जिम्बाब्बेको राष्ट्रपति निर्वाचनमा एमर्सन मनांगाग्वा निर्वाचित भएका छन् । पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेका विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई झिनो मत अन्तरले हराउँदै मनांगाग्वा विजयी भएका हुन् ।म्बाब्बेको चुनाव आयोग प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले मनागांग्वा विजयी भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।कमाण्ड एकपटक फेरि एमर्सन मनांगाग्वाको हातमा आएको छ । १० प्रान्तको परिणाम जारी गर्दै चुनाव आयोगले भनेको छ मनांगाग्वाले ५० दशमलव ८ प्रतिशत भोट हासिल गरेका छन् । यसैगरी विपक्षी उम्मेदवार नेलसन चमिसाले ४४ दशमलव ३ प्रतिशत भोट पाए ।मूभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) गठबन्धनको प्रमुख मोर्गन कोमिचीले भने यस नतिजालाई फर्जी बताउँदै अस्वीकार गरेका छन् ।जिम्बाब्बे चुनाव आयोगले भने निर्वाचनमा कुनै धाँधली नभएको स्पष्ट पारेको छ ।
नोभेम्बरमा ९४ वर्षीय तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएपछि जिम्बाब्बेमा पहिलोपटक निर्वाचन भएको थियो । मुगाबेलाई पदबाट हटाएर तत्कालीन उपराष्ट्रपति मनांगाग्वा राष्ट्रपति बनेका थिए । यसबाट रुष्ट मुगाबेले आफ्नै पार्टी जानु पीएफका उम्मेदवार मनांगाग्वालाई चुनावमा नसघाएर विपक्षी उम्मेदवार चमिसालाई समर्थन गरेका थिए ।३८ वर्ष अघि स्वतन्त्र भएको जिम्बाब्बेमा त्यतिबेलादेखि नै जानु पीएफ पार्टी सत्तामा छ ।निर्वाचनको क्रममा राजधानी हरारेमा फैलिएको दंगा निर्वाचन परिणामपछि शान्त भएको छ । निर्वाचनको क्रममा भएको हिंसामा कम्तिमा ६ जनाको मृत्यु भएको थियो ।