नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको छ।
राजदूत यान्छीले हिजो मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको अनलाइन खबरले लेखेको छ। भेटवार्तामा नेपाल चीन दुई पक्षीय सहयोगमा केन्द्रित रहेको बताइएको छ।नेपाल र चीनबीचका उच्चस्तरीय नेताका भ्रमणताका भएका सहमति र सम्झौताहरुको कार्यान्वय तथा भविष्यका सहकार्यका बारेमा पनि राजदूत हौ यान्छीले प्रधानमन्त्री ओलीसँग कुराकानी गर्नु भएको छ।
राजदूत हौ यान्छीले प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका रचनाहरु समेटिएको पुस्तक सी चिनफिङः चिनिया शासन अंग्रेजी संस्करणको तेस्रो भाग उपहार स्वरुप प्रदान गर्नु भएको छ।