Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महिला : संविधानमा समावेशी/समानुपातिक, राज्यका संयन्त्रमा बहिष्कृत

सहयोगीबाट सहयोगीबाट
फाल्गुन २४, २०७७
- समाचार
A A
0
स्रोत : नेपालवाच

स्रोत : नेपालवाच

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -सुवास भट्ट-

    संविधानले राज्यका सबै संयन्त्रमा समावेशी समानुपातिक सिद्धान्तका आधारमा महिलाको सहभागीता हुने सुनिश्चितता गरेको छ । तर, व्यवहारमा भने त्यस्तो देखिन्न । महिला विभेदका सामाजिक आयामलाई वेवास्ता गरिदिने हो भने पनि राज्यका संयन्त्रहरूमा महिलाको सहभागिता निरासाजनक देखिन्छ ।

    नीति निर्माण गर्ने स्थान संसद्देखि त्यसको कार्यान्वयन गर्ने कार्यपालिका तथा न्यायालय हुँदै प्रशासनयन्त्रमासमेत महिलाको सहभागिता उत्साहप्रद छैन । राजनीतिक दल आफैं पनि महिला सहभागिता र प्रतिनिधित्वका लागि निकै कञ्जुस देखिएका छन् ।

    नेपालवाचले राज्यका अंगमा महिलाको प्रतिनिधित्व तथा सहभागिता कस्तो छ भन्नेबारे तथ्यांक संकलन गरेको छ ।

    २५ सदस्यीय संघीय मन्त्रीपरिषद्मा चार महिला, प्रदेशमा ४६ मन्त्री हुँदा पाँचमात्र महिला

    महिलालाई भूमिका दिने मामिलामा सरकार आफैं सबैभन्दा कमजोर देखिएको छ । यो संघीय सरकार र प्रदेश सरकारमा महिला मन्त्रीहरूको संख्या हेर्दा प्रष्ट हुन्छ ।

    अहिले संघीय मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २५ जना मन्त्री/राज्यमन्त्री छन् । तर, त्यसमा जम्मा चार जनामात्र महिला मन्त्री छन् ।

    संघीय मन्त्रिपरिषद्मा कृषि तथा पशुपन्छी मन्त्री पद्माकुमारी अर्याल, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय जुलीकुमारी महतो र उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक छन् ।

    संघमामात्र होइन, प्रदेशको पनि उस्तै हालत छ । प्रत्येक प्रदेशमा मुख्यमन्त्री कार्यालयबाहेक ६ मन्त्रालय रहने संवैधानिक व्यवस्था छ । जसअनुसार सात प्रदेशमा ४२ मन्त्रालय छन् ।

    अहिलेसम्म कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री छैनन् भने मन्त्रीहरू पनि अत्यन्त न्यून छन् । सबै प्रदेशमा गरेर ४६ जना मन्त्री बहाल रहँदा त्यहाँ ५ जनामात्र महिला मन्त्री छन् ।

    संसद्मा महिलाको निरासाजनक उपस्थिति

    राज्यका नीति निर्माण गर्ने महत्वपूर्ण स्थान संसद् हो । तर, त्यहीं महिलाको प्रतिनिधित्व न्यून छ । प्रत्यक्षतर्फको कोटामा अत्यन्तै न्यून रहेका महिलाको संख्यालाई समानुपातिक कोटाद्धारा बल्लबल्ल पूर्ति गरिएको छ ।

    अहिले संघीय संसद्को प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाट निवाचित सांसद्को कुल संख्या एक सय ६५ छ, जहाँ महिलाको संख्या ६ जनामात्र छ । यसलाई समानुपातिक प्रणालीबाट पूर्ति गरिएको छ । समानुपातिकतर्फका एक सय १० मध्ये ८४ जना महिला छन् । त्यस्तै, राष्ट्रिय सभाका ५९ सांसद्मन्धे २२ जना महिला छन् ।

    समग्रमा संघीय संसद्मा तीन सय ३४ जना सांद् हुँदा महिला सांसद् एक सय १२ मात्र छन् ।

    प्रदेश सभामा पनि उस्तै निरासाजनक स्थिति छ । सातै प्रदेशका प्रदेश संसद्मा कुल पाँच सय ५० प्रदेश सांसद् हुँदा त्यहाँ महिला एक सय ८९ जनामात्र छन् । प्रत्यक्षबाट निर्वाचित कुल तीन सय ३० मध्ये १७ जनामात्र महिला छन् । समानुपातिक तर्फ भने कुल दुई सय २० मध्ये एक सय ७२ जना महिला सांसद् छन् ।

    स्रोत : नेपालवाच

    न्यायालयले नै गरेन महिला सहभागितालाई न्याय

    मुलुकमा न्याय निरुपण गर्ने निकायले नै महिला सहभागितालाई अन्याय गरेको छ । न्याय निरुपण गर्ने अन्तिम थलो सर्वोच्चदेखि जिल्ला अदालतसम्मै महिला सहभागिता दयनीय छ ।

    सर्वोच्च अदालतमा १९ न्यायाधीश हुँदा त्यहाँ तीन जनामात्र महिला न्यायाधीश छन् ।

    न्याय परिषद्को विवरण अनुसार देशभरका उच्च अदालतहरूमा एक सय ४२ न्यायाधीश हुँदा १७ जनामात्र महिला छन् ।

    जिल्लागत संरचना भएका मुलुकभरका जिल्ला अदालतमा दुई सय ५७ न्यायाधीश छन् । तर, त्यहाँ महिला सहभागिता नगन्य जस्तै छ, जहाँ १२ जनामात्र महिला न्यायाधीश छन् ।

    राजनीतिक दलमा पनि थिचिए महिला

    राज्यका अंगमामात्र होइन राजनीतिक दलमा पनि महिला उसैगरी थिचिएका छन् । यो मुलुकका दुई ठूला राजनीतिक दल नेकपा र नेपाली कांग्रेसको केन्द्रीय समितिमा महिलाको सहभागिताले प्रष्ट पारेको छ ।

    नेकपामा हाल चार सय ४१ केन्द्रीय समिति छ । पार्टी राजनीतिक रुपमा विभाजित भइसके पनि औपचारिकता पाइसकेको छैन । यति ठूलो केन्द्रीय समितिमा महिलाको उपस्थिति भने ७० जनामात्र छ । यो करिब १६ प्रतिशतमात्र हो ।

    मुलुकको दोस्रो ठूलो दल नेपाली कांग्रेसको हालत पनि यस्तै छ । उक्त दलको हाल ८५ सदस्यीय केन्द्रीय समिति छ । जसमा १६ जनामात्र महिला छन् ।

    सरकारका निकायहरूमा पनि दयनीय महिला सहभागिता

    सरकारी निकायहरूमा पनि महिला सहभागिता न्यून छ । राज्यको निजामति सेवा, सुरक्षा निकाय, शिक्षक, स्वास्थ्यकर्मीमा पनि महिला सहभागिता असाध्यै कम छ ।

    अहिले संघ, प्रदेश र स्थानीय तहमा गरेर ८९ हजार आठ सय ५१ निजामती कर्मचारी रहेका राष्ट्रिय किताबखाता (निजामती) को तथ्यांक छ । तर, त्यहाँ पनि महिला निकै कम छ । विभागको तथ्यांक अनुसार अहिले संघदेखि स्थानीय तहसम्म कायम रहेका महिला कर्मचारीको संख्या २३ हजार ६ सय ८६ मात्र छ ।

    राज्यका अन्य निकायको तुलनामा नेपाली सेनामा महिला सहभागिता सबैभन्दा न्यून छ । हाल सेनाको संख्या करिव ९८ हजार छ । तर, त्यहाँ महिलाको संख्या ६ हजार एक मात्र छ ।

    त्यस्तै, नेपाल प्रहरीमा पनि महिला सहभागिता उत्साहप्रद छैन । हाल प्रहरीको संख्या करिव ७९ हजार पाँच सय छ, तर त्यहाँ ६ हजार आठ सय ४० मात्र महिला छन् । यसैगरी ३७ हजार एक सय १६ जना सशस्त्र प्रहरीमा दुई हजार नौ सय १६ मात्र महिला छन् ।

    स्थानीय तह, शिक्षक र डाक्टरमा महिला सहभागिता तुलनात्मक रुपमा बढी

    स्थानीय तह, शिक्षक र स्वास्थ्य क्षेत्रमा तुलनात्मक रुपमा महिला सहभागिता बढी देखिन्छ ।

    मुलुकभरका सात सय ५३ स्थानीय तहमा ३५ हजार ४१ जना जनप्रतिनिधि छन् । त्यसमा १४ हजार तीन सय ५२ जना महिला जनप्रतिनिधि छन् । यो करिब ४१ प्रतिशत हिस्सा हो ।

    महिला सहभागिताका दृष्टिले शिक्षा क्षेत्र पनि केही सन्तोषजनक देखिन्छ । सामुदायीक, संस्थागत (निजी) र धार्मिक विद्यालयहरूमा हाल दुई लाख ५२ हजार पाँच सय २२ जना शिक्षक रहेका शिक्षा मन्त्रालय अन्तर्गको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांक छ । ती शिक्षकमध्ये एक लाख आठ हजार दुई सय ९५ महिला शिक्षक हुन् ।

    सामुदायीक विद्यालयमा कार्यरत् एक लाख ८६ हजार तीन सय सातमध्ये ७३ हजार दुई सय ९७ जना महिला हुन् । त्यस्तै, निजी विद्यालयमा ६६ हजार दुई सय ११ जना शिक्षक छन्, जहाँ ३४ हजार नौ सय ९४ जना महिला शिक्षक छन् । यसैगरी धार्मिक विद्यालयहरूमा एक हजार सात सय २७ जना शिक्षक छन्, त्यसमध्ये चार सय जना महिला शिक्षक हुन् ।

    यस हिसाबले शिक्षा क्षेत्रमा महिला सहभागिता हिस्सा करिब ४३ प्रतिशत देखिन्छ ।

    त्यस्तै, स्वास्थ्य क्षेत्रमा पनि महिला सहभागिता सन्तोषजनक नै देखिन्छ । नेपाल मेडिकल काउन्सिलका अनुसार काउन्सिलमा अहिलेसम्म २८ हजार चार सय ७७ जना मेडिकल डाक्टरहरू दर्ता छन् । त्यसमध्ये १० हजार चार सय ८२ जना महिला छन् । यो संख्याको महिला सहभागिता करिब ३७ प्रतिशत हो । – नेपालवाच

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.