प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन मन्त्री नियुक्त गरेका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरिएको हो ।
प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो । नवनियुक्त तीन मन्त्रीलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी छन् ।