प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको संसद विघटनको घोषणाको विरुद्धमा विभिन्न महिला संगठनहरूको संयुक्त जुलुस काठमाडौंमा निक्लेको छ। रत्नपार्कको शान्तिबाटिकाबाट निस्केको जुलुस भोटाहिटी, न्युरोड र बीर अस्पतालछेउ हुँदै शान्ति बाटिकैमा पुगेर सभामा परिणत भएको थियो।
शान्ति बाटिकामा पुगेपछि महिला संगठनका वक्ताहरूले खड्ग ओलीको कदम असंवैधानिक भएको बताउँदै त्यसविरुद्ध जनता सडकमा उत्रनुपर्ने बताएका थिए ।