नेपालमा कोरोना भाइरसबाट कोरोना संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ। यस्तै डिस्चार्ज हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ। सोमबार १७९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा १२, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ३३, तेह्रथुममा १, धनकुटामा ४, पाँचथरमा ५, भोजुपरमा २, मोरङमा १४८, संखुवासभामा ३, सुनसरीमा ९१, धनुषामा १२, पर्सामा १०, बारामा ३, महोत्तरीमा ७, रौतहटमा ५, सप्तरीमा ९, सर्लाहीमा ६, सिरहामा ११, काठमाडौँमा ११३६, काभ्रेमा ४७, चितवनमा २८, दोलखामा ४२, धादिङमा ५, नुवाकोटमा ८ र भक्तपुरमा ९१ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै मकवानपुरमा ४२, रसुवामा १, रामेछापमा ५, ललितपुरमा २०१, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा ५, कास्कीमा १५१, गोरखामा १३, तनहुँमा १८, नवलपरासीपूर्वमा ११, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा २, स्याङ्जामा १७, अर्घाखाँचीमा १, कपिलवस्तुमा २९, गुल्मीमा ४, दाङमा ११, नवलपरासीमा ९, पाल्पामा २४, प्यूठानमा २, बर्दियामा ३, बाँकेमा ८, रुपन्देहीमा ८५, जुम्लामा ५, दैलेखमा १३, सुर्खेतमा २, अछाममा ९, कञ्चनपुरमा २५, कैलालीमा ६६, डडेल्धुरामा १५, डोटीका १०, दार्चुलाका ११, बझाङका १२, बाजुरामा १० तथा बैतडीका ९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै काठमाडौँमा ११३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ भने देशभर ४११ जनाको आइसीयु र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।