भएको शहर
    चीनका आठओटा प्राचीन राजधानी मध्ये एक शहर हो काइफेङ्। यो वुहान भन्दा ५०० किलोमिलोमिटर उत्तरमा पर्दछ। यो  चीनको दुख भनेर भनिने हाङ् हे नदीको दक्षिण किनारामा अवस्थित छ। तर यो अलिक सुरक्षित छ। यस शहरको जनसंख्या करिब १० लाख छ। र चिनिया सन्दर्भमा यसलाई त्यति ठूलो शहर मानिँदैन। तर एक विशेषता कारणले सम्झनु पर्ने हुन्छ- त्यो भनेको यहाँ विगत एक हजार वर्ष वा त्योभन्दा बढी समयदेखि यहुदी समुदाय समेत बसोबास रहेको छ।

    यहाँका यहूदी प्रार्थना घरहरु (सिनोगग) अहिले विलुप्त भइसकेका छन्। र यहूदीका सन्तान हौं भनी दावा गर्नेहरु पनि अन्तर्जातीय विवाह एवं सामाजिक घुलनले अन्य चिनियाँ सरह भइसकेका छन्। तथापि केही यहुदी परम्परा जीवित छन् भनिएपनि तिनको रुप र मात्रा ठम्याउन कठिन छ।

    ३. लानझाउ – प्रवेशद्वार शहर
    चीनमा   यहूदी(हरू)  सम्भवतः रेशम मार्गहरु (यहाँ “हरु” भनिएको लाई ध्यान दिनुहोस्) पछ्याउदै काइफेङमा पुगे होलान्। काइफेङ्लाई छोडेर (मतलब ह्वाङ् हे नदीको उँभो) पश्चिम तिर जादा त्योभन्दा ठूला शहरहरू झुङ्झाउ (जनसंख्या ६० लाख) र लिउओल्याङ् (जनसंख्या २० लाख) भेटिन्छन्। त्यहाँबाट खोलैखोला अझ अघि बढ्दा उत्तर चीनको समथल भूभाग नाघेपछि हामी अग्लो पहाडमा पुग्छौं। त्यहाँबाट ह्वाङ् हे नदी पनि अचानक उत्तरतिर मोडिन्छ। तर त्यसको एउटा शाखा नदि भने पश्चिम तिरबाट आइरहेको हुन्छ। त्यो शाखा नदि भनेको बेई हो। यसको किनारमा ७० लाख जनसंख्या भएको शियान शहर अवस्थित छ। त्यहीं हो टेराकोट्टा सेनाका मूर्तिहरू भएको ठाउँ।

    शियान शहर आइपुग्दा हामी काइफेङ् भन्दा ५०० किलोमिटर पश्चिम पुग्यौं। हामीले आफ्नो यात्रा बेई नदीको किनारै किनार उँभो खोलातिर जारी  राख्रायौं भने अलिक अगाडि येलो नदी भेट्छौं। यसरी शियानबाट ६ सय किलोमिटरको दुरीमा हामी भेट्छौं – लानझाउ शहर। ३० लाख जनसंख्या भएको यो शहर चीनको मुख्य भूमिसँग आउजाउ गर्ने उत्तरी रेशम मार्गको प्रवेशद्वार थियो। यो तिब्बती पठार गोवि मरुभूमि बीचमा एउटै धागोमा उनिएका विश्रामस्थली बजारहरु रहेका हेक्सी मार्गको प्रमुख गन्तव्य शहर थियो।

    यो मार्ग चिनियाँ सामानहरु रोमन साम्राज्यसम्म पुर्‍याउने कमजोर धमनी थियो। अहिले आएर चीनको व्यापारिक सामर्थ्यलाई युरेसियामा फैलाउन प्रायोजित विशाल संरचना निर्माण कार्यक्रम (बेल्ट एण्ड रोडको पहलकदमी- BRI) को महत्वपूर्ण प्रस्थान-विन्दु यही लानझाउ भएको छ।

    ४. थ्यानजिन (र बेजिङ्) – चीनको शिर
    अब हामी अझ पश्चिमतिर सिनझ्याङ प्रान्त (उइघुर मुसलमानको बासस्थल) तिर नगई काइफेङ् तिर फर्कौं। र अन्ततोगत्वा हामी बोहाई समुद्र (यलो सी को सबैभन्दा भित्री कुनो) पुग्छौं। त्यही किनारको केही उत्तरतिर गयौं भने थ्यानजिन बन्दरगाह शहर पुग्छौं। जुन एक करोड ५० लाख जनसंख्या भएको संसारका सबैभन्दा ठूला शहरहरु मध्ये एक हो। प्रतिव्यक्ति आयमा पनि यो चीनका अन्य शहर भन्दा अगाडि छ। तर यो किन संघाई र हङकङ जस्तै पश्चिमा मुलुकहरूमा घरघरमा चिनिने नाम भएन? यसको कारण खोज्न सय किलोमिटर उत्तरपश्चिममा आँखा लगाउनु पर्छ। जहाँ दुई करोड १० लाख जनसंख्या भएको अझ ठूलो शहर छ, त्यसको नाम हो, बेजिङ्। जो चीनको राजधानी पनि हो,जसले थ्यानजिनलाई छायामा पारेको छ।

    तर बेजिङ्ले कसरी सारा चीनमा शासन गर्न सक्यो त? राजधानी किन चीनको बीच भागमा, मतलब यी दुई ठूला नदीको किनारमा बसाइएन? यसको जवाफ हुनसक्छ- बेजिङ् मध्य देश (middle kingdom) को मध्यमा नभएर उत्तरी चिनिया मैदानको उत्तरमा अवस्थित छ जुन घुमन्तु आक्रमणकारीहरुलाई रोक्ने लक्ष्मण रेखा हो।

    प्राकृतिक तवरले पहाडहरूको सुरक्षा घेरा र पछि गएर ग्रेटवालको सुरक्षा भेलालाई मनन गर्ने हो भने बेजिङ्‍को रणनीतिक महत्व माथि शङ्का रहँदैन। चीनको मुख्य भूमिको सुरक्षा संयन्त्रको नियन्त्रण गर्दै सम्पूर्ण प्राधिकार उपयोग गर्ने गरी बेजिङ‍को स्थापना र विकास भएको छ।

    ५. हार्वोन – हिउँ शहर
    मंगोलिया (भित्री मंगोलिया चिनियाँ प्रवेशद्वार हो भने बाहिरी मंगोलिया स्वतन्त्र देश हो) बेजिङ्भन्दा उत्तरमा अवस्थित छ। उत्तरपूर्वमा विशाल मैदान भएको मंचुरिया अवस्थित छ। जहाँ चीनको सिमाना रुस र कोरियासँग ठोक्किन्छ।

    जापानीहरुले पनि मंचुरिया हडप्न धेरै कोसिस गरेका हुन्। १९३० मा जापानले यो भूमि अधिकरण गरेर त्यहाँ मंचुकुओ नामको कठपुतली सरकार स्थापना गर्‍यो। त्यो सरकारको गठन कठपुतली शासकका रूपमा जापानले मंचु जातीय समुदायको चीङ राजवंशका अन्तिम र अपदस्थ सम्राट पुयीलाई सजावटका रुपमा राख्यो।

    अहिले आएर मंचुहरु चीनमा सानो अल्पसंख्यकका रुपमा रहेका छन्। र मंचुरियामा माओ कालमा औद्योगीकरणको अभियान चलाइएको थियो भने आज यो चीनको खिया परेको ठाउँका रूपमा उंघिरहेको छ। जसलाई त्यहाँभन्दा दक्षिण तिरका समुद्री किनारका शहरहरूको अतुल्य वृद्धिले धेरैपछि छाडेको छ।

    यस प्रान्तको सबैभन्दा ठुलो शहर हार्बोन हो, जसको जनसङ्ख्या ५० लाख छ। बेजिङ् भन्दा हजार किलोमिटर उत्तरपूर्वमा अवस्थित यो सहर कठ्यांग्रिने हिउँदमा मनाइने बरफका मूर्तिहरूको भव्य जात्राका लागि प्रसिद्ध छ।

    त्यति उत्तरी पूर्वमा भएर पनि यो शहर रुसी सिमाना भन्दा ५ सय किलोमिटर दक्षिणमा पर्दछ। यो हेइहे-तोङ्चेङ् रेखा (माथि उल्लेखित) को उत्तरी कुनामा पर्दछ।

    चीन धेरै ठूलो छ भनि मैले भनेको थिएँ, हैन?

    ६. छिङ्दाओ-जर्मनीको उहिलेको हङकङ्
    हार्बिनबाट बेजिङ् फर्कौ। अब म यहाँ संसारकै सबैभन्दा लामो चीनको विशाल नहर(Grand canal) का बारेमा केहि भन्छु। यो नहर पछ्याउँदै जाँदा बेजिङ्बाट थ्यानजिन पुगिन्सँछ (यद्यपि यो नहर त्यहाँबाट पनि अझ धेरै दक्षिणमा पर्ने ९० लाख जनसंख्या भएको हान्जाउसम्म पुग्छ) र थ्यानजीनबाट समुद्रको किनारैकिनार दक्षिण लाग्पयौं भने पहेलो नदी (Yellow River) र समुद्रको संगमका नाघ्दै सानदोङ् प्रायद्वीप पुगिन्छ। जसको एउटा चोसो कोरिया तिर फर्किएको छ। त्यो प्रायद्विपको टुप्पामा ब्रिटिस साम्राज्यको हाल बिर्सीसकिएको एउटा अंश छ- वेइहाईवेइ। यो भूभाग चीनले ब्रिटेनलाई सन् १८९८ मा भाडामा दिएको थियो र यसलाई सन् १९३० मा चीनलाई फिर्ता दिइयो। यो भू-भागको आफ्नै झण्डा समेत थियो जसमा ब्रिटेनको युनियन ज्याक र चिनिया पानीहाँस अंकित थियो।

    यस प्रायद्विपको दक्षिणपट्टि छिनदाओ नाम गरेको बन्दरगाह शहर छ। यसको जनसंख्या ६० लाख छ जुन बर्लिन वा मेड्रिड भन्दा ठूलो हो। तर त्यत्रो शहर भएपनि पश्चिममा यो घरघरै सुनिने नाम भएको छैन। तर तपाईहरुलाई “सिङ्ताओ” भन्ने शव्द कतै सुने सुने जस्तो लाग्न सक्छ- यो एउटा बियरको नाम हो। र यही शहरमा सन् १९३० मा जर्मनहरुले “सिङ्ताओ” बियर कारखाना स्थापना गरेका थिए।

    स्मरण गराउँ कि छिन्दाओ केही कालका लागि जर्मनीलाई भाडामा दिइएको भूभाग थियो। वास्तवमा जर्मनले खोसेको थियो।  त्यतिबेला चीनलाई गर्ने जर्मनीले गर्ने व्यवहारको एउटा थप नमुना बिदेशी लुटेराहरुकै जस्तै थियो। पहिलो विश्व युद्ध सुरु भएपछि ब्रिटेनको सहयोगमा जापानले यो भूभाग जर्मनीबाट खोस्यो ।

    सन् १९२२ मा यो चीनलाई फिर्ता गरियो। तर सानो १९३८ मा जापानीहरुले यसलाइ फेरि कब्जा गरे।

    चीनले विदेशी हस्तक्षेपको विरोध त्यसै गरेको कहाँ हो र?

    ७‍. बेनझाउ- चीनको जेरुसलम
    अब हामी समुद्र किनारैकिनार केही सय किलोमिटर दक्षिणतिर जाऔं। हामी याङ्जी नदी र समुद्रको संगमलाई छिचोल्दै संघाई र यसको उपनगरहरु (कुल जनसंख्या ३ करोड ४० लाख) लाई टाढैबाट नमस्कार गर्दै अघि बढौं।

    यस विशाल नदीको दक्षिणतिर हामीलाई अर्कै चीनको अनुभूति हुन्छ। गरम हावापानी र स्वभावतः बढी आद्रता  अलिक अग्लो भूबनोट कहीँ कहीँ पहाडी भूभाग र मुख्य अन्न बाली गहुँ नभएर धान उव्जाउ हुने टार पुगिन्छ।

    यहाँ एउटा बुझाइ छ- धानखेती अत्यन्त चुनौतीपूर्ण भएकाले यसले यसमा सम्मिलित हुनेहरूको छुट्टै प्रकारको सांस्कृतिक मनोविज्ञान निर्माण गरेको छ। जुन अन्तरनिर्भरतायुक्त तथा धार्मिक भावनाले ओतप्रोत छ (जुन उत्तरको काँठे व्यक्तिवादी संस्कृतिको ठीक उल्टो छ) त्यस अतिरिक्त दक्षिणका बासिन्दाहरुमा सुदृढ व्यापारिक परम्पराले जरो गाडेको छ। यो स्थान उत्तरको जस्तो विशाल खुल्ला फाँटमा छैन । यसकारण दक्षिणका समुद्री किनारका शहरहरुमा चीन भन्दा बाहिरका विशाल विश्वमा विचरण गर्ने परम्पराले जरा गाडेको छ।

    र यी दक्षिणी शहर नै ती माध्यम बने जहाँबाट बाँकी विश्व चीन प्रवेश गर्न थाल्यो। उदाहरणका लागि संघाई भन्दा ५ सय किलोमिटर दक्षिणमा रहेको ३० लाख जनसंख्या भएको वेनझाउ शहर । जसलाई चिनियाँ क्रिस्टियानिटीको सबैभन्दा लामो र स्थापित परम्परा रहेका कारणले ‘चीनको जेरुसलम’ का रूपमा चिनिन्छ।

    ८. सियामेन – चिनियाँ प्रवासीहरुको बहिर्गमनको ढोका
    वेनझाओ भन्दा अझ दक्षिण समुद्री किनारैकिनार गएपछि, ताइवानको ठीक वारिपट्टी हामी सियामेन बन्दरगाह शहर (जसलाई एमोय पनि भनिन्छ) मा पुग्छौ‌ं।

    शहर लामोसमयदेखि चिनियाँ आप्रवासीहरुको बहिर्गमन स्थल रहेको छ। शताब्दीयौंदेखि विदेशमा रहेका चिनियाँ आप्रवासीहरु अधिकांश यसै भेगका दक्षिणी प्रान्तहरुबाट (जसमा फुजियान प्रान्त समेत पर्छ र जसको सबैभन्दा ठुलो शहर नै सियामेन हो) बाहिरिएका छन्। यसैकारणले संसार भरि छरिएका चिनियाँ समुदायले होक्कियन भाषा एवं सियामेन संस्कृति अनुसरण गर्छन्- खासगरी ताइवान र सिंगापुरमा।

    सियामेनको भूगोलको चाखलाग्दो कुरा के छ भने यो ताइवानबाट कहीं ३ सय किलोमिटर टाढा र कहीं दुई किलोमिटरमात्र टाढा छ। किनभने सियामेन भन्दा दुई किलोमिटर टाढा रहेका किनमिन टापुहरू अझै ताइवानको अधिनमा छ- जमेर बसेको द्वन्द्वको ऐतिहासिक विरासत।

    ९. पर्ल नदी उपत्यका- संसारको राजधानी?
    यहाँभन्दा अझै दक्षिण जाँदा हामी अर्को एउटा विशेष भूभागमा पुग्छौं- हङकङ। यो जे जस्तो छ विशेष छ, त्यो त छँदैछ तर त्यो पर्ल नदी उपत्यका शहरी समुच्चयको एउटा भाग पनि हो, जसमा दोङगुआन,सेनझेन,ग्वान्जाओ, फोसान, जिंगनान र मकाओ समेत पर्दछन्। जुन सबै मिलेर बिस्तारै एउटा ठुलो शहरको रुप ग्रहण गर्दैछन् र जसको कुल जनसंख्या ६ करोड छ।

    नजिकपनाले एकाकार भएपनि यिनीहरु राजनीतिक कारणले त विभाजित छन् नै ( किनकि हङकङ र मकाओ विशेष प्रशाशनिक क्षेत्र अन्तर्गत पर्छन्) भाषागत भिन्नता समेत छ। दक्षिण चीन भाषिक विविधता भएको क्षेत्र हो। क्यान्टोनिज, होक्काइयान र त्यस क्षेत्रका अन्य भाषाहरु चीनियाँ भाषाको भाषिका भन्दा धेरै बढी हुन्। बोलिचालीमा यी भाषाहरु बोल्ने र मन्डारिन चीनियाँ भाषा बोल्ने दुबैका लागि अवोधगम्य छन्।

    १०. छोङछिङ र छेन्दू – भित्री चीन
    पर्ल नदी उपत्यकाबाट १ हजार किलोमिटर उत्तर गयौं भने हामीले यात्रा शुरु गरेको याङ्जी नदीको किनारामा अवस्थित वुहानमा पुग्छौं। त्यहाँबाट हामीले हाम्रो यात्रा उंभो खोलातिर गरौं। हामी पश्चिमतर लाग्यौं भने पहाडी भूभाग आउन थाल्छन्। तर ती भूभाग तिब्बती पठार भने होइनन्। त्यहाँ पुग्नु अगावै, हामी थ्री गोर्जेज् पार गर्छौं। र सिचुवानको समतल भूमि प्रवेश गर्दछौं। जुन विशाल रुपमा फैलिएको मलिलो मैदान त हुँदै हो र चारैतिर पहाडले घेरिएको समेत छ।

    यो चीनको अन्नदाता भूभाग त हुँदै हो। यहाँ दुईवटा विशाल औद्योगिक शहरहरु समेत छन्, ती हुन्- पूर्वपट्टीको छोङ्छिङ् र पश्चिमपट्टीको छेन्दू।

    छोङ्छिङ्‍को सम्पूर्ण भूभाग करिब अष्ट्रिया जत्रो छ। छोङ्छिङ्लाई संसारको सबैभन्दा ठूलो शहरका रुपमा गणना गरिएको पनि पाइन्छ तर यसको बुझाइमा अलिक फरक परेको छ, किनभने  जसमा यस प्रान्तका अन्य साना शहर एवं बस्तीहरु समेत गाभिएका छन्। त्यसो हुँदाहुँदै पनि छोङ्छिङ् महानगरमा विस्तारित हुँदो छ र हाल यहाँ १ करोड ८० लाख मानिस बसोबास गर्दछन्।

    छोङ्छिङ्बाट करिब ४ सय किलोमिटर पश्चिम जाँदा सेचुवान समतल भूमिको कुनामा छेन्दू शहर अवस्थित छ। १ करोड २० लाख जनसंख्या भएको यो शहर चीनको अन्तपुर राष्ट्रिय मर्मस्थली हो। दोस्रो विश्वयुद्धताका जित्दै आइरहेका जापानीसँग बच्न चीन सरकारले यसै स्थानलाई राजधानी बनाएको थियो। चीनमा भएका ठूला शहरहरु मध्ये यो पनि एक हो। यो शहर सबभन्दा अन्तिममा कम्युनिस्टहरूको हातमा परेको थियो।

    र, छेन्दूको नजिकै  तिब्बती पठारमा उक्लनु अघि हामी अन्तिम आश्रममा छौं। त्यो हो चीनको ठूलो पाण्डाको बासस्थली। र यो बासस्थली नै अहिलेलाई हाम्रो यात्राको अन्तिम पढाव हो भन्ने मानौं !

    यस लेखका लेखक पिटर फ्रांकलिन unherd (unherd.com) का सहायक सम्पादक हुन्। उनी यसअघि पर्यावरण एवं सामाजिक मामलाहरुका नीति परामर्शदाता एवं भाषामा लेखक थिए। यो लेख unherd नामको डिजिटल पत्रिका बाट लिएको हो अनुवाद – यमनाथ बराल।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पिटर फ्रांकलिन

      पिटर फ्रांकलिन

      लेखक पिटर फ्रांकलिन unherd (unherd.com) का सहायक सम्पादक हुन्। उनी यसअघि पर्यावरण एवं सामाजिक मामलाहरुका नीति परामर्शदाता एवं भाषामा लेखक थिए।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.