Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीले जबजको घाँटी रेटिसकेः के को आइ एम वीथ केपी ओली ?

सहयोगीबाट सहयोगीबाट
पुस २१, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अघि यहाँ चर्चा भयो। हामी बहुदलीय जनवादी एक हौं। म कमरेडहरूलाई भन्न चाहन्छु। म पनि बहुदलीय जनवादी हुँ। म नेकपा एमालेको पाँचौँ महाधिवेशनको प्रतिनिधि हो। जहाँ मैले मदन भण्डारीको विचारलाई भोट हालेको मान्छे हुँ। त्यो बहुदलीय जनवादका केही पक्ष म तपाईँहरूलाई सम्झाउन चाहन्छु। मदन भण्डारीले बहुदलीय जनवादका १४ वटा विशेषता लेख्नुभयो। के-के लेख्नुभयो भने- संविधानको सर्वोच्चता, कानूनी राज्य, विधिको शासन, शक्तिपृथकीकरण, बहुमतको शासन, अल्पमतको विपक्ष। यी कुराहरू उहाँले लेख्नुभयो। आज हाम्रो प्रश्न छ। केपी ओलीले संसद् विघटन गरिरहँदा बहुदलीय जनवादको उहाँले कुन पक्षलाई बोक्नुभयो ? र आज बहुदलीय जनवादी एक हौं भनिरहनुभएको छ। संविधानको सर्वोच्चतालाई बोक्नु भयो ? उहाँले त संविधान च्यात्नु भयो। विधिको शासनको कुरा गर्नुहुन्छ भने- दनादन संसद् नभएको बेला अध्यादेश ल्याउनुभयो। पार्टी फुटाउने अध्यादेश, संवैधानिक नियुक्तिमा अध्यादेश र संसद्लाई बाइपास। कसरी यो विधिको शासन हुन्छ ?

    तेस्रो पक्ष शक्तिपृथकीकरण। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यी स्वतन्त्र छन्। र एकअर्काको बीचमा नियन्त्रण र सन्तुलनको सिद्धान्तबाट चल्छन्। एकले अर्काको काममाथि हस्तक्षेप गर्न पाइँदैन। शक्तिपृथकीकरणको सिद्धान्त त्यही हो। तर आज कार्यपालिकाले दिन दहाडै व्यवस्थापिकामाथि आक्रमण गरेको छ। कसरी शक्तिपृथकीकरण भयो ? कसरी उहाँ बहुदलीय जनवादी हुनुभयो ? र बहुदलीय जनवादको अर्को पक्ष हो बहुमतको सरकार, अल्पमत विपक्षमा। आज पार्टीमा उहाँ हरेक मञ्चमा अल्पमतमा पर्दै जानुभयो। अनि संसद् विघटनतिर लाग्नुभयो ? र भन्नुभयो कि मलाई पार्टीले सहयोग गरेन। यदि उहाँ बहुदलीय जनवादी भएको भए, उहाँ त पार्टीमा बहुमत बनाउनतिर लाग्नुपर्थ्यो नि। बहुमतमाथि शासन गर्न कहाँ पाइन्छ बहुदलीय जनवादमा ?

    आज पार्टीमा बहुमत कोसँग छ ? हामीसँग छ। सचिवालयमा, स्थायी कमिटीमा, केन्द्रीय कमिटीमा, संसदीय दलमा, प्रतिनिधि सभामा। सबै ठाउँमा बहुमत कोसँग छ ? हामीसँग छ। यदि उहाँ बहुदलीय जनवादी भएको भए पार्टी स्थायी कमिटीमा बहुमत बनाउन जानुपर्थ्यो, केन्द्रीय कमिटीमा बहुमत बनाउने कोसिस गर्नुपर्थ्यो, संसदीय दलमा बहुमत बनाउने कोसिस गर्नुपर्थ्यो नि त। उहाँ त्यो कोही पनि बाटोमा जानुभएन। उहाँ कता जानुभयो भने अल्पमतले बहुमतमाथि तानासाही लाद्न जानुभयो। अनि कसरी उहाँ बहुदलीय जनवादी हुनुभयो ? पूर्वएमालेका साथीहरू कतिपयलाई उहाँले यही भ्रम दिनुभएको छ। आउनुहोस् न बहस गरौं ल, के हो बहुदलीय जनवाद ?

