Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भन्सारदर कटौतीसँगै विशाल ग्रुपले ल्याउने चकलेट ६६० प्रतिशत बढ्यो, नीतिगत चलखेल पुष्टि

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ १८, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सरकारले चकलेटको भन्सार दर १० प्रतिशत विन्दूले घटाएसँगै विशाल ग्रुपले ल्याउने चकलेटको आयातमा उच्च वृद्धि देखिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटमा चकलेट आयातको भन्सार ४० प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारेका थिए ।

    विशाल ग्रुपले ल्याउने चकलेटको भन्सार दर घटाएको भन्दै अर्थमन्त्री खतिवडाको सडकदेखि सदनसम्म चर्को विरोध भएको थियो । भन्सारदर घटेसँगै ग्रुपले चकलेट आयातलाई पनि बढावा दिइरहेको तथ्यांकले पुष्टि गर्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनमा ३८ हजार ६७१ किलो चकलेट आयात भएकोमा चालू वर्षको साउनमा २ लाख ९३ हजार ५९० किलो चकलेट नेपाल भित्रिएको छ ।

    यो आयात गत आवको सोही अवधिको तुलनामा ६६० प्रतिशत बढी हो । दर कम हुने बित्तिकै चकलेट आयातमा व्यापक वृद्धि हुनुले भन्सार घटाउँदा नै नीतिगत चलखेलको पुष्टि भएको भन्सार विभागका अधिकारीहरुले बताएका छन् ।

    ‘चालू आवको साउनमा जसरी चकलेट आयात भएको छ । यो अत्यधिक वृद्धि हो’ भन्सार विभागका एक उच्च अधिकारीले भने, ‘अत्यावश्यक बाहेकका र आम नागरिकको पहुँच भन्दा बाहिरको खाद्य वस्तुको आयातमा तीब्र हुँदा विदेशी मुद्रा सञ्चितिमा समेत ठूलो असर गर्छ ।’

    ती अधिकारीले चकलेट आयात वृद्धिको यो रफ्तारले आन्तरिक रुपमा उत्पादन हुने चकलेटहरुको खपतमा पनि गम्भीर गर्ने बताए । सरकारका प्रमुखदेखि अर्थमन्त्रीसम्म गहिरो पहुँच बनाएका विशाल ग्रुपको प्रभावमा आएर अर्थमन्त्री खतिवाडले बजेटमा भन्सार दर घटाउँदा अहिले चकलेट आयात व्यापार वृद्धि देखिएको हो ।

    ग्रुपका उपाध्यक्षद्वय त्रिलोक अग्रवाल र तुलसी अग्रवालदेखि प्रवन्ध निर्देशक अशोक अग्रवालसम्म अर्थमन्त्री खतिवडाको भान्सासम्म पहुँच राख्छन् । त्यही पहुँचका आधारमा खतिवडाले भन्सारदर परिवर्तन गरेर ३० प्रतिशतमा झारेका थिए । चकलेटको भन्सारदर घटेपछि नीतिगत भष्ट्राचार बढेको भन्दै अर्थमन्त्री खतिवडालको नैतिकतामाथि प्रश्न उठेको छ ।

    भन्सार विभागका अनुसार गतवर्ष हार्मोनी कोर्ड (एचएस) मा १८०६९०१० मा चकलेट आएका थिएनन् । तर, चालू आवका माथि उल्लेखित एचएस कोर्डमा झण्डै ४५ हजार किलो चकलेट आएको छ ।

    त्यसैगरी, एचएस कोर्ड १८०६३२०० अन्तर्गत ४२ हजार १८४ किलो चकलेट आयात आएको देखिएको छ । गत आवको उक्त एचएसको कोर्डमा चकलेट आएको भएको थिएन ।

    त्यसैगरी, एचएस कोर्ड १८०६३१०० अन्तर्गत चालू आवमा २२ हजार ७५७ किलो चकलेट आयात भएको देखिएको छ । गत आवको सोही अवधिमा उक्त एचएस कोर्ड अन्तर्गत चकलेट आएको भएको देखिएको छैन् ।

    विभागका अनुसार चालू आवको साउन महिनामा एचएस कोर्ड १८०६१००० मार्फत ८ हजार ४१३ केजी चकलेट आयात भएको छ । त्यसैगरी, १८०६२००० एचएस कोर्डमार्फत ९० हजार ७९१ किलो, एचएस कोर्ड १८०६३१०० एचएस कोर्डमार्फत २२ हजार ७५७, एचएस कोर्ड १८०६३२०० एचएस कोर्डमार्फत ४२ हजार १८४ किजी, एचएस कोर्ड १८०६९०१० मार्फत ४५ हजार किलो चकलेट आयात भएको देखिएको छ । एचएस कोर्ड १८०६९०९० मार्फत ८५ हजार २६१ किलो चकलेट आयात भएको छ ।

    उक्त एचएस कोर्डमार्फत नेपाल भित्रिने चकलेटहरु धनाढ्य व्यक्ति मात्रै खान्छन् । यी चकलेटमा सामान्य मान्छेको पहुँच हुँदैन । तर, पनि खतिवडाले सोही चकलेटको भन्सार घटाएका हुन् । चकलेटमा घटाएको भन्सारदरलाई बढाएर पूर्ववत् अवस्थामा पुर्याउन सांसद्देखि अर्थ मन्त्रालयका कर्मचारीहरुले लविङ गरिरहेका छन् । -क्यापिटल नेपाल

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.