    आज बहुदलीय जनवाद भनेर झण्डा बोकेर हिड्ने साथीहरू सायद हिजो बहुदलीय जनवादको सबैभन्दा ठूलो बहस हुँदा जन्मेका पनि थिएनन् होला। आज ती साथीहरू बहस गर्दैछन्। न पढेका छन्, न लेखेका छन्। के छन् त भन्दा आइएम विथ केपी ओली। त्यति जानेका छन्। पढ्नुपर्‍यो नि। कुनचाहिँ बहुदलीय जनवाद स्कुलमा पढ्नुभयो ? कुनचाहिँ बहुदलीय जनवादको विश्वविद्यालयको सर्टिफिकेट छ ? देखाउनुहोस् त। कहीँ छैन। १० वटा विषयमा फेल भएको छ। अनि बहुदलीय जनवादी ! त्यस कारण म कमरेडहरूलाई भन्न चाहन्छु बहुदलीय जनवाद कसले छोड्यो ? यही विषयमा बहस गरौं न।

    म पार्टी एकताका बेलाको एउटा दस्तावेजमात्र तपाईंलाई सुनाउन चाहन्छु। २०७५ साल जेठ २ गते कमरेड केपी ओली र प्रचण्डले सही गरेको डकुमेन्ट हो। पाँच बुँदे डकुमेन्ट छ। यसको साँच्ची बसेका छन् विष्णु पौडेल र जनार्दन शर्मा। यसको पहिलो बुद्धामा लेखिएको छ, जनताको बहुदलीय जनवाद, २१ औँ शताब्दीमा जनवाद र माओवाद सम्बन्धित राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जित गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाउने, आगामी एकता महाधिवेशनमा वैचारिक राजनीतिक विषय एवं नेतृत्व निर्माण र संगठन सम्बन्धी विषयमा अल्पमत र बहुमतका आधारमा नभई सहमति र समझदारीको आधारमा टुंगो लगाउने, के भनेको हो यो ? यहाँ चारै जनाको सही छ। यो सही केपी ओलीको हो कि होइन ? कसले छोड्यो बहुदलीय जनवाद ? आज घरी घरी सपनामा सम्झना आयो होइन बहुदलीय जनवाद। बहुदलीय जनवादले सपनामा लखेट्यो तपाईंलाई ? नीद आएन, चैन भएन, अनि आज बहुदलीय जनवादको झझल्को आयो ? बहुदलीय जनवादको कविता लेख्नुहोस्। तपाईंले आज बहुदलीय जनवादको घाँटी रेटी सक्नुभयो। बहस यो हो।

    एमाले, एमाले एक हौं ! एमाले, एमाले एक हौं भन्नेले २०७५ साल जेठ ३ गते पार्टी एकता गर्दा दुवै अध्यक्षले हस्ताक्षर गरेर बुझाएको राजनीतिक प्रतिवेदन छ। जसको पेज ११ मा भनिएको छ। अबको हाम्रो कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हो। त्यो कुरा अघि मैले भनिहाले। विधानको प्रस्तावनामा भनिएको छ, जुन अध्यक्ष केपी ओली र प्रचण्डले सही गरेर बुझाउनु भएको छ। त्यो विधानको प्रस्तावनामा के भन्नु हुन्छ भने- आजका मितिबाट हामी नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी अथवा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादी केन्द्रलाई विधिवत् रूपमा विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाउन सहमत भएका छौं। विधानमा लेखेको प्रस्तावनामा त्यो छ। अनि नेकपा विघटन कसले गर्‍यो ? आफै गर्नु भएको होइन एमाले विघटन ? एमाले विघटनको हस्ताक्षरमा आफै सही गर्ने, बहुदलीय जनवाद छोडेको हस्ताक्षरमा आफै सही गर्ने र आज उत्पात बहुदलीय जनवादी, उत्पात एमाले भएर निस्कने ? कि भन्नुहोस् हिजो एकतामा हस्ताक्षर गरेर गल्ती गरे, म पश्चात्ताप गर्छु। एक पटक काशीमा गएर नुहाएर आउनुहोस्। हाम्रो ब्राह्मणमा छ नि काशीमा गएर आएपछि जति सुकै बदमासी गरे पनि माफी हुन्छ। कि एक पटक काशीमा गएर नुहाएर आउनुहोस्। काशीमा गएर आउने हो भने ठिक छ। जाने आउने व्यवस्था हामी मिलाउला। काशीमा गएर नुहाउनुहोस्। अनि सुद्ध भएर आउनुहोस्।

    त्यसकारण यस्ता भ्रममा नपर्नका निम्ति र यस्ता बकम्फुसे बहसमा नअल्झिनका निम्ति म कमरेडहरूलाई भन्न चाहन्छु- आज हामीले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा देशका सम्पूर्ण क्रान्तिकारी समूहहरूलाई, व्यक्तिहरूलाई एकताबद्ध बनाउँदै यो देशमा विशाल कम्युनिस्ट आन्दोलन निर्माण गर्न हिँडेका हौं। कमरेड केपी ओलीको कदमले नेपाली जनताको आशा र त्यो विश्वासमाथि गम्भीर घात भएको छ। यो प्रतिक्रान्ति हो। यो प्रतिगमन हो। यो अलोकतान्त्रिक छ। असंवैधानिक छ। त्यसकारण आज हामी यहाँ उत्रेका छौं। पार्टीका आधिकारिकताको सन्दर्भमा म धेरै भन्न चाहन्न। यो देशमा कानूनी राज्य छ भने यो दल सम्बन्धी ऐनको दफा ४४ को ६ ले स्पष्ट गर्छ। हो कहिले कहि पार्टीहरू फुट्न सक्छन्। पार्टीमा विभाजन आउनु सक्छ। विगतमा पार्टी धेरै फुटे, धेरै विभाजित भए। त्यसकारण २०७२ सालको संविधानले दल सम्बन्धी ऐनले के भन्छ भने अब पार्टी आधिकारिक ढङ्गले विभाजन हुने हो भने संसदीय दलमा ४० प्रतिशत, पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत ल्याएर जाँदा मात्र आधिकारिक दलको मान्यता हुन्छ।

    तीन महिना अगाडि उहाँले दल सम्बन्धी विधेयक ल्याउनु भयो। थाहा छ नि ? त्यो दल सम्बन्धी विधेयक नेकपा फुटाउनुको निम्ति ल्याएको थियो। किन भने उहाँलाई केन्द्रीय समितिमा र संसदीय दलमा ४० प्रतिशत पुगेन। त्यसपछि उहाँले २० प्रतिशत भए पनि पार्टी फुटाउन पाइन्छ भनेर अध्यादेश ल्याउनु भयो। २० प्रतिशत त पुर्‍याउनु हुन्छ उहाँले केन्द्रीय समिति र संसदीय दलमा।

    त्यसकारण आज पार्टी कसले फोड्यो भन्दा दायाँ बायाँ दिमाग डुलाउनु पर्दैन। ५०/१०० वर्षपछि हाम्रा स्कुलमा विद्यार्थीलाई हाजिर जवाफमा सोधिने छ। हुँदा खादाको पार्टी कसले फुटायो ? सारा विद्यार्थीले एउटै जवाफ दिन्छन्- ‘केपी ओली’ले। किन कि उहाँ तीन महिना अघिदेखि पार्टी विभाजनको तयारीमा हुनुहुन्थ्यो। आज उहाँ आधिकारिकताका निम्ति बोल्दै हुनुहुन्छ। निर्वाचन आयोगले हामीलाई नै दिन्छ। त्यो निर्वाचन आयोग उहाँको पकेटको हो ? उहाँको शाखा कमिटी हो निर्वाचन आयोग ? उहाँको शाखा कमिटी हो सर्वोच्च अदालत ? होइन यी संवैधानिक निकाय हुन्। तिनीहरूले संविधानको शपथ खाएका छन्। त्यो संविधान कसले बनाएको ? नेपाली जनताका जनप्रतिनिधिले बनाएको हो। त्यसकारण जनप्रतिनिधि र नेपाली जनताको पनि शपथ खाएका छन्। तिनीहरूले दायाँ बायाँ गर्दैनन्। गर्न पाइँदैन।

    दलसम्बन्धी उपधारा ६ ले विवाद भएको बखत उक्त पार्टीका केन्द्रीय पदाधिकारी र सदस्य मध्ये जुन पक्षसँग त्यो समितिका पदाधिकारी र समितिको बहुमत रहेको हुन्छ, त्यही पक्षलाई विवाद उत्पन्न हुनु अगाडिको हैसियत प्राप्त हुन्छ। र त्यही पार्टीलाई चुनाव चिन्ह र झण्डा पनि प्राप्त हुन्छ। सबैले बुझ्ने भाषामा यहाँ लेखिएको छ। मान्छेहरुले यहाँ भन्छन्, केपी ओलीको निर्देशनमा, डिजाइन भएको छ, सेटिङ गरेको छ ! के हो सेटिङ ? नेपाली राजनीतिमा सेटिङ फेटिङ चल्दैन। सेटिङ फेटिङले संविधान कुल्चन पाइँदैन। को सँग सेटिङ गर्ने ? प्रचण्ड र माधव नेपालसँग सेटिङ गर्दा नर्क गएजस्तो ठान्ने। अनि प्रतिक्रियावादी सँग सेटिङ गर्न जाने ? तपाइका मित्र को हुन् ? तपाइको कम्युनिस्ट आन्दोलनताका साथी को हुन् ? तिनीसँग तपाइ मिल्न नसक्ने। अनि तपाइ बाहिर बाहिर सेटिङ गरिरहनु हुन्छ ? तिनीहरूले तपाइको पार्टी बचाइदिन्छन् ? तिनीहरूले बनाएको हो यो पार्टी ? अदालतले बनाएको हो पाटी ? निर्वाचन आयोगले बनाएको हो पार्टी ? यो पार्टी त सदस्यहरूले बनाएको हो। जब बहुमत सदस्यहरू यो पार्टीका पक्षमा छन् भने सूर्य चिन्ह झन्डा नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम केपी ओली गुटले पाउँदैन। यो हाम्रो हो। स्पष्ट छ।

    (नेपाल कम्युनिस्ट पार्टी(नेकपा) चितवनले आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलालाई योगेश भट्टराईले गरेको सम्बोधनको अंश) – लोकपाटीबाट साभार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